माछापुच्छ्रे क्यापिटलले बोलायो पहिलो वार्षिक सभा, कृति क्यापिटलसँग मर्जरमा जाने प्रस्ताव

काठमाडौं। माछापुच्छ्रे क्यापिटल लिमिटेडले पहिलो वार्षिक साधारण सभा मंसिर ४ गते बोलाएको छ । क्यापिटलले आफ्नो रजिष्ट्रार कार्यालय लाजिम्पाटमा सभा

सम्बन्धित सामग्री

माछापुच्छ्रे बैंकको साढे १० लाखभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले १० लाख ५६ हजार ९१७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले अन्य व्यक्ति तथा संस्थाले खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । यसअघि फागुन १ गते विद्यमान संस्थापक शेयरधनीले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्री खुला गरिएको थियो । ३५ दिनसम्म विद्यमान संस्थापक शेयरधनीमा यी शेयर विक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाले खरीद गर्न पाउने गरी विक्रीमा ल्याइएको हो । यी शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आगामी ७ दिनभित्र शेयर रजिष्ट्रार माछापुच्छ्रे क्यापिटल लिमिटेडमा आवेदन पेस गर्नुपर्नेछ । लगानीकर्ताहरूले आफूले खरीद गर्न चाहेको मूल्य वा शेयर संख्या खुलाई आवेदन दिनुपर्ने जानकारी कम्पनीले दिएको छ । बैंकले गणेश बहादुर श्रेष्ठको नाममा रहेको उक्त शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो ।

माछापुच्छ्रे क्यापिटलको चौथो वार्षिक साधारण सभा कात्तिक १३ मा

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले चौथो वार्षिक साधारण सभा कात्तिक १३ गते बोलाएको छ । सभा उक्त दिन बिहान ११ बजे काठमाडौं गैरीधारास्थित बालुवाटार प्यालेस बैंक्वेट एण्ड इभेण्टसमा हुने क्यापिटलले जानकारी दिएको छ । सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारितका लागि पेस गरिनेछ ।

माछापुच्छ्रे क्यापिटलको सीईओमा विष्ट

माछापुच्छ्रे क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पराग विष्ट नियुक्त भएका छन् । क्यापिटलको सञ्चालक समितिले साउन १ गते विष्टलाई सीईओमा नियुक्त गरेको हो । यसअघि, क्यापिटलको निमित्त प्रमुख कार्यकारीको रुपमा उपेन्द्र मालाकारले जिम्मेवारी निभाउँदै आएका थिए । विष्टले आईआईएम कलकत्ताबाट एक्ज्युकेटिभ प्रोग्राम इन बिजनेस म्यानेजमेन्ट (ईपीबीएम) र दिल्ली विश्वविद्यालयबाट एम कम गरेका छन् । […]

माछापुच्छ्रे कृति क्यापिटलको नाम परिवर्तन

मंसिर २८, काठमाडौं । माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडको नाम परिवर्तन भएको छ । कम्पनीले नाम परिवर्तन गरी माछापुच्छ्रे क्यापिटल लिमिटेड भएको कम्पनीले जानकारी गराएको हो । कम्पनीको दोस्रो वार्षिक साधारण सभाले कम्पनीको नाम परिवर्तन गर्ने निर्णय गरेको हो । यस भन्दा अगाडि कम्पनीको नाम माछापुच्छ्रे कृति क्यापिटल लिमिटेड रहेको थियो ।

माछापुच्छ्रे कृति क्यापिटलको सभा

विशेष प्रस्तावअन्तर्गत चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर, पुँजी वृद्धि, कम्पनीको नाम परिवर्तन गरी माछापुच्छ्रे क्यापिटल लिमिटेड बनाउनेलगायत प्रबन्धपत्र तथा नियमावलीमा गर्नुपर्ने आवश्यक संशोधनका प्रस्तावहरू पनि पारित गरेको छ।...

माछापुच्छ्रे क्यापिटल लिमिटेडको औपचारिक उद्घाटन

२३ माघ, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको माछापुच्छ्रे क्यापिटल लिमिटेडको एक औपचारिक कार्यक्रमबीच उद्घाटन भएको छ । नेपाल धितोपत्रबोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना र माछापुच्छ्रे बैंकका अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतोले संयुक्त रुपमा …

माछापुच्छ्रे क्यापिटल विहिबारदेखि संचालनमा, देशैभरि सेवा विस्तार गर्ने

काठमाडौं। माछापुच्छ्रे क्यापिटल विहिबारदेखि संचालनमा आएको छ। माछापुच्छ्रे बैंकको पूर्ण स्वामित्वमा रहेका क्यापिटलको नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना

माछापुच्छ्रे क्यापिटलले मर्चेन्ट बैंकरको अनुमति

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को