नगर अस्पताल निर्माण गर्दै चन्द्रागिरि नगरपालिका

चन्द्रागिरि नगरपालिकाले आफ्नो छुट्टै नगर अस्पताल बनाउने भएको छ। चन्द्रागिरि–४  गोदामचौर थानकोटस्थित हाल सञ्चालनमा रहेको ‘थानकोट प्राथमिक अस्पताल’को हाता भित्रै थप १५ श्ययाको नगर अस्पताल बनाउन लागिइएको हो।

सम्बन्धित सामग्री

चन्द्रागिरीको घुमाउनेमा मनोरञ्जन पार्क सञ्चालन

काठमाडौँ– काठमाडौँको चन्द्रागिरि नगरपालिका– ७ स्थित घुमाउने टोलमा शनिबारदेखि ‘ड्रिम वर्ल्ड एम्यूजमेन्ट’ अर्थात मनोरञ्जन पार्क सञ्चालनमा आएको छ । निरन्तर  १८ महिना निर्माण कार्य गरेर नेपालमा हालसम्मकै सबैभन्दा ठूलो क्षेत्रफल र लगानीमा सो पार्क सञ्चालनमा ल्याइएको हो । ६ करोड रुपैयाँको लगानीमा निर्मित तथा ५ रोपनी क्षेत्रफलमा रहेको चार तले भवनको तीन वटा तला रमाइला […]

किसिपिँढी गाउँमा लिच्छविकालीन गौरव ब्युँताउँदै पर्यटन प्रवर्द्धनको प्रयास

काठमाडौँ- काठमाडौँको पश्चिम भेगमा रहेको किसिपिँढी गाउँले लिच्छविकालीन गौरवलाई पुर्नर्जीवन दिएको छ । मौलिक शैलीमा निर्माण भएका घरबास होमस्टेमार्फत किसिपिँढी गाउँले पर्यटन प्रवर्द्धन गरिरहेको छ । यहाँ पाइएका शिलालेख, धारा र मूर्तिले लिच्छविकाल अघि नै ‘किचः प्रिचिङ’ नामका आठ मुख्य द्रन्ध बस्ती थिए भन्ने प्रमाणित हुन्छ । तीमध्ये किसिपिँढी एउटा हो । अहिले चन्द्रागिरि नगरपालिका–५ […]

दीपकले सरकारसँग सहकार्य गर्दै सुरु गरे सिनेमाको इन्डोर–आउटडोर स्टुडियो निर्माण

काठमाडौं । हास्यकलाकार दीपकराज गिरीले सिनेमाको इन्डोर–आउटडोर स्टुडियो निर्माण सुरु गरेका छन् । काठमाडौंको चन्द्रागिरि नगरपालिका दहचोकमा उनले स्टुडियो निर्माण सुरु गरेका हुन् । सरकारसँग सहकार्य गरेर स्टुडियो निर्माण सुरु गरेका हुन् । दीपकले आफ्नै पुर्ख्यौली जग्गामा केही रोपनी जग्गा थपेर स्टुडियो निर्माण सुरु गरेका हुन् । ५० रोपनी जग्गामा स्टुडियो...

रोकिएको नागढुंगा सुरुङ निर्माण सुरु

निर्माण ठप्प भएको एक हप्तापछि नागढुंगा–सिस्नेखोला सुरुङमार्गको निर्माण पुनः सुरु गरिएको छ । चन्द्रागिरि नगरपालिका २ का स्थानीयले गत चैत २८ गते सुरुङका कारण खानेपानीका मुहान सुकेको भन्दै निर्माण कम्पनी र परामर्शदाताको कार्यालयमा तोडफोड गरेपछि निर्माण ठप्प बनेको थियो ।

थानकोटमा विशेषज्ञ सेवासहितको अस्पताल निर्माण हुँदै

काठमाडौंको चन्द्रागिरि नगरपालिका– ४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न अत्याधुनिक अस्पताल निर्माण हुने भएको छ।

१ अर्ब लगानीमा प्रसूति अस्पताल निर्माण हुने

काठमाडौं, (नेस)। चन्द्रागिरि नगरपालिकामा १ अर्बको लगानीमा प्रसूति अस्पताल निर्माण हुने भएको छ । जर्मन विकास बैंकको १ अर्ब बराबरको लगानीमा चन्द्रागिरि नगरपालिका–४ थानकोट गोदाममा उक्त अस्पताल निर्माण हुने भएको हो । अस्पताल निर्माणका लागि नगरपालिकाका प्रमुख घनश्याम गिरी र जर्मन विकास बैंकका प्रतिनिधिबीच सम्झौतासमेत भइसकेको छ । उक्त अस्पताल परोपकार प्रसूति गृह थापाथलीको मातहतमा […]

चन्द्रागिरि नगरपालिकामा प्रसूति अस्पताल निर्माण गरिने

काठमाडौँ – चन्द्रागिरि नगरपालिकामा एक अर्ब रुपैयाँ लागतमा प्रसूति अस्पताल निर्माण गरिने भएको छ। जर्मन विकास बैंकको एक अर्ब रुपैयाँ बराबरको लगानीमा चन्द्रागिरि नगरपालिका–४ थानकोट गोदाममा उक्त अस्पताल निर्माण हुने भएको हो। अस्पताल निर्माणका लागि नगरपालिकाका प्रमुख घनश्याम गिरी र जर्मन विकास बैंकका प्रतिनिधिबीच सम्झौतासमेत भइसकेको छ। उक्त अस्पताल परोपकार प्रसूति गृह थापाथलीको मातहतमा सञ्चालन […]

चन्द्रागिरि नगरपालिका एक अर्ब लगानीमा प्रसूति अस्पताल निर्माण हुने

जर्मन विकास बैंकको रु एक अर्ब बराबरको लगानीमा चन्द्रागिरि नगरपालिका–४ थानकोट गोदाममा उक्त अस्पताल निर्माण हुने भएको हो।

राष्ट्रपतिद्वारा कालु पाँडेको समाधिस्थलमा पुष्पगुच्छा अर्पण

दहचोक / राष्ट्रपति विद्यादेवी भण्डारीले आज चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेकी छन् । सो अवसरमा उजले कालु पाँडेको पूर्णकदको शालिकमा माल्यार्पण गरेकि थिइन् । राष्ट्रपति भण्डारीले दहचोकमा निर्माण गरिएको दहचोक ‘भ्यू टावर’बाट काठमाडौँ उपत्यकासहित आसपासको दृश्यावलोकनसमेत गरे । सो क्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले दहचोकको ऐतिहासिक तथा धार्मिक... The post राष्ट्रपतिद्वारा कालु पाँडेको समाधिस्थलमा पुष्पगुच्छा अर्पण appeared first on Purbeli News.

दुवैतिरबाट खन्न थालियो नागढुंगा सुरुङ

नागढुंगा–सिस्नेखोला सुरुङ आयोजनाअन्तर्गत शुक्रबारबाट काठमाडौंतर्फ पनि सुरुङ खन्न थालिएको छ । चन्द्रागिरि नगरपालिका–२ स्थित टुटेपाखाबाट सुरुङ खन्न लागिएको आयोजनाले जनाएको छ । दुवैतर्फ काम सुरु भएकाले १३ महिनाभित्र सुरुङ छेड्ने काम सकिने निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेसनले बताएको सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले बताए । ‘सुरुमा स्थानीयले अवरोध गर्ने चेतावनी दिएका थिए,’ उनले भने, ‘अहिले काठमाडौंतर्फ कुनै अवरोध छैन, काम अघि बढेको छ ।&rsq...