काठमाण्डाै - कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फेरि झाडापखालाका बिरामी बढ्न थालेका छन् । दशैँ अगाडिसम्म बिरामीको सङ्ख्या निक्कै कम भएकामा दशैँ पछाडि भने बिरामीको सङ्ख्या फेरि बढ्न थालेको हो ।
असोजको १८ गतेदेखि झाडापखालाको प्रकोप फैलिएकोमा त्यो दिन शिवराज अस्पतालमा उपचार गर्न जाने बिरामीको सङ्ख्या ३ सय ९८ सम्म पुगेको थियो । त्यसको केही समय, त्यही हाराहारीमा बिरामी उपचारका लागि गएकामा दशैँ भन्दा एक/दुई दिन अगाडि १० देखि १५ जनासम्म मात्र पुग्ने गरेका थिए । तर दशैँ सकिएलगत्तै फेरि बिरामीको सङ्ख्या बढ्न थालेको ह...