कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै पोखरा महानगरपालिकाले वैशाख मसान्तभित्र विद्यालयस्तरीय वार्षिक परीक्षा सक्न महानगरभित्रका विद्यालयलाई निर्देशन दिएको छ। महानगरपालिकाभित्रका संस्थागत तथा सामुदायिक सबै विद्यालयको वार्षिक परीक्षा वैशाख मसान्तभित्र सकिने महानगरपालिकाले जनाएको छ।
महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यका अनुसार आइतबार बसेको बैठकले वैशाख १० गतेपछि विद्यालयले वार्षिक परीक्षा लिन सक्ने निर्णय गरेको छ । वैशाख मसान्तभित्र सक्नेगरि तालिका बनाएर कुनै पनि विद्यालयले परीक्षा लिन सक्ने आचार्यले बताए।...