मोरङको सुन्दरहरैंचा–१ की ७१ वर्षीया सावित्रादेवी कार्की एक महिना अगाडि बिरामी परिन् । छोरा उद्धवले सरकारी अस्पताल कोसी पुर्याए । तर विशेषज्ञ चिकित्सक नभएपछि अन्यत्र लैजानुको विकल्प रहेन । काठमाडौंको क्रिस्ट अस्पताल लगेपछि चिकित्सकले दुवै मिर्गौलाले काम नगरेको पुष्टि गरे ।