कोभिशिल्ड लगाउन डराउनै पर्दैन, अहिले यो बाहेक अरु विकल्प नै छैन : चिकित्सक

काठमाडौं : भारतले अनुदान सहयोग दिएको कोरोना भाइरसविरुद्ध निर्माण भएको 'कोभिशिल्ड भ्याक्सिन' आजबाट लगाउन सुरु गरिएको छ। बुधवार बिहानैबाट देशभर एकसाथ खोप कार्यक्रम सुरु भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको शुभारम्भ गरेसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागर राजभण्डारीले पहिलो खोप लगाए। सरकारले अनुदानमा

सम्बन्धित सामग्री

किन सुलभ छैन स्वास्थ्य सेवा ?

मोरङको सुन्दरहरैंचा–१ की ७१ वर्षीया सावित्रादेवी कार्की एक महिना अगाडि बिरामी परिन् । छोरा उद्धवले सरकारी अस्पताल कोसी पुर्‍याए । तर विशेषज्ञ चिकित्सक नभएपछि अन्यत्र लैजानुको विकल्प रहेन । काठमाडौंको क्रिस्ट अस्पताल लगेपछि चिकित्सकले दुवै मिर्गौलाले काम नगरेको पुष्टि गरे ।

पार्केट प्रयोगले बनाउँछ न्यानो र स्वास्थ्यमैत्री कोठा

काठमाडौं । अपवादबाहेक घर भन्नाले इट्टा, ढुंगा, बालुवा सिमेन्टको प्लास्टरसहितको कंक्रिट निर्मित आवासलाई बुझाउँछ । ढुंगा वा इँटको गारो वा काठको बारमा माटोले पोतिएका परम्परागत घर अहिले दुर्गम क्षेत्रका गाउँमा सीमित हुन पुगेका छन् ।  घर घरिघरि नबनाइने हुँदा सकेसम्म बलियो निर्माण जरुरी भइहाल्यो । त्यसका लागि प्रचलित कंक्रिटको घर बनाउनु सामान्य प्रक्रिया हो । यद्यपि त्यस्ता कंक्रिट निर्मित घरको कोठा कत्तिको मौसममैत्री हुन्छन् वा त्यस्ता कोठाले स्वास्थ्यमा के–कस्तो असर पार्न सक्छन् भन्नेतर्फ हामी कमै ध्यान दिन्छौं । हामीलाई अत्यावश्यक गास, बास, कपासका साथै हाम्रो स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण भएकाले बास अर्थात् घर स्वास्थ्यमैत्री हुनु जरुरी छ । त्यसका लागि घरको कोठामा काठ वा पार्केटको प्रयोगले धेरै सहयोग गर्न सक्छ । परम्परागत सिमेन्टरहित (ढुंगा माटोयुक्त) र सिमेन्टयुक्त कंक्रिटका घरका बीच स्वास्थ्यलाई ध्यानमा राखेर कुन उपयुक्त हो भन्ने तुलनात्मक अध्ययन भएको पाइँदैन ।  तर, चिसोमा धेरै चिसो नहुने र गर्मीयाममा पनि अधिक गर्मी नहुने आवासीय वातावरण स्वास्थ्यका लागि सहज हुन्छ ।  यस्तो वातावरणका लागि परम्परागत ढुंगा, माटो र काठ प्रयोग गरी बनाइएको घर बढी उपयुक्त हुन्छन् । परम्परागत घरमा सामान्यतः भित्तामा माटो पोतिएको हुन्छ । माटोमा तापमान सोस्ने प्राकृतिक प्रक्रिया ढिला हुने भएकाले जाडोमा न्यानो र गर्मीमा शितल रहने गुण हुन्छ ।  यसको विपरीत कंक्रिटमा तापमान सोस्ने प्रक्रिया छिटो हुने हुँदा जाडोमा अत्यधिक चिसो हुने र गर्मीमा अधिक तातो हुने गर्दछ । यसबाट माटोको भित्ता भएको घर प्राकृतिक वातावरणीय दृष्टिले बढी उपयुक्त देखिन्छ र यसको सीधा फाइदा स्वास्थ्यमा पनि पर्छ । तर निर्माण सामग्रीको उपलब्धता, भूकम्प तथा अन्य प्रकोपबाट सुरक्षा र आम प्रचलन आदिका कारण त्यस्तो घर बनाउन भने कठिन छ ।   