मूल्यवृद्धिको विरोधमा खालि सिलिन्डरसहित प्रदर्शन

इन्धनको मूल्यवृद्धिको विरोधमा उपभोक्ताले मुख्यमन्त्री कार्यालयको गेटमा प्रदर्शन गरेका छन् । खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा उपभोक्ताले प्रदेश १ को मुख्यमन्त्री कार्यालय अगाडि खाली सिलिन्डर राखेर प्रदर्शन गरेका हुन् । यहि जेठ ८ गतेदेखि निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको थियो ।  खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाँ बढाएको छ । बढेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैया

सम्बन्धित सामग्री

मूल्यवृद्धिको विरोधमा जनकपुरधाममा प्रदर्शन

नेकपा एमालेले जनकपुरले मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ । सोमबार एमालेले जनकपुरधाममा विरोध प्रदर्शन गर्दै उपभोग्य सामग्रीमा चर्को मूल्यवृद्धि नियन्त्रण गर्न माग गरेको हो ।  एमाले जनकपुरधाम नगर कमिटी अध्यक्ष सुरेन्द्र भण्डारीले चर्को  मूल्यवृद्धि हुँदा पनि सरकारले बेवास्ता गरेको बताए । उनले  किसानलाई मल उपलब्ध गराउन सरकारसँग माग गरे ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

जनकपुरधाम । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा जनकपुरधाममा प्रदर्शन गरिएको छ । जनकपुरधामस्थित जानकी मन्दिरको उत्तरतर्फ बीच सडकमै स्थानीय युवाको आयोजनामा मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेका हुन् । उनीहरूले बीच सडकमै मोटरसाइकल तेस्र्यायाएर एलपी ग्यास सिलिण्डरसहित विरोध प्रदर्शन गरेका हुन् । पाँच दलीय गठबन्धनको सरकारले जनतालाई राहतभन्दा बढी आहत दिएको भन्दै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा मोटरसाइकल, […] The post पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन appeared first on राजधानी राष्ट्रिय दैनिक.

इन्धन मूल्यवृद्धिको विरोधमा प्रदर्शन (फोटो फिचर)

काठमाडौं :  इन्धनको मूल्यवृद्धिको विरोधमा काठमाडौंमा प्रदर्शन तथा आयल निगमको कार्यालय घेराउ गरेका छन्।विभिन्न १५ विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेका हुन्। सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपछि देशका मूल शहरहरूमा त्यसको विरोध भइरहेको छ।आयल निगमले पछिल्लोपटक खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २०० रुपैयाँ र डिजेल पेट्रोल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ। विद्यार्थी संगठनहरूले मूल्यवृद्धि फिर्ता हुनैपर्ने बताउँद

मूल्यवृद्धिको आक्रोश सडकमा, तस्वीरहरू

काठमाडौं :  इन्धनको मूल्यवृद्धिको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ।राष्ट्रिय युवा संघ र अनेरास्ववियुले आज पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको हो। सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपछि त्यसको विरोध भइरहेको छ। युवा संघले मुल्यवृद्धि फिर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।

मूल्यवृद्धिको विरोधमा काठमाडौँमा प्रदर्शन (फोटोफिचर)

काठमाडौँ- काठमाडौँमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन भएको छ । त्रिपुरेश्वरस्थित आँखा अस्पताल अगाडि नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीको आयोजनामा मूल्यवृद्