कोरोना संक्रमित बढ्दै गएपछि काठमाडौंको चन्द्रगिरि नगरपालिका एक साताका लागि सिल गर्ने निर्णय भएको छ । जेठ १ गते बिहान ६ बजेदेखि ७ गते बिहान ५ बजेसम्मका लागि नगरपालिका सिल गर्ने निर्णय भएको हो ।
नगरपालिकाले जारी गरेको सूचनाअनुसार घरबाहिर निस्कन पूर्णरुपमा रोक लगाइएको छ भने औषधि पसल, स्वास्थ्य संस्थाको अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको छ ।
सो अवधिमा सम्पूर्ण खाद्यान्न पसल, किराना पसल, मासु, फलफूल र तरकारी पसल समेत बन्द गरिने नगरपलिकाको सूचनामा उल्लेख छ ।
खानेपानी, ढुवानीका साधन...