पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मुल्य घटेको छ। नेपाल आयल निगमले आइतबार राती १२ बजेबाट लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य घटाएको हो। पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर दुई दुई रुपैयाँ घटाएको छ। पेट्रोल ९८ र डिजल र मट्टितेल प्रतिलिटर ७४ रुपैयाँ अब किन्न सकिनेछ। मुल्य घटेसँगै अब खाना पकाउने ग्यास प्रतिसिलिण्डर १३ सय…

सम्बन्धित सामग्री

इन्धनको भाउ बढ्यो

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार निगमले पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य बढाएको हो । पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेल/मटीतेल ३ रुपैयाँ बढाइएको छ । यसैगरी खाना पकाउने ग्यास प्रतिसिलिन्डर २३५ रुपैयाँ बढेको छ । नयाँ मूल्यअनुसार ग्यास १ हजार ८९५ […]

इन्धनको मूल्य हेरफेर : किन हुन्छ उतारचढाव ?

काठमाडौं। पछिल्लो समय इन्धनको भाउमा उतारचढाव देखिएको छ । मंगलवार मात्रै भारतबाट पेट्रोल तथा डिजेलको भाउ बढेर आएको छ । इन्डियन आयल कर्पाेरेशन (आईओसी)ले नेपाल आयल निगमलाई पठाएको मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ १४ पैसा र डिजेल ६ रुपैयाँ ८६ पैसाले महँगिएर आएको छ । ग्यासको मूल्य भने प्रतिसिलिन्डर ११७ रुपैयाँ ६२ पैसा घटेर आएको निगमको भनाइ छ । निगमले आईओसीले पठाएको सूचीअनुसार मंगलवार नै स्वचालित प्रणालीबाट मूल्य समायोजन गरिसकेको छ । निगमले मंगलवार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । खाना पकाउने ग्यासको घटाएको छ । हवाई इन्धनको मूल्य यथावत् छ ।  पेट्रोलको मूल्य प्रतिलिटर ९ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर ७/७ रुपैयाँ बढेको निगमले जानकारी दिएको छ । मूल्य समायोजनसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलको लागि काठमाडौं उपत्यकामा प्रतिलिटर १५३ रुपैयाँ तिर्नुपर्ने छ । अन्यत्र ठाउँअनुसार मूल्य फरक फरक हुनेछ । खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १ सय ३० रुपैयाँले घटेको निगमले जानकारी दिएको छ । अब खाना पकाउने ग्यास प्रतिसिलिन्डर १६६० रुपैयाँमा उपभोक्ताले पाउनेछन् । आईओसीले हरेक १५ दिनमा नयाँ मूल्यसूची पठाउँछ । निगमले सोहीअनुसार स्वचालित प्रणालीबाट निगमले मूल्य समायोजन गर्न शुरू गरेको छ । आईओसीले हरेक १५ दिनमा नयाँ मूल्यसूची पठाउँछ । निगमले सोहीअनुसार स्वचालित प्रणालीबाट निगमले मूल्य समायोजन गर्न शुरू गरेको छ ।  यति धेरै किन बढेर आयो भाउ ? आयल निगमका प्रवक्ता मनोज ठाकुर भारतले मूल्य घटबढ गरेर पठाउन पाउने बताउँछन् । उनका अनुसार केही दिनयता अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । त्यसैले भारतबाट आउने प्रशोधित तेलको मूल्य बढेको हो ।  