दार्चुलामा बढ्न थाले स्क्रबटाइफसका बिरामी

दार्चुलामा स्क्रबटाइफसका बिरामी बढ्दै गएका छन् । यही साउन दोस्रो सातादेखि हालसम्म आठ जनामा त्यस्ता बिरामी देखिएको जिल्ला अस्पतालले जनाएको छ ।  अस्पतालअनुसार तीन स्थानीय तहका ६ महिला र दुई पुरुषमा स्क्रबटाइफसको लक्षण देखिएको छ । मालिकार्जुन र व्यास गाउँपालिकामा एक-एक  र महाकाली नगरपालिकाका ६ मा रोगको लक्षण देखिएको सूचना अधिकारी डम्मरदत्त भट्टले जानकारी दिए । उपचारका लागि पुगेका व्यक्तिको आरडीटी जाँच गर्दा स्क्रबटाइफसको लक्षण देखिएको उनको भनाइ छ । गत वर्षमा जिल्लाभरि ३४ जनामा स्क्रबटाइफस देखिएको थियो । चिकि...

सम्बन्धित सामग्री

चिसोसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थाले

काठमाण्डाै - देशभर चिसो बढ्न थालेसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थालेका छन् । केही दिनदेखि तराईमा हुस्सु र कुहिरोले ढाक्न थालेको छ । हुस्सुसँगै चिसो पनि बढेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा पनि पुस लागेपछि चिसो बढेको छ । विशेषगरी नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बर्दियालगायत तराईका जिल्लामा केही दिनदेखि चिसोका बिरामी बढ्न थालेका छन् । रुघाखोकी, श्वासप्रश्वासका बिरामी पनि बढ्न थालेको डाक्टरले बताएका छन् । चिसोका कारण बिरामी भएर उपचारका लागि अस्पताल पुग्नेहरु बढेका छन् । रुपन्देहीको भीम अस्पताल भै...

चिसोका कारण बढ्न थाले बिरामी

काठमाडौँ,२२ मँसिर । विगत एक सातादेखि बढेको चिसोको कारण महोत्तरी जिल्ला अस्पतालमा बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । चिसो हावा, हुस्सु र बाक्लो कुहिरो लागेका कारण यहाँको मौसम असहज भएको छ । जिल्ला अस्पतालमा उपचारको लागि पहिलेभन्दा बढी बिरामी आउन थालेको मेडिकल सुपरिटेन्डेन्ट डा सतिश साहले बताउनुभयो । उहाँका अनुसार चिसोकै कारण यहाँका स्वास्थ्य केन्द्रलगायत […]

देशभरका अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्न थाले

काठमाडौं । देशभरका अस्पतालहरुमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । रुघाखोकी र ज्वरोका बिरामी बढ्न थालेपछि कतिपय ठाउँमा विद्यालयसमेत बन्द गरिएको छ । बिरामीको सङ्ख्या बढ्दा उपचारमा समेत समस्या भएको डाक्टरहरुले बताएका छन् । भाइरल ज्वरोका कारण इलामको विभिन्न पालिकामा रहेका विद्यालयहरु बन्द भइसकेका छन् । त्यस्तै, डोटीमा पनि बिरामीको सङ्ख्या बढेपछि उपचारमा समस्या […]

देशभरका विभिन्न अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्न थाले

काठमाण्डाै - देशभरका विभिन्न अस्पतालहरुमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । रुघाखोकी र ज्वरोका बिरामी बढ्न थालेपछि कतिपय ठाउँमा विद्यालयसमेत बन्द गरिएको छ । बिरामीको सङ्ख्या बढ्दा उपचारमा समेत समस्या भएको डाक्टरहरुले बताएका छन् । भाइरल ज्वरोका कारण इलामको विभिन्न पालिकामा रहेका विद्यालयहरु बन्द भइसकेका छन् । यस्तै, डोटीमा पनि बिरामीको सङ्ख्या बढेपछि उपचारमा समस्या भएको डाक्टरले बताएका छन् । डोटीमा उपचारका लागि आउने बिरामीमध्ये ६० देखि ७० प्रतिशत  बिरामी भाइरल ज्वरोका भएका शैलेश्वरी अस्पताल दिपायलका डाक्ट...

जिल्ला अस्पताल जलेश्वरमा आउँदैनन् बिरामी

विगत दुई सातादेखि चिसोका कारण विभिन्न रोगका बिरामी बढ्न थाले पनि उपचारका लागि जिल्ला अस्पतालमा आउनेको सङ्ख्या  भने न्यून छ ।

मौसमी फ्लुका बिरामी बढ्न थाले

काठमाण्डाै - आवश्यक सावधानी अपनाउन नसक्दा मौसमी फ्लुका बिरामी बढ्न थालेका छन् । टेकु अस्पताल, शिक्षण अस्पतालसहित विभिन्न अस्पतालमा कोरोनासँग लक्षण मिल्दोजुल्दो तर मौसमी फ्लुका बिरामी बढ्न थालेका हुन्। गर्मी हटेर चिसो सुरु थालेको यो बेलामा मौसमी फ्लुको जोखिम धेरै हुने भएकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् । तापक्रममा हुने घटबढका कारण मौसमी फ्लुको जोखिम धेरै हुने जनस्वास्थ्यविद्को भनाइ छ । जनस्वास्थ्यविद् डा.बाबुराम मरासिनीका न्यूनतम र अधिकतम तापक्रममा धेरैको अन्तर हुँदा मौसमी फ्लुको जोखिम हुन्छ । हिजो आज बिहा...

कपिलवस्तुको कृष्णनगरमा फेरि बढ्न थाले झाडापखालाका बिरामी

काठमाण्डाै - कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फेरि झाडापखालाका बिरामी बढ्न थालेका छन् । दशैँ अगाडिसम्म बिरामीको सङ्ख्या निक्कै कम भएकामा दशैँ पछाडि भने बिरामीको सङ्ख्या फेरि बढ्न थालेको हो । असोजको १८ गतेदेखि  झाडापखालाको प्रकोप फैलिएकोमा त्यो दिन शिवराज अस्पतालमा उपचार गर्न जाने बिरामीको सङ्ख्या ३ सय ९८ सम्म पुगेको थियो । त्यसको केही समय, त्यही हाराहारीमा बिरामी उपचारका लागि गएकामा दशैँ भन्दा एक/दुई दिन अगाडि १० देखि १५ जनासम्म मात्र पुग्ने गरेका थिए ।  तर दशैँ सकिएलगत्तै फेरि बिरामीको सङ्ख्या बढ्न थालेको ह...

स्क्रब टाइफस लगायतका किटजन्य रोगका बिरामी बढ्न थाले

काठमाण्डाै - स्क्रब टाइफस लगायतका किटजन्य रोगका बिरामी बढ्न थालेका छन् । काभ्रे लगायतका कतिपय जिल्लाका अस्पतालहरुमा स्क्रब टाइफस लगायतका किटजन्य रोगका बिरामी बढ्न थालेका हुन् । काभ्रेमा  गएको १५ दिनमा स्क्रब टाइफसका कारण चार जनाको ज्यान गइसकेको छ । अहिले सरकार र सम्बन्धित निकायको ध्यान कोरोना नियन्त्रणमा केन्द्रित भएकोले काभ्रे लगायतका अरु जिल्लामा स्क्रब टाइफस लगायतका किटजन्य रोगका बिरामी बढेका र यसले जटिलता निम्त्याउन सक्ने भएकाले सावधानी रहन जनस्वास्थ्यविद् एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक...

भाइरल ज्वरोका बिरामी बढ्न थाले

काठमाण्डाै - केही दिनयता भाइरल ज्वरोका बिरामी बढ्न थालेकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् । उपचारका लागि अस्पताल जानेमध्ये जाने २० देखि ३० प्रतिशतमा भाइरल ज्वरोको लक्ष्यण देखिएकोले सावधानी अपनाउन सङ्क्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले  सुझाव दिनुभएको हो । उहाँका अनुसार हरेक वर्ष साउन, भदौ महिनामा भाइरल ज्वरोका बिरामी बढ्ने गरेका भए पनि गएको दुई वर्ष फाट्टफुट्ट रुपमा बाहेक भाइरल ज्वरोका बिरामी देखिएका थिएनन् । तर यो वर्ष देशका विभिन्न अस्पतालहरुका साथै काठमाण्डौका अस्पतालहरुमासमेत भाइरल ज्वरोका बि...

बढ्न थाले स्क्रबटाइफस रोगका बिरामी

मकवानपुर जिल्लामा स्क्रबटाइफसका बिरामी बढ्दै गएका छन् ।  विगत आर्थिक वर्षका तुलनामा आर्थिक वर्ष २०७७÷७८ मा  बिरामी सङ्ख्यामा वृद्धि भएको हो । स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार सो आव ६८ मा सो रोग फेला परेको मध्ये ४९ महिला र १९ पुरुष रहेको जनाइएको छ । यसअघि आव २०७६/७७ मा २९  र आव २०७५/७६ मा २५ मा उक्त रोग फेला परेको कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए । चिकित्सकका अनुसार ‘माइट’ नामक किर्नाको टोकाइबाट स्क्रबटाइफस रोग लाग्ने गर्दछ । &nb