कैलाली – नेपाली कांग्रेस कैलालीको सभापति चयनका लागि आज बिहीवार भएको दोस्रो चरणको चुनावमा नारायणदत्त भट्ट विजयी हुनुभएकाे छ । पहिलो चरणमा ५१ प्रतिशत कुनै पनि उम्मेदवारको नपुग्दा दोस्राे चरणमा भट्ट विजयी हुनुभएकाे हाे ।
निर्वाचन समितिका अनुसार नारायणदत्त भट्ट १ हजार ३ सय ५९ मतका साथ विजयी हुनुभएकाे छ भने उहाँका प्रत्याशी प्रकाश बमले १ हजार ९६ मत प्राप्त गर्नुभएकाे छ ।
जिल्लामा कुल २ हजार ५ सय ७६ जना प्रतिनिधि रहेकामा दोस्रो चरणको चुनावमा २ हजार ४ सय ६७ मतदाताले मतदान गरेका थिए भने...