रातोपाटी ब्रिफिङ : मन्त्रिपरिषद्ले पायो पूर्णता, धेरैको नजर गैरसांसद् मन्त्रीतिर

आज मिति २०७८ साल असोज महिनाको २२ गते शुक्रबार । अरु दिनझैँ आज पनि हामी नियमित स्तम्भ ‘सन्ध्याकालीन ब्रिफिङ’ लिएर पाठकहरुसामु आएका छौँ–आजका मुख्यमुख्य समाचारमा देउवा नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको, आजै शपथ र पदभार सम्पन्न भएको, गैरसांसद मन्त्री बनेको, मन्त्रिपरिषद् बैठक, कोरोनाको नियमित अपडेट, –संघीय निजामति सेवा विधेयक फिर्ता भएकोलगायत रहेका छन् ।१. मन्त्रिपरिषद्ले पायो पूर्णताप्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । प्रधानमन्त्री देउवा