धनगढी : नेपाली कांग्रेसको कैलाली जिल्ला सभापतिमा नारायणदत्त भट्ट विजयी भएका छन्। पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका प्रकाशबहादुर बमलाई २ सय ६३ मतले पराजित गर्दै भट्ट जिल्ला सभापतिमा विजयी भएका हुन्।भट्ट १ हजार ३ सय ५९ मत ल्याउँदै विजयी भएका हुन्। बमले १ हजार ९६ मत पाए। पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि आज दोस्रो चरणको मतदान भएको हो। आजको मतदानमा २ हजार ४ सय ६७ मत खसेको थियो। पहिलो चरणको मतगणनामा सभापतिका उम्मेदवार प्रकाशबहादुर बमले सबैभन्