काठमाडौं : कुनै बेला यस्तो थियो, परदेश गएका आफन्त र शहर पसेका सन्तानको खबर पाउने एक मात्र माध्यम चिठ्ठी थियो। खामभित्रको चिठ्ठीले ल्याएको खबर सिंगो गाउँको प्रसन्नताको आधार बन्थ्यो। चिठ्ठी बोकेर आउने हुलाकी प्रसन्नता ल्याउने व्यक्ति।बिछोडिएकाले कैयौं दिनको प्रतीक्षापछि चिठ्ठीको माध्यमबाट आफ्ना सुख वा दुःखका खबर परिवार र आफन्तसम्म पठाउँथे। खबर बोकेर ल्याउने हलकाराको झोलामा आफ्ना मान्छेको चिठ्ठी छ कि छैन भनेर बुझ्न सबै आतुर हुन्थे। आफन्तका चिठ्ठी हुनेहरू दंग पर्थे भने नहुने