परम्परागत माटोले पोतेको घर बनाउन कठिन भए पनि कंक्रिटकै घर वा कोठालाई प्राकृतिक वातावरणमैत्री बनाउने उपायको रूपमा पार्केट वा काठ प्रयोग गर्न सकिन्छ ।  माटोमा जस्तै काठमा पनि चिसो मौसममा न्यानो रहने, र तातो समय अत्यधिक तातो नहुने गुण विद्यमान रहन्छ ।  सहर बजारका घना बस्तीमा घामको न्यानो हरेक कोठामा पुग्न नसक्ने हुँदा विशेष गरी चिसो मौसममा घर अत्यधिक चिसो हुन सक्छ । त्यसले रोगी मानिसको स्वास्थ्यमा थप जटिलता ल्याउन सक्छ भने स्वस्थ मानिस पनि सर्दीका कारण रोगबाट प्रभावित बन्न सक्छन् ।  अस्पतालमा डाक्टरले विभिन्न रोगमा चिसोबाट बच्नू भन्ने सल्लाह बिरामीलाई दिएको जोकसैले सुनेकै हो । कस्तो रोगका लागि चिसो वातावरण खतरा हो भन्ने जिज्ञासामा धुलिखेल हस्पिटलका चिकित्सक (हाल शुझोउ मेडिकल हस्पिटल, चीन) डा. दिलबहादुर थोकर भन्छन्, ‘विशेषगरी नशासम्बन्धी रोग जस्तै बाथ, दम, मुटु रोग, जोर्नीसम्बन्धी समस्या आदिमा चिकित्सकले चिसोबाट बच्न सुझाव दिन्छन् । किनकि जाडोयाम वा चिसो वातावरणमा नशा, रक्तनली तथा जोर्नी साँघुरिने गर्छन् र त्यसको दबाबका कारण रोगले बढी असर गर्ने अवस्था सिर्जित हुन्छ ।’  औषधीमूलोको साथमा त्यस्ता रोगीले आफूलाई चिसो र सर्दीबाट बचाउनु पनि उत्तिकै जरुरी हुने उनको सुझाव छ । यसबाट कोठा न्यानो राख्न कति महत्वपूर्ण छ भन्ने सहज अनुमान लगाउन सकिन्छ ।  घर निर्माणपछि कोठा तयार गर्ने क्रममा त्यसको सतहमा कार्पेट, टाट वा पार्केटले ढाक्ने विकल्प हामीमाझ हुन्छन् ।  कार्पेट वा टाटभन्दा काठ वा पार्केट महँगो पर्न जान्छ ।  तर, पछिल्लो समय काठकै धुलोबाट रिसाइकल गरी बनाइएका पार्केट केही सस्तोमा पाइने गरेका छन् ।  काठको पार्केट अन्यभन्दा महँगो भए पनि वर्षौं टिकाउ हुने, एक पटक राखेपछि घरिघरि मर्मत–सम्भार गर्नु नपर्ने र सरसफाइका लागि सजिलो हुने हँुदा तत्काल केही महँगो भए पनि कालान्तरमा यसमा लगानी गर्नु सही निर्णय हुन सक्छ ।  काठबाट सिमेन्टको सर्दी प्रवाह नहुने भएको हुँदा यसले कोठा न्यानो राख्न मद्दत पुग्छ र स्वास्थ्यका लागि सहयोगी हुन सक्छ । काठको चिसोमा  अत्यधिक चिसो नहुने, गर्मीमा  अत्यधिक गर्मी नहुने गुणका कारण कोठालाई केही हदसम्म भए पनि प्राकृतिक रूपमा वातानुकूलित अवस्थामा राख्न मद्दत पुग्ने हुँदा काठको पार्केटले कोठाको सतह तथा भित्ताको पूरै वा निश्चित उचाइसम्मको भाग ढाक्नु (प्mलोरिङ गर्नु) बुद्धिमानी  हुन्छ ।  यसो गर्दा स्वस्थ रहन सहयोग पुग्नुका साथै घरको आन्तरिक शोभा पनि बढाउँछ ।

