तीन साताअघि अमेरिकाका सर्वोच्च सैन्य अधिकारी जोइन्ट चीफ्स अफ स्टाफ जनरल मार्क मिल्लेले त्रिपक्षीय युद्धको कुरा झिकेका थिए । विश्वका तीन महाशक्तिहरू अमेरिका, रुस र चीन त्रिपक्षीय युद्धमा प्रवेश गर्न लागेको मिल्लेले बताए ।
मिल्लेको कुराले विश्व अब अमेरिकी नेतृत्वको एकध्रुवीयताबाट अघि बढेर त्रिध्रुवीयतामा प्रवेश गरेको पुष्टि गरेको छ । एकध्रुवीयताको अन्त्यका कारण तिलमिलाइरहेको अमेरिकाले नयाँ युद्धको बहाना खोजिरहेको मिल्लेको भनाइबाट संकेत पाइन्छ । तर मिल्लेले त्रिपक्षीय युद्ध भनेर परम्परागत युद्धलाई इंगित गरेका हुन् भने त्यसको स...