प्रतिनिधिसभा सांसद एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइली (स्नेही)ले एमसीसी जसरी पनि पास हुने बताएका छन् । रातोपाटीको कार्यक्रम ‘टक विथ द टप’मा बोल्दै उनले यस्तो बताएका हुन्। रसाइलीले संसदबाट केहिदिन भित्रमै एमसीसीको टुंगो लाग्ने र पाँच दलीय गठबन्धन पनि यथावत नै रहने दावी गरेका छन् । यद्यपि सत्ता गठबन्धनमा बसेर सडक र संसद्मा दोहोरो चरित्र देखाउने दलहरूको प्रवृत्ति भने आश्चर्यजनक रहेको उनको भनाइ छ । एमसीसी सम्झौता एउटा विकास परियोजना मात्र भएको र यसमाथि जनतालाई