मनाङमा बाढीका कारण ६० घर डुबानमा, प्रभावित क्षेत्रमा खटिन मुख्यमन्त्री पोखरेलको निर्देशन

पोखरा : सोमबार साझदेखिको लगातारको वर्षाका कारण बढेको मर्स्याङ्दी नदीको पानीको बहावले मनाङमा ६० घर डुबानमा परेको छ। मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार नदी छेउको तालगाउँ डुबानमा परेको हो। प्रजिअ लामिछानेका अनुसार जिल्लामा अन्य स्थानको क्षति विवरण प्राप्त भइसकेको छैन। लगातार परिरहेको वर्षाका कारण स्थानीयको उद्धारमा समस्या

सम्बन्धित सामग्री

राजापुरका आठ सय घर डुबानमा

अविरल वर्षाका कारण बर्दियाको राजापुर नगरपालिकाका करिव ८ सय घर डुबानमा परेका छन्। सोमबार साँझदेखि पसेको कर्णालीको बाढीका कारण कर्णाली आसपासका केही गाउँहरु डुबानमा परेका हुन्। स्थानीयका अनुसार डुबानमा परेर...

सयौँ घर डुबानमा : सरकारले उद्धार नगरेको भन्दै स्थानीय आक्रोशित

राजापुर : अविरल वर्षाका कारण बर्दियाको राजापुर नगरपालिकाका करिब ८ सय घर डुबानमा परेका छन्।सोमवार साँझदेखि पसेको कर्णालीको बाढीका कारण कर्णाली आसपासका केही गाउँ डुबानमा परेका हुन्। स्थानीयका अनुसार डुबानमा परेर धेरैजसो धनको क्षति दौलतपुर गाविसमा भएको छ। अहिले स्थानीय सरकार र जिल्ला प्रहरी कार्यालयको सहयोगमा उद्धार भइरहेको स्थानीयले बताएका छन्।कर्णालीको पानीको सतह नघटेकाले अझै डुबानको खतरा कायमै रहेको स्थानीयको भनाइ छ। स्थानीय टीकाराम जोशीले बाढीका कारण घर डुबानमा पर्दा परिवार कहाँ छन् भन्ने थाहा

पूर्वी नवलपरासीका १४४ घर डुबानमा

कावासोती : बुधबार रातिदेखि परेको अविरल वर्षा पछि जिल्ला हुँदै बग्ने नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर १४४ घर डुबानमा परेका पूर्वी नवलपरासी जिल्लाप्रहरी कार्यालयका प्रवक्ता सन्तोष पाठकले बताए। उनका अनुसार बाढीका कारण गैंडाकोट मा ८०, मध्यविन्दुमा २०, विनयी त्रिवेणीमा २८ र हुप्सेकोटमा १६ घर गरेर १ सय…

पूर्वी नवलपरासीमा १४४ घर डुबानमा

कावासोती : अविरल वर्षापछि नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर पूर्वी नवलपरासीका १४४ घर डुबानमा परेका छन् ।बुधबार रातिदेखिको वर्षापछि जिल्ला हुँदै बग्ने नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर घर डुबानमा परेका पूर्वी नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तोष पाठकले बताए। उनका अनुसार बाढीका कारण गैंडाकोट मा ८०, मध्यविन्दुमा २०, विनयी त्रिवेणीमा २८ र हुप्सेकोटमा १६ घर गरी १४४ घर डुबानमा परेका हुन्।त्यसैगरी लगातार वर्षाले गर्दा खसेको पहिरोका कारण जिल्ला सदरमुकामबाट पहाडी क्षेत्रका

पूर्वी नवलपरासीमा १ सय ४४ घर डुबानमा, दशैँ मान्न घर गएकाहरू फर्किन पाएनन्

नवलपुर – नारायणी नदी र अन्य खोलामा आएको बाढीका कारण पूर्वी नवलपरासीका एक सय ४४ घर डुबानमा परेका छन् । बाढीका कारण गैँडाकोटमा ८०, मध्यविन्दुमा २०, विनयी त्रिवेणीमा २८ र हुप्सेकोटमा १६ घर गरेर एक सय ४४ घर डुबानमा परेका पूर्वी नवलपरासीको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तोष पाठकले बताउनुभयो । उहाँका अनुसार लगातारको वर्षाले पहिरो खसेका कारण जिल्ला सदरमुकामबाट पहाडी क्षेत्रका बौदीकाली र बुलिङ्गटार जोड्ने दलदले–कुमसोत–पोखरी सडकको पाङ्ग्रेमा सडक बन्द भएको छ । गैँडाकोटबाट पहाडी क्षेत्र जोड्न...

बाढीपहिरो : तीन हजार घर डुबानमा, ९ सयमा क्षति

यसपालीको मनसुनका अवधिमा बाढीका कारण तीन हजार १८० घर डुबानमा परेका छन्।

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

काभ्रेपलाञ्चोक।भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेका छन्।केही दिनदेखि परेको अविरल वर्षाका कारण इन्द्रावती र भोटेकोशी नदीमा आएको बाढीका कारण नदीमा पानीको बहाव बढेपछि घर डुबानमा परेका हुन्।घर डुबानमा परेपछि जनप्रतिनिधि,सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा डुबानमा परेका घरपरिवार र उनीहरूका सामान अन्यत्र सारिएको छ। पानी पर्न थालेदेखि स्थानीयबासी घर छाडेर बाहिरै बस्दै आएका थिए।

बाढीका कारण १६५ घर डुबानमा, ८० घर परिवार विस्थापित

काठमाडौं। नेपाल प्रहरीका अनुसार बाढीको कारण देशभर १६५ वटा घर डुबानमा परेका छन्। डुबानमा परेकामध्ये ७४ वटा घर, ५ वटा गोठ, ६ वटा पुल र ६ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ८० वटा घर परिवार विस्थापित भएका छन् भने ४९२ वटा पशु चौपायाको मृत्यु भएको प्रहरीले जनाएको छ। अविरल वर्षाको कारण देशभर ९९ वटा विपदजन्य घटना भएका छन्।

बाढीका कारण १६५ घर डुबानमा

काठमाडौं। नेपाल प्रहरीले पछिल्लो चार दिनमा परेको अविरल वर्षपछि आएको बाढीको कारण १६५ वटा घर डुबानमा परेको बताएको छ। तीमध्ये ५३ वटा घर, ३ वटा गोठ, ५ वटा पुल र ६ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। प्रहरीका अनुसार ६२ वटा घर परिवार विस्थापित भएका छन्। यस्तै बाढीबाट ८७ वटा पशु चौपायको मृत्यु भएको छ।

मनाङमा सयौं घर डुबानमा

मनाङ। बाढीका कारण मनाङमा एक सय भन्दा धेरै घर डुबानमा परेका छन्। प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार जिल्लामा क्षतिग्रस्त घरको तथ्याङ्क आउन बाँकी रहेको छ। जिल्लामा मानवीय क्षति नभएपनि भौतिक क्षति भने अत्याधिक भएको उनले बताए। उनकाअनुसार जिल्लामा अहिले इलाका प्रहरी कार्यालय र गाउँपालिकाको कार्यालयमा बाढीले क्षति पुर्‍याएको छ।