काठमाडौं । निरज मान सैंजु नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका डेपुटी सीइओमा नियुक्त भएका छन् । सैंजुसँग रेमिट्यान्स कम्पनी, विभिन्न वाणिज्य बैंकहरु लगायतमा १५ वर्षभन्दा लामो अनुभव रहेको छ । भने, उनले एमबीएस तथा एमबीए गरी डबल मास्टर्सडिग्री गरेका छन् । एनसीएचएलले आफ्नो १२६ भन्दा बढि कर्मचारी मार्फत ५३ सदस्य बैंक तथा वित्तीय संस्थाहरूलाई एनएचसीएल, आरपीएस, […]
माछापुच्छ्रे बैंकले नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीइओ) पदमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने तथा उप–महाप्रबन्धक (डीजीएम) पदमा प्रसिद्धराज अर्याललाई बढुवा गरेको छ । डेपुटी सीइओ पदमा बढुवा भएका थापा र न्यौपाने दुवै जनाले दुई दशकभन्दा बढीको बैंकिङ्ग अनुभव बटुलेका बैंकले जानकारी दिएको छ । बैंकका अनुसार थापा बैंकिङ व्यवसाय र न्यौपाने सञ्चालन तथा जोखिम व्यवस्थापनमा अब्बल मानिन्छन् । डीजीएम पदमा बढुवा भएका प्रसिद्धराज अर्यालले पनि बैंकिङ्ग क्षेत्रमा झण्डै दुई दशक लामो अनुभव
काठमाडौँ । नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्तोष प्रसाईँको राजीनामा स्वीकृत भएसँगै डीसीईओ सुशील चौधरी कार्यवाहक सीइओमा नियुक्त भएका छन् । सोमवार(आज) बिहान बसेको सञ्चालक समितिको बैठकले सिइओ प्रसाईँको राजीनामा स्वीकृत गर्दै कार्यवाहक सीईओको जिम्मेवारी डीसीईओ चौधरीलाई दिने निर्णय भएको कम्पनीले जनाएको छ । चौधरीसँग राष्ट्रिय वाणिज्य बैङ्कमा २५ वर्षसम्म काम गरेको अनुभव छ […]
युनाइटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त भएकी छिन् । पौडेललाई चार वर्षका लागि सीइओमा नियुक्त गरिएको हो । पौडेल ३४ वर्षको उमेरमा बिमा कम्पनीको पहिलो महिला सीइओ बनेकी छिन् । उनको बिमा क्षेत्रमा एक दशकको अनुभव छ ।भारतको दिल्ली विश्व विद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस)बाट उनले एमबिए गरेकी छिन् । उनी भारतमा […]