मेरी प्यारी मुना,लाख लाख सम्झना र अगाध प्रेम। तिम्रो काखमा हुर्केर अहिले आँगनमा खेल्ने छोरा अनि तिम्रो कोखमा हुर्किरहेको हाम्रो मायाको निसानीलाई पनि मेरो लाखलाख माया र प्रेम।यात्राका क्रममा निरन्तर तिमीसित सम्पर्क भै रहेपनि मैले तिमीलाई यो यात्राको यथार्थ अवस्था अहिलेसम्म बताएको थिइनँ। म केहि गरी मरिहालेँ भने तिमीले यो सत्य थाहा नपाउली भन्ने डरले ती सबै सत्य कुरा यहाँ लेख्दैछु।के गर्नु! सञ्चार प्रविधिको यस्तो विकास भएको युगमा पनि यसरी चिठ्ठी लेख्नु परेको छ। थाहा छैन, तिम्रो ह