अस्पतालमा जनशक्ति अभावले थन्किए उपकरण

मनाङ । कोरोना महामारीसँगै स्वस्थ्य सुरक्षाका लागि उपकरण उपलब्ध गराइएको छ । जिल्लाको एक मात्र अस्पताल कहिले उपकरण अभाव त कहिले जनशक्ति अभाव थेग्दै आएको छ । हाल अस्पतालमा भेन्टिलेटर उपलब्ध भए पनि जनशक्ति नहुँदा सञ्चालनमा आउन सकेको छैन । २०७७ असारमा प्रदेश सरकारले अस्पताललाई दुइटा भेन्टिलेटर उपलब्ध गराएको थियो । अस्पतालमा भेन्टिलेटर छ, तर चलाउने जनशक्ति नहुँदा उक्त सेवा सञ्चालनमा आउन सकेको छैन ।      अस्पतालमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि १० महिनाअघि भेन्टिलेटर पुगेको हो । कुनै पनि बिरामीको अवस्था जटिल बनेको समय भेन्टिलेटरको आवश्यकता पर्ने भन्दै १० महिनाअघि नै  अस्पतालमा भेन्टिलेटर ल्याइएको थियो । मनाङमा दुई मात्र चिकित्सक डा. प्रतिभा गौली र डा. सन्तोष अधिकारी कार्यरत छन् । ‘कोभिडका बिरामीका लागि उपचार गराउन भेन्टिलेटरका सबै सामग्री छन् तर जडान गरिएको छैन’, डा. अधिकारीले भने, ‘भेन्टिलेटरसम्बन्धी तालिमप्राप्त चिकित्सक भए सहज हुन्थ्यो । जनशक्ति अभावले सेवा प्रवाहमा समस्या छ ।’ डा. प्रतिभा गौलीका अनुसार प्रदेश सरकार मातहात झन्डै २० करोड रुपैयाँ लागतमा जिल्ला अस्पताल निर्माण हुँदै गरेको छ । भएका जनशक्तिको अवधि सकिनु उपकरण सञ्चालन नहुनु दुर्गमको समस्या रहेको डा. गौली बताउँछिन् ।      भेन्टिलेटरको आवश्यकता त्यतिबेला पर्छ, जब बिरामीको अवस्था गम्भीर हुन्छ । यसलाई नियन्त्रण गर्न लाइफ सपोर्ट सिस्टम वा भेन्टिलेटरको सहयोग लिने गरिन्छ । डा. अधिकारीका अनुसार भेन्टिलेटर बिरामीलाई निको पार्न र जिउँदो राख्न प्रयोग गरिन्छ । अस्पतालमा भेन्टिलेटरसहित दुई शय्याको आइसीयू निर्माणका लागि सामान खरिद गरिएको छ । जनशक्ति अभाव भएकाले उक्त सेवा सञ्चालन गर्न नसकिएको मनाङ जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षक रहमत अन्सारीले बताए । उनका अनुसार हाल जिल्ला अस्पतालमा जम्मा पाँच कर्मचारी कार्यरत छन् । सिनियर अहेब प्रमुख अन्सारी, डा. प्रतिभा गौली, डा. सन्तोष अधिकारी, नर्स बिना पौडेल र ल्याबमा करारका कर्मचारी प्रकाश रोका छन् ।      दुई चिकित्सकको दरबन्दी भए पनि मनाङ जिल्ला अस्पतालमा दरबन्दीका चिकित्सक एक जना मात्र छन् । डा. सन्तोष अधिकारी पनि करारका कर्मचारी हुन् । जिल्ला अस्पतालले हालसम्म धेरै बिरामीको चाप थेग्नु नपरे पनि कुन समयमा के पर्छ, त्यसको तयारी हुनु जरुरी रहेको अनुभव डा. अधिकारीको छ ।   कोरोना महामारीले जिल्ला स्वस्थ्य प्रमुख नै संक्रमित भएपछि अस्पताल नै बन्द गर्नुपरेको थियो । जिल्लामा भएको एक मात्र अस्पताल र एक मात्र चिकित्सक हुँदा कन्ट्याक ट्रेसिङमा पर्दा आवश्यक जनशक्ति अभावका कारण अस्पताल नै बन्द गर्नुको विकल्प नभएको डा. अधिकारीले बताए । स्वास्थ्य क्षेत्रमा पर्याप्त जनशक्ति नहुनु, भएका उपकरण प्रयोगमा आउन नसक्नु ठूलो चुनौती रहेको छ । हिमाली जिल्ला जटिल बिरामी भए समयमा उपचार गर्न नपाउँदा जीवन नै तलमाथि हुन सक्छ । रासस

