देशका अधिकांश स्थानमा वर्षा र हिमपात हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। सोमबार बिहान प्रदेश-१, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार दिउँसो भने सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा […]

सम्बन्धित सामग्री

न्यून चापीय प्रणाली सक्रिय बन्दै, आइतबार यी क्षेत्रमा वर्षा र हिमपात हुने

पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणाली सक्रिय बन्न थालेपछि आइतबार वर्षा र हिमपात हुने देखिएको छ।  आइतबार देशभर बदली हुने छ। मौसम पूर्वानुमान महाशाखाले हिउँदे मौसमको विशेष बुलेटिन दुई जारी गर्दै...

वर्षा र हिमपात कम भएपछि डढेलोको जोखिम बढ्दै

नेपालमा डढेलोको जोखिम सामान्यतया फागुनको मध्यदेखि सुरु हुन्छ । तर यस वर्ष गएको पुषको मध्यदेखि अहिलेसम्म देशभरमा तीन सय ५० भन्दा धेरै ठाउँमा डढेलो लागिसकेको छ । रामेछाप लगायतका कतिपय ठाउँमा ठूलो क्षेत्रको जङ्गल जलेर नष्ट भएको छ । यसपालिको हिउँमा वर्षा र हिमपात निकै कम भएको छ । पश्चिमी क्षेत्रमा केही वर्षा र हिमपात भए पनि मध्य र पूर्वी क्षेत्रमा हिउँदे वर्षा भएकै छैन । यसपालि हिउँदमा पछिल्लो ३० वर्ष यताकै कम पानी परेको जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क छ । हिउँदयामको बाँकी समयमा पनि औसतमा कम पानी पर्ने सम्भावना रहेक...

बेइजिङमा वर्षा र हिमपात

चीनको संघीय राजधानी बेइजिङमा वर्षा र हिमपात भएको छ । वर्षा र हिमपातका कारण तापक्रम पनि घटेर १३ डिग्री सेल्सियसमा झरेको अधिकारीहरूले जानकारी दिएका हुन् । हिमपात विषेश गरेर पहाडी क्षेत्रमा धेरै परेको छ । राजधानीको उत्तरी क्षेत्रबाट चियो वायु चलेको पनि मौसम विज्ञान विभागका अधिकारीहरूले जनाएका छन् । बुधबार राती पनि वर्षा हुने र बिहीबार र शुक्रबारदेखि तापक्रम विस्तारै फेरि बढ्दै जाने उनीहरूले अनुमान गरेका छन् ।

यी भू–भागमा हुनेछ आज वर्षा र हिमपात

काठमाडौँ । केही भू–भागमा आज वर्षा र हिमपात हुने भएको छ । सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका केही र बाँकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान […]

कतै वर्षा कतै हिमपात

काठमाडौं, २१ माघ । देशभर आज वर्षा र हिमपात भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई र पहाडी जिल्लामा वर्षा भएको छ । हिमाली र उच्च पहाडी भेगमा हिमपात भएको छ । आज काठमाडौं उपत्यकाको आसपासका डाँडाहरुमा पनि हिमपात भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले गर्दा २४ घन्टामा […]

पश्चिम नेपालमा वर्षा र हिमपात

काठमाडौं । देशका पश्चिमी भेगमा आज बिहानदेखि वर्षा र हिमपात हुने क्रम सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपात सुरु भएको जनाइएको छ । बाग्मती प्रदेशमा पनि सामान्य बदली रहेको र बाँकी भागमा […]

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपात

काठमाडौं : पश्चिमी वायुको प्रभावको कारण देशभरको मौसम बदली भई विभिन्न स्थानमा वर्षा र हिमपात भइरहेको छ। कर्णाली, सुदुरपश्चिम, गण्डकी र लुम्बिनीका विभिन्न स्थानमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ।महाशाखाकाअनुसार प्रदेश नम्बर एकको मौसम सफा छ भने प्रदेश नम्बर दुई को पश्चिमी भेगको मौसम पूर्ण बदली भई वर्षा भएको छ। काठमाडौं उपत्यकासहित बागमती प्रदेशका केहि स्थानमा पनि गएरातिदेखि नै पानी परिरहेक

देशभर वर्षा र हिमपात‚ जनजीवन प्रभावित (फोटो फिचर)

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर वर्षा र हिमपात भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनसम्म मौसम बदली भई वर्षा र हिमपातको सम्भावना रहेको छ।हाम्रा पर्वत संवाददाताका अनुसार मुस्ताङमा हिमपात भएको छ। सानातिना खोला र धाराको पानी नै जमेका छन्। हिमपातका कारण बढेको चिसोले जनजीवन पनि कष्टकर बनेको छ।यस्तै‚ हेटौंडा संवाददाताका अनुसार पर्यटकीय क्षेत्र मकवानपुरको थाहा नगरपालिका-४ दामन र सिमभन्ज्याङमा हिमपात भएको छ। बुधबार बिहानदेखि हिमपात भएको हो। यहाँ हरेक वर्ष हि

पश्चिमी वायूको प्रभावले आज वर्षा र हिमपात

काठमाडौं : आजदेखि मौसम थप बदली भई विभिन्न स्थानमा वर्षा र हिमपातको संभावना छ।पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रको असरका कारण आज बेलुकादेखि मौसम बदली भई वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीका विभिन्न स्थानमा वर्षा र हिमपात हुने मौसमविद् सजिना शाक्यले जानकारी दिइन्।उनकाअनुसार सुदूरपश्चिमका केहि स्थानमा भारी हिमपातको समेत संभावना छ। वर्षा र हिमपात सँगै भोलिदेखि ताप