लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । महराले सोमबार माओवादीकी बाँके निर्वाचन क्षेत्र नं. १ (१)बाट निर्वाचित कृष्णा केसीलाई उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीमा नियुक्त गरेका हुन् । उनको नियुक्तिसँगै लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय बनेको छ ।