नवलपुर – नारायणी नदी र अन्य खोलामा आएको बाढीका कारण पूर्वी नवलपरासीका एक सय ४४ घर डुबानमा परेका छन् । बाढीका कारण गैँडाकोटमा ८०, मध्यविन्दुमा २०, विनयी त्रिवेणीमा २८ र हुप्सेकोटमा १६ घर गरेर एक सय ४४ घर डुबानमा परेका पूर्वी नवलपरासीको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तोष पाठकले बताउनुभयो ।
उहाँका अनुसार लगातारको वर्षाले पहिरो खसेका कारण जिल्ला सदरमुकामबाट पहाडी क्षेत्रका बौदीकाली र बुलिङ्गटार जोड्ने दलदले–कुमसोत–पोखरी सडकको पाङ्ग्रेमा सडक बन्द भएको छ । गैँडाकोटबाट पहाडी क्षेत्र जोड्न...