काठमाण्डाै – काठमाण्डौको चन्द्रागिरि नगरपालिकामा आजदेखि एक हप्ताका लागि सिल गरिएको छ । कोरोना सङक्रमितको संख्या बढ्दै गएको भन्दै नगरपालिकाले आजदेखि एक हप्ताका लागि सिल गर्ने निर्णय गरेको हो ।
नगरपालिकाका मेयर घनश्याम गिरीको अध्यक्षतामा बसेको बैठकले जेठ १ गते बिहान ६ बजेदेखि ७ गते बिहान ५ बजेसम्म नगरपालिका पूर्णरुपमा सिल गर्ने निर्णय गरेको हो । नगरपालिकामा सिल भएसँगै घर बाहिर हिँडडुल गर्न पूर्ण रुपमा रोक लगाउनुका साथै औषधि पसल र स्वास्थ्य संस्थाका सेवाबाहेक अरु सेवा र पसल पूर्णरुपमा बन्द रहने नगरप्रमुख गिरी...