भारतले पठाउने मूल्यमा कच्चा पदार्थको औसत भाउसँगै ढुवानी चार्ज जोड्ने गरिएको छ । इन्धन नेपालमा पठाउँदा भारतले कुनै प्रकारको भन्सार चार्ज लगाउँदैन । र, त्यहाँ कर घटबढको असर पेट्रोलियम पदार्थमा नपर्ने ठाकुर बताउँछन् । निगमका अनुसार अन्तरराष्ट्रिय बजारमा असार ९ गते डब्ल्यूटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ६९ डलर रहेकोमा साउन १६ गते ८१ डलर पुगेको छ । त्यस्तै ब्रेन्ट तेलको भाउ यो अवधिमा ६९ डलरबाट ८५ डलर पुगेको छ । मुर्बान तेलको मूल्य प्रतिब्यारेल ७४ बाट ८४ डलर पुगेको छ ।  पूर्ण रूपमा नेपाल सरकारको स्वामित्वमा २०२७ सालमा स्थापना भएको नेपाल आयल निगम लिमिटेडले मुलुकमा पेट्रोलियम पदार्थको आयात, ढुवानी, भण्डारण र वितरण गर्दै आएको छ । निगमसँग ६८ हजार ३८४ किलोलिटरको कार्य भण्डारण क्षमताको आधिकारिक डिपो छ । नेपालले कुनै पनि पेट्रोलियम पदार्थ उत्पादन नगर्ने र आफ्नै प्रशोधन केन्द्र नभएकाले आयातमा निर्भर छ । निगमले दैनिक १८९३ ट्यांकी ट्रकबाट पेट्रोलियम ढुवानी गर्छ । निगमले १५६३ भन्दा बढी निजी थोक विक्रेतामार्फत वितरण गर्दै आएको छ । निगमका अनुसार हरेक वर्ष पेट्रोलियम पदार्थको माग १० प्रतिशतले बढ्दै गएको छ ।  कसरी गरिन्छ आयात ? आईओसीसँग २७ मार्च २०१७ मा भएको पाँचवर्षे सम्झौताअनुसार नेपालमा तेल आयात र आपूर्ति भइरहेको छ । नेपालले त्यही सम्झौतालाई निरन्तरता दिँदै आएको छ ।  भारतको पूर्वी र उत्तरी क्षेत्रका पेट्रोलियम प्रशोधन केन्द्र, टर्मिनल र डिपोबाट नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गरिन्छ । भारतीय आयल निगमले ग्यास हल्दिया, बरौनी, मथुरा, पानीपतबाट नेपाल आयल निगमलाई आपूर्ति गर्छ । ग्यासको बढ्दो माग नेपाल आयल निगमको चासोको विषय बनेको छ । यसको बढ्दो माग पूरा गर्न आईओसी र निगमबीच सम्झौता भएको छ । दुवै कम्पनीले रक्सौलदेखि अमलेखगन्जसम्म प्रस्तावित पाइपलाइनबारे विभिन्न चरणमा छलफल गरिरहेका छन् । नेपाल–भारत सीमामा एलपीजी पाइपलाइन बिछ्याउने विषयमा विभिन्न चरणमा छलफल भए पनि निष्कर्षमा पुगेका छैनन् ।  नेपालमा भारतबाट आएको मूल्यलाई आधार मानेर नेपाल आयल निगम सञ्चालक समितिले इन्धनको मूल्य तोक्छ । व्यवस्थापन र कार्यान्वयनको जिम्मेवारी कार्यकारी निर्देशकमा हुन्छ । उनी नेपाल आयल निगम सञ्चालक समितिका सदस्य सचिव पनि हुन् । पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्ने अन्तिम अधिकार सरकारसँग छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव निगममा अध्यक्ष रहने भएकाले उनको नेतृत्वमा बस्ने बैठकले मूल्य तोक्छ ।

पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोल लिटरको १ सय ७८ रुपैयाँ

काठमाण्डाै - नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर तीन रुपैयाँका दरले बढाएको हो । अब पेट्रोल प्रतिलिटर १ सय ७८ रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् रहेको छ । खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर १ हजार ८ सय रुपैयाँ रहेको छ । निगमले विज्ञप्ति निकालेर इन्डियन आयल कर्पोरेसनबाट गएको १६ गते प्राप्त नयाँ ख...

आयल निगमले बढायो डिजेलको मूल्य, अब कति पर्छ ?

