मनाङमा सयौं घर डुबानमा

मनाङ। बाढीका कारण मनाङमा एक सय भन्दा धेरै घर डुबानमा परेका छन्। प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार जिल्लामा क्षतिग्रस्त घरको तथ्याङ्क आउन बाँकी रहेको छ। जिल्लामा मानवीय क्षति नभएपनि भौतिक क्षति भने अत्याधिक भएको उनले बताए। उनकाअनुसार जिल्लामा अहिले इलाका प्रहरी कार्यालय र गाउँपालिकाको कार्यालयमा बाढीले क्षति पुर्‍याएको छ।

सम्बन्धित सामग्री

राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबानमा

काठमाडाैं।हिमाली जिल्ला मनाङमा असोजमै हिमपात भएकाे छ।राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबानमा परेका छन्।खराब मौसमका कारण हवाई उडान अस्तव्यस्त बनेकाे छ।बारा बस दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १६ पुगेकाे छ।कतार विश्वकपकाे सुरक्षामा टर्कीका प्रहरी खटाइने भएकाे छ।

मनाङमा बाढीले बस्ती डुब्यो, गाउँ सम्पर्कविच्छेद

२ असार, पोखरा । मनसुसनको सुरुमै आएको बाढी पहिरोले मनाङका सयौं घर डुबानमा परेका छन् । बस्ती नै डुबानमा पर्दा मनाङका धेरै गाउँ सम्पर्कविच्छेद हुन पुगेका छन् । मनाङ जिल्लालाई पनि ठूलो क्षति पुर्‍याएको छ । …

भारी वर्षाले मनाङमा वितण्डा मच्चायो, तालगाउँका अधिकांश घर डुबानमा

लगातारको भारी वर्षाले हिमाली जिल्ला मनाङमा वितण्डा मच्चाएको छ । ठाउँठाउँका बस्ती विस्थापित भएका छन् भने सरकारी संरचना पनि बाढीमा बगेका छन । विद्युत गृह बगाउँदा कतिपय ठाउँमा विद्युत आपूर्ति अवरुद्ध भएको छ । टेलिफोनका टावर समेत क्षति पुग्दा सञ्चार सम्पर्क नै बिच्छेद भएको छ । नासोँ गाउँपालिका–१ को तालगाउँ सबैभन्दा बढी जोखिममा परेको छ ।