राष्ट्रपति सी जिनपिङले विश्व शान्ति र विकासको रक्षार्थ चीन र अमेरिकाले ‘सहकार्यको मार्ग पहिल्याउनुपर्ने’ बताएको चीनको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । अमेरिका र चीनबीच पछिल्लो समय बढ्दै गएको तनावबीच चिनियाँ नेताका यी मेलमिलापकारी शब्दहरू बाहिरिएका हुन् । वाशिङ्टनमा र बेइजिङबीच ट्रम्पको समयदेखि सुरु भएको व्यापार युद्धले सम्बन्ध तनाव रहँदै आएको छ । त्यसमाथि रुस युद्ध र ताइवानको विषयलाई लिएर तनाव थप चुलिएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो महासचिवको कार्यकाल सम्हालेपछ