नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले एमसीसी पारित गर्नुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका अगाडि एमसीसी त्याग्ने वा गठबन्धन बचाउने भन्ने दुई विकल्प रहेको र उनले आफ्नो निर्णयहरू बारम्बार भनिरहेको पनि बताए ।
सांसद कोइरालाले एमसीसी पास भएमा अहिलेको गठबन्धन टुट्नेमा दुई मत नरहेको दाबीसमेत गरे ।
‘एमसीसी नेपालका लागि राम्रो हो भन्ने जुन पक्ष छ, यसको विपक्षमा पनि धेरै मान्छेहरू उभिरहेका छन्,’ उनले भने, ‘९ वटा मुलुकमा एमसीसी जु...