बंगलादेशी र नेपाली साहित्यकारबीच सहकार्यबारे छलफल

बंगलादेशको राजधानी ढाकामा दुई देशका साहित्यकार तथा चलचित्र निर्माताबीच साहित्यिक एवं सांस्कृतिक आदानप्रदानका विषयमा छलफल भएको छ । बंगाली कवि तथा साहित्यकार साहजाह कबिर तथा कवि मोहम्मद फारुखले नेपाली साहित्यको चर्चा...

सम्बन्धित सामग्री

पाँच बंगलादेशी नागरिक पक्राउ

काठमाडौं- प्रहरीले भिसा अवधि समाप्तपश्चात् गैरकानुनी तवरले नेपालमा बसिरहेका पाँच बंगलादेशी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा बंगलादेशको ढाका घर भई हाल काठमाडौं सोह्रखुट्टे बस्ने २६ वर्षीय एमडी रिफत अहमद, २३ वर्षीय एमडी अब्दुल्ला, ४५ वर्षीय एमडी समुयल होडा, ३० वर्षीय अब्दुल विश्वास तथा ३६ वर्षीय एमडी मासुम मियाँ रहेका काठमाडौं उपत्यका […]

विश्वकपको पूर्वसन्ध्यामा बंगलादेशी कप्तान शकिब र ब्याटर तमिम इकबालबीच विवाद

११ असोज, काठमाडौं । एक दिवसीय विश्वकपको तयारीमा रहेको बंगलादेशी क्रिकेट टिमका कप्तान शकिब हल हसन र ब्याटर तमिम इकबालबीच विवाद उत्पन्न भएको छ । कप्तान शकिबले इकबालको आलोचना गर्दै उनलाई ‘केटाकेटी’ भनेका छन् । बंगलादेशी क्रिकेट टिम विश्वकपका लागि बुधबार भारत पुगेको छ । भारत जानु अघिल्लो दिन घोषणा भएको बंगलादेशी टिममा तमिम इकबाल […]

ब‌गलादेशमा बंगलादेशी र चिनियाँ कामदारबीच झडप हुँदा १५ जना घाइते

ढाका- बंगलादेशमा रहेको एक निर्माणाधीन ऊर्जा केन्द्रमा बंगलादेशी र चिनियाँ कामदारबीच झडप हुँदा १५ जना घाइते भएका छन् । बंगलादेशको पटुवाखली जिल्लाको धनखली क्षेत्रमा निर्माणाधीन ऊर्जा केन्द्रमा चिनियाँ र बंगलादेशी कामदारबीच झडप भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । ज्यालाका विषयलाई लिएर दुई पक्षबीच उत्पन्न विवाद झडपमा परिणत भएको जनाइएको छ । झडपका क्रममा […]

चेम्बर एक्स्पोमा बंगलादेशी फेसनका आयाम प्रस्तुत

काठमाडौँ – काठमाडौँको प्रदर्शनीमार्गमा सञ्चालन भएको नेपाल चेम्बर एक्स्पो २०२२ अन्तर्गतको तेस्रो दिनमा बंगलादेश फेसन शो शीर्षकमा बंगलादेशी फेसनका विभिन्न आयामलाई प्रस्तुत गरिएको छ । शनिबार साँझ प्रस्तुत गरिएको सो फेसन शोमा बंगलादेशी फेसनअन्तर्गत विभिन्न पहिरन शैली र हस्तकलाका अनुपम नमुनाहरु र्‍याम्पमाथि देख्न पाइयो । सात चरणमा प्रस्तुत गरिएको उक्त फेसन प्रस्तुतिमा साडी, सलवार कमीज, […]

काठमाडौंमा बंगलादेशी फेसनको स्वाद

‘नेपाल चेम्बर एक्स्पो २०२२’ मा अन्तर्गतको तेस्रो दिनमा बंगलादेश फेसन शो शीर्षकमा बंगलादेशी फेसनका विभिन्न आयाम प्रस्तुत गरियो । शनिबार साँझ आयोजना भएको फेसन शोमा बंगलादेशी फेसन अन्तर्गत विभिन्न पहिरन शैली र हस्तकलाका अनुपम नमुनाहरू र्याम्पमा प्रस्तुत गरिएको थियो ।राजधानीको प्रदर्शनीमार्गस्थित प्रदर्शनी कक्षमा आयोजित फेसन शोमा विभिन्न ७ चरणमा फेसन प्रस्तुत गरिएको थियो । जसमा साडी, सलवार कमीज, कुर्ती, शर्टस्, पन्जाबी स्टाइल, टि शर्ट लगायतका पहिरनसँगै लेदर तथा फ्याब्रिकमा तयार पारिएका व

भारतीय र बंगलादेशी पर्यटक बढे

कोरोना भाइरस संक्रमणको मारमा परेको पर्यटन क्षेत्रलाई राहत दिलाउने गरी भारतीय र बंगलादेशी पर्यटकको आगमनमा सुधार भएको छ।...

त्रिभुवन विमानस्थलबाट ३३३ ग्राम सुनसहित एक बंगलादेशी नागरिक पक्राउ

काठमाडौँ। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करीब ३ सय ३३ ग्राम सुनसहित एक बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बंगलादेशी नागरिक राहदानी नम्बर ईएन ०९८७८१ बाहक ३५ वर्षीय अस्राफुल इजलाम रहेका छन् । हिमालयन एअरलाइन्सको उडानमार्फत दुबईबाट काठमाडौँ हुँदै बंगलादेश जान लागेका उनलाई विमानस्थलमा खटिएको प्रहरीले ह्‍याण्ड व्यागेजमा जाँच गर्नेक्रममा उनलाई पक्राउ गरेको हो […]

बंगलादेशी स्टार हीरोसँग सहकार्य गर्दै रानु

मुम्बई(अमर उजाला)– भारतीय गायिका लता मंगेशकरको गीत ‘एक प्यार का नगमा है’ गाएर रातारात स्टार बनेकी रानु मण्डलको अवस्था अहिले फेरिएको छ । संगीतकार तथा गायक हिमेश रेशमियासँग गीत गाएकी रानूले बंगलादेशी स्टार हीरो अलोमले निर्माण गर्ने दुई गीतमा गाउने अवसर पाएकी छन् । बंगलादेशी स्टार हीरोले सामाजिक सञ्जालमार्फत यो कुराको पुष्टि गरेका छन् । […]

बंगलादेशी महिला टोली नेपालमा

काठमाडौं । नेपालसँग दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेशको महिला फुटबल टोली सोमबार नेपाल आइपुगेका छन् । टोलीलाई महिला समितिकी अध्यक्ष बृन्दा देवान, वुमन्स कमिटीकी संयोजक पेमा लामा, एन्फाका मानार्थ उपाध्यक्ष शिक्षित पराजुलीलगायतले बंगलादेशी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । मैत्रीपूर्ण खेल पहिलो बिहीबार र दोस्रो आइतबार हुनेछ । महिला टोलीका मुख्य प्रशिक्षक ग्यारी […] The post बंगलादेशी महिला टोली नेपालमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

बंगलादेश पुगिन् राष्ट्रपति भण्डारी, बंगलादेशी समकक्षी हमिदद्वारा स्वागत

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमणका क्रममा ढाका पुग्नुभएको छ । राष्ट्रपति भण्डारीलाई बंगलादेशी समकक्षी अब्दुल हमिदले विमानस्थलमा स्वागत गर्नुभएको थियो । राष्ट्रपति भण्डारीको स्वागतमा ब‌ंगलादेशका विदेशमन्त्री ए के अब्दुल मोमेन, स्वास्थ्यमन्त्री जाहिद मालिकी, रेलमन्त्री नुरुल इस्लाम सुजोन, विदेश राज्यमन्त्री मोहम्मद शाहरिरार आलमलगायत पनि उपस्थित थिए । राष्ट्रपति भण्डारीले सो क्रममा परेड अवलोकन गर्नुका साथै दुवै पक्षले आआफ्ना डेलिगेसन टोलीलाई परिचय गराएका थिए । राष्ट्रपति भण्डारी सोमबार बिहान नेपाल एयरलाइन्सको उडान नम्बर आर ए ००१ मार्फत ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार १० बजे अवतरण गर्नुभएको हो । त्यस क्रममा राष्ट्रपति भण्डारीको सम्मानमा बंगलादेशी सेनाले गार्ड अफ अनरसहित २१ तोपको सलामी दिएको थियो । विमानस्थलबाट राष्ट्रपति भण्डारी बंगलादेशको स्वतन्त्रता संग्रामका सहिदहरूको शालिकमा माल्यार्पण गर्न पुग्नुभएको थियो । आज दिउँसो राष्ट्रपति भण्डारी तेजगाउँमा आयोजना हुने नेशनल परेड स्क्वायर (ग्राउन्ड) कार्यक्रममा ‘गेस्ट अफ अनर’को रुपमा सहभागी हुने कार्यक्रम छ । त्यहाँ उहाँलाई बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले स्वागत गर्नुहुनेछ । राष्ट्रपति भण्डारीले बंगलादेशी राष्ट्रपति बंगबन्धुको जन्मशताब्दीको अवसरमा वक्तव्य जारी गर्नुहुनेछ । आजै उहाँले समकक्षी राष्ट्रपति महमद अब्दुल हमिदलाई बंगभवनमा भेट्नुहुने छ । साँझ उहाँ स्टेट डाइनिङ हलमा हुने रात्रिभोज र सांस्कृतिक कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । राष्ट्रपति भण्डारीसँगै उनकी छोरी उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सचिवहरु र नेपाल सरकारका वरिष्ठ अधिकारीहरु भ्रमणमा छन्।