सेवा सुविधा नपाएको भन्दै बिपी प्रतिष्ठान उपकुलपतिको कार्यकक्षमा तालाबन्दी

विराटनगर : चिकित्सक तथा दन्त चिकित्सा शिक्षक कल्याण समाज धरानले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेका छन्। उपकुलपतिको गैरजिम्मेवारपूर्ण व्यवहार, जोखिम भत्ताका साथै आफूहरुको प्रमोसनलगायत माग राख्दै बुधबार तालाबन्दी गरेका हुन्। आन्दोनलरत डाक्टरहरुले आफूहरु जोखिमका बाबजुद पनि २४ सै घण्टा खट्दै आए पनि सेवा सुविधा पाउने बेलामा सम्बन्धित निकाय तथा प्रतिष्ठानका उपकुलपतिले समेत ध्यान नदिएको भन्दै अबको विकल्प आन्दोनलबाहेक अरु कुनै नरहेको बत

कोरोनाको पाठ : महामारी र विपत‍्सँग जुघ्न पूर्व तयारी चाहिन्छ !

कोरोना भाइरस कोभिड–१९ को महामारीको सुरुवाती चरणमा धेरै अस्पतालका चिकित्सक अग्रपङ्क्तिमा बसेर सङ्क्रमितको उपचार गर्न तयार थिएनन् । ‘हतियारबिना युद्ध लड्न सकिँदैन, तयारीबिना युद्ध मैदानमा सरिक हुँदा हार्नुको विकल्प छैन,’ ०७६ साल पुसमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा नेपालमा कोरोना सङ्क्रमण फैलिए क...

कोभिशिल्ड लगाउन डराउनै पर्दैन, अहिले यो बाहेक अरु विकल्प नै छैन : चिकित्सक

काठमाडौं : भारतले अनुदान सहयोग दिएको कोरोना भाइरसविरुद्ध निर्माण भएको 'कोभिशिल्ड भ्याक्सिन' आजबाट लगाउन सुरु गरिएको छ। बुधवार बिहानैबाट देशभर एकसाथ खोप कार्यक्रम सुरु भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको शुभारम्भ गरेसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागर राजभण्डारीले पहिलो खोप लगाए। सरकारले अनुदानमा खोप…

बेलायतमा डेक्सामेथासोनको प्रयोग सफल

डेक्सामेथासोन नामक औषधी प्रयोग गरी कोभिड–१९ (कोरोना) भाइरस संक्रमित गम्भीर बिरामीको ज्यान जोगाइएको बेलायती विशेषज्ञहरूले जानकारी दिएका छन्।  सस्तो र सर्वसुलभ पाइने डेक्सामेथासोन बाथ र दमको समस्या निदान गर्न प्रयोग हुने गरेको छ। संक्रमितको उपचारका लागि अनेक विकल्प र परीक्षण गरिरहेका बेलायती चिकित्सक र विश...

सुशीला कार्कीले भेटिन् डा. केसीलाई

काठमाडौं । पूर्व प्रधानन्यायाधिश सुशील कार्कीले सरकारले आमरण अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीको माग पूरा गर्नुको विकल्प नरहेको बताएकी छन् ।    पूर्व प्रधानन्यायाधिश कार्कीले जनताको जीत हुने र सिंगो राष्ट्रकै जीत हुने ...

शल्यक्रिया गरेर जन्माइयो छावा

नेपालमा पहिलो पटक शल्यक्रिया गरेर हात्तीको छावा (भाले बच्चा) जन्माइएको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको हात्ती प्रजनन केन्द्र खोरसोर सौराहामा रहेको ढोई गण्डकीकलीको शल्यक्रिया गरेर छावा पैदा गराइएको हो । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठको नेतृत्वमा रहेको पशु चिकित्सकको टोलीले हात्तीको शल्यक्रिया गरेको प्रजनन केन्द्रका प्रमुख मनिपुरन महतोले जानकारी दिनुभयो । हात्तीको शल्यक्रियामा विदेशी पशु चिकित्सकको पनि सहभागिता थियो । क्यानडाका पशु चिकित्सक डा. निख मास्टर नेपाल भ्रमणमा आउनुभएका बेला यो घटना भएपछि उहाँको समेत सहयोग लिइएको प्रजनन केन्द्रले जनाएको छ । हात्तीको शल्यक्रियामा संलग्न अन्य चिकित्सकमा डा. अमिर सडौला, विकल्प कार्कीलगायत हुनुहुन्थ्यो ।