काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको हो ।
आज जारी सूचनामा निगमले खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पुर्याएको छ भने पेट्रोल, डिजल र मट्तिेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको छ ।
नयाँ मल्य अनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, तथा डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरेको छ। निगमले हवाई इनधनको मूल्य भने यथावत कायम राखेको जनाएको छ ।
इन्डियन आयल कर्पोरेशनबाट मूल्य वृद्धि भएर आएकोले मूल्य बढाउनुपरेको भन्दै निगमले यसरी मूल्य नबढाए पाक्षिक रुपमा ९७.७५ करोड घाटा हुने जनाएको छ ।