भाइरल ज्वरोका बिरामी बढ्न थाले

काठमाण्डाै - केही दिनयता भाइरल ज्वरोका बिरामी बढ्न थालेकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् । उपचारका लागि अस्पताल जानेमध्ये जाने २० देखि ३० प्रतिशतमा भाइरल ज्वरोको लक्ष्यण देखिएकोले सावधानी अपनाउन सङ्क्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले  सुझाव दिनुभएको हो । उहाँका अनुसार हरेक वर्ष साउन, भदौ महिनामा भाइरल ज्वरोका बिरामी बढ्ने गरेका भए पनि गएको दुई वर्ष फाट्टफुट्ट रुपमा बाहेक भाइरल ज्वरोका बिरामी देखिएका थिएनन् । तर यो वर्ष देशका विभिन्न अस्पतालहरुका साथै काठमाण्डौका अस्पतालहरुमासमेत भाइरल ज्वरोका बि...