बाढीका कारण १६५ घर डुबानमा, ८० घर परिवार विस्थापित

काठमाडौं। नेपाल प्रहरीका अनुसार बाढीको कारण देशभर १६५ वटा घर डुबानमा परेका छन्। डुबानमा परेकामध्ये ७४ वटा घर, ५ वटा गोठ, ६ वटा पुल र ६ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ८० वटा घर परिवार विस्थापित भएका छन् भने ४९२ वटा पशु चौपायाको मृत्यु भएको प्रहरीले जनाएको छ। अविरल वर्षाको कारण देशभर ९९ वटा विपदजन्य घटना भएका छन्।

सम्बन्धित सामग्री

बाढीका कारण १६५ घर डुबानमा

काठमाडौं। नेपाल प्रहरीले पछिल्लो चार दिनमा परेको अविरल वर्षपछि आएको बाढीको कारण १६५ वटा घर डुबानमा परेको बताएको छ। तीमध्ये ५३ वटा घर, ३ वटा गोठ, ५ वटा पुल र ६ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। प्रहरीका अनुसार ६२ वटा घर परिवार विस्थापित भएका छन्। यस्तै बाढीबाट ८७ वटा पशु चौपायको मृत्यु भएको छ।