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुने गरि डिजेल र मट्टीतेलको मूल्य बढाएको हो।निगमले डिजेलको मूल्य प्रति लिटर ६ रुपैयाँले बढाएको हो । यस सँगै डिजेलको प्रति लिटर १७८ रुपैयाँ पुगेको छ । मट्टीतेलको मूल्य पनि ६ रुपैयाँले बढेर प्रति लिटर १७८ रुपैयाँ पुगेको छ । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य घटेपनि पछिल्लो १५ दिन यता पेट्रोलियम पदार्थको मुल्य बढेकाले नेपालमा पनि त्यसको असर परेको निगमले जनाएको छ। डिजेल मट्टीतेलको मुल्य बढाएपनि निगमलाई अझैं मासिक ९६ करोड ४८ लाख रुपैयाँ घाटा लागिरहेको निगमको दाबि छ। निगमको यहि घाटालाई व्यवस्थापन तथा भुक्तानी गर्नलाई पनि निगमको आज बसेको संचालक समितिले डिजेल र मट्टीतेलमा प्रति लिटर ६ रुपैयाँले बढाउने निर्णय गरेको निगमले जनाएको छ। पेट्रोल, खाना पकाउने ग्यास, हवाई इन्धनको भने मूल्य बढेको छैन । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएकै दिन निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको हो । भारतीय आयल कर्पोरेसन (आईओसी)ले आज १ तारिखमा पठाएको सूची अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर आएको हो । नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ ३९ पैसा र डिजल ६ रुपैयाँ १२ पैसा बढेर आएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रति सिलिन्डर १ सय रुपैयाँ घटेर आएको छ । आईओसीले हरेक १५–१५ दिनमा आयल निगमलाई मूल्य सूची पठाउँछ । यस अघि भारतबाट ३ पटकसम्म मूल्य घटेर आएकोमा आयल निगमले घाटा नै रहेको भन्दै नेपालमा मूल्य घटाएको थिएन ।निगमले पेट्रोल लगायत अन्य पेट्रोलियम पदार्थको भने मूल्य बढाएको छैन । हाल नेपालमा पेट्रोल प्रति लिटर १८१ रुपैया, र खान पकाउने ग्यास प्रति सिलिन्डर १८०० रुपैयाँमा बिक्रि भईरहेको छ ।

मूल्यवृद्धिको विरोधमा खालि सिलिन्डरसहित प्रदर्शन

इन्धनको मूल्यवृद्धिको विरोधमा उपभोक्ताले मुख्यमन्त्री कार्यालयको गेटमा प्रदर्शन गरेका छन् । खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा उपभोक्ताले प्रदेश १ को मुख्यमन्त्री कार्यालय अगाडि खाली सिलिन्डर राखेर प्रदर्शन गरेका हुन् । यहि जेठ ८ गतेदेखि निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको थियो ।  खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाँ बढाएको छ । बढेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैया

इन्धनको मूल्य फेरि वृद्धि : खाना पकाउने ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँले बढ्यो

काठमाण्डाै - नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँले बढेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो सँगै अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६० रुपैयाँ पुगेको छ । त्यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर एक सय ४३ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यास प्रतिसिलिन्डर १६ सय रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यासको मूल्य यसअघि १५ सय ७५ रुपैयाँ रहेको थियो । ...

पेट्रोल प्रतिलिटर १६०, खाना पकाउने ग्यास प्रति सिलिण्डर १६००

नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरेर पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँको दरले बढाएको हो । अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ । निगमले खाना पकाउने ग्यासको मूल्य समेत बढाएको छ । १५ सय […]

फेरी बढ्यो पेट्रोलियम पदार्थको मुल्य, खाना पकाउने ग्यासको पनि मुल्य बढ्यो

फेरि पेट्रोलियम पदार्थको मुल्य बढेको छ। नेपाल आयल निगमले आज एक बिज्ञप्ती जारी गर्दै पेट्रोलियम पदार्थको मुल्य बढेको जानकारी गराएको हो। निगमले जारि गरेको बिज्ञप्तीअनुसार पेट्रोलको मुल्य बढेर प्रतिलिटर १६० रुपैयाँ पुगेको छ भने डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर १४३ रुपैयाँ पुगेको छ। बढेको मुल्य आजराति अर्थात चैत २१ गते मंगलबार देखि लागू हुने निगमले जनाएको छ। खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य पनि प्रति सिलिन्डर १६०० रुपैयाँ कायम राखिएको छ । एलपी ग्यासको मुल्य बढाउँदा पनि निगमलाइ आफुलाई अझैं पनि प्रति सिलिन्डर ९३२ रुपैयाँ ३८ पैसा घाटा रहेको जनाएको छ ।साथै हवाई इन्धन आन्तरिकको मूल्य पनि ५ रुपैयाँले वृद्धि गरि प्रति लिटर १५६ रुपैयाँ कायम गरिएको छ ।निगमले पेट्रोल र डिजेलमा प्रति लिटर ५ रुपैयाँ बढाएको छ भने खाना पकाउने ग्यास प्रति सिलिन्डर २५ रुपैयाँले बढाएको छ । रुस र युक्रेनबीच जारी युद्द समेतका कारणबाट पेट्रोलियम पदार्थको अन्तराष्ट्रिय बजार मुल्य नै उच्च नै रही रहेको र निगमको मासिक घाटा पनि दशौँ अर्ब रुपैयाँ भन्दा बढी रहेकाले मुल्य बढाउँन बाध्य भएको निगमले जनाएको छ ।यसरि पेट्रोलियम पदार्थको मुल्य वृद्धि गर्दा पनि पेट्रोल डिजेलमा प्रति लिटर २२ रुपैयाँ ९८ पैसा र २८ रुपैयाँ निगमलाई घाटा रहेको निगमले जनाएको छ। त्यस्तै मट्टीतेल प्रति लिटर १४३ रुपैयाँमा बिक्रि गर्दा पनि निगमलाई प्रति लिटर ६ रुपैयाँ ६९ पैसा घाटा रहेको निगमले जनाएको छ। मुल्य वृद्धि पश्चात पनि निगमको १५ दिनको अनुमानित घाटा ४ अर्ब ६३ करोड रहेको निगमको दाबी छ । मुल्य समायोजन पश्चात पनि निगमलाई महिनाको अनुमानित घाटा ९ अर्ब २७ करोड रहेको निगमले जनाएको छ ।त्यस्तै नेपाल सरकार मातहतमा रहेको मुल्य स्थिरीकारण कोषको संचालक समितिको आजै बसेको बैठकबाट पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाई राख्न निगमलाई ४ अर्ब २० करोड दिने निर्णय भएको निगमले जनाएको छ ।मुल्य वृद्धि पश्चात पनि भारतको रक्सौलको तुलनामा नेपालको बिरगंजमा पेट्रोल र डिजेल प्रति लिटर २७ रुपैयाँ ७६ पैसा तथा २० रुपैयाँ ३२ पैसा सस्तो भएको निगमले जनाएको छ । त्यस्तै भारतको तुलनामा नेपालमा आन्तरिक हवाई इन्धन प्रति लिटर ३१ रुपैयाँ ९४ पैसा तथा एलपी ग्यास ५ रुपैयाँ ६५ पैसा सस्तो भएको निगमले जनाएको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, खाना पकाउने ग्यासमै २५ रुपैयाँ वृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको हो । आज जारी सूचनामा निगमले खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पुर्याएको छ भने पेट्रोल, डिजल र मट्तिेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको छ । नयाँ मल्य अनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, तथा डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरेको छ। निगमले हवाई इनधनको मूल्य भने यथावत कायम राखेको जनाएको छ । इन्डियन आयल कर्पोरेशनबाट मूल्य वृद्धि भएर आएकोले मूल्य बढाउनुपरेको भन्दै निगमले यसरी मूल्य नबढाए पाक्षिक रुपमा ९७.७५ करोड घाटा हुने जनाएको छ ।

बढ्यो पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य

२८ माघ, काठमाडौं । सरकारले खाना पकाउने ग्यास र पट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मट्टतिेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ । अब काठमाडौंमा पेट्रोलको मूल्य ११२ र डिजेल/मटितेलको ९५ रुपैयाँ पुगेको छ । एलपी ग्यासको […]