लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद्ले पायो पूर्णता

काठमाडौं : लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। मुख्यमन्त्री लीला गिरी नेतृत्वको मनित्रपरिषद्ले शनिबार साँझ पूर्णता पाएको हो। मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरेका छन्।  प्रदेश प्रमुखको कार्यालयका अनुसार आर्थिक मामिलामन्त्रीमा जोखबहादुर महरा बनेका छन्। यस्तै, चेतनारायण आचार्य खानेपानी, ग्रामिण तथा शहरी विकासमन्त्री, इन्द्रजित थारु भौतिक पूर्वाधार विकास, विष्णुप्रसाद पन्थी स्वास्थ्यमन्त्री र कृष्णा केसी आन्तरिक मामिला, कानुन तथ...