बुल्गेरियाको राजधानीमा एक व्यक्तिको गोली हानी हत्या
बुल्गेरियाको राजधानीको मध्यभागमा शुक्रबार एक व्यक्तिको गोली हानी हत्या भएको देशको आन्तरिक मन्त्रालयले जनाएको छ।
सोफियाको एक बजारमा ४१ वर्षीय व्यक्तिको टाउकोमा गोली प्रहार गरिएको र अस्पताल लैजाँदै गर्दा बाटोमा उनको...
इजरायली नियन्त्रित वेस्ट बैंकमा अशान्ति बढेपछि एक इजरायली-अमेरिकी व्यक्तिको गोली हानी हत्या गरिएको छ। जेरिको सहर नजिकैको राजमार्गबाट जाँदै गरेको सवारीसाधनमाथि आक्रमण हुँदा व्यक्तिको मृत्यु भएको थियो। त्यसपछि ती व्यक्तिलाई जेरुसेलमको अस्पतालमा लगियो। तर त्यहाँ उनलाई मृत घोषित गरियो। इजरायलका लागि अमेरिकी राजदूत टम नाइड्सले केही घण्टाअघि भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले […]
न्यूयोर्क दैनिकका अनुसार भारतीय मूलका व्यक्ति सतनाम सिंहलाई शनिबार दिउँसो करिब ३ः४६ बजे न्यूयोर्कमा कारमा बसिरहेको बेला बन्दुकधारी नजिक आएर उनीमाथि गोली चलाएका थिए । सिंहको छाती र घाँटीमा चोट लागेको थियो र उनलाई स्थानीय अस्पताल लगिएको थियो तर त्यही अस्पतालमा उनको मृत्यु भयो।
मेक्सिकोमा एकै परिवारका आठ जना सदस्यको गोली हानी हत्या गरिएको छ। मेक्सिकोको टुल्टेपेक नगरपालिकाको एक घरमा रहेका आठ जना परिवार सदस्यको हत्या भएको त्यहाँको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ।सोमबार भएको सो हत्यामा ४ बालबालिका रहेका छन्। हत्यामा संलग्न भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। अधिकारीहरुका अनुसार सबै जनालाई गोली हानिएको छ। गोली लागेर सात जनाको घरैमा मृत्यु भएको छ भने एक जनाको भने अस्पतालमा मृत्यु भएको थियो।
मेक्सिकोमा एकै परिवारका आठ जना सदस्यको गोली हानी हत्या गरिएको समाचारमा जनाइएको छ । मेक्सिकोको टुल्टेपेक नगरपालिकाको एक घरमा रहेका आठ जना परिवार सदस्यको हत्या भएको यहाँका महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । सोमबार सो हत्या भएको थियो । मारिएकामा छ जना महिला र दुई पुरुष छन् । त्यस्तै चार जना बालबालिका पनि रहेका सो कार्यालयले जनाएको छ । अज्ञात व्यक्तिले परिवारका ती सदस्यको हत्या गरेको बताएका छन् । हत्यामा संलग्न भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । अज्ञात व्यक्तिले घरैमा पु
सर्लाहीमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । बुधबार साँझ सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ९ मा अज्ञात व्यक्तिले गोली प्रहार गर्दा भारत विहारस्थित विष्णुपुर नगर निगम बस्ने ३५ वर्षीय इन्दल महतोको मृत्यु भएको हो ।महतोमाथि मंलगवास्थित कृष्णामती विद्यालय पछाडि अज्ञात व्यक्तिले गोली प्रहार गरेको सर्लाहीका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । गोली कसले र किन चलायो भन्नेबारे केही खुल्न नसकेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको
काठमाडौं । अमेरिकामा एक नेपाली मूलका व्यक्तिको गोली हानी हत्या भएको छ । मासाचुसेट्स राज्यको एक सपिङ सेन्टरमा रहेका ५४ वर्षीय लालकिशोर महासेठलाई अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको मधेशी एशोसियसन अफ अमेरिकाले जनाएको छ । परिवारसहित फल रिभरमा बस्दै आएका धनुषाका महासेठमाथि पसलमा केही खानेकुरा किन्न लागेका बेला काउन्टर पछाडिबाट छातीमा गोली हानेका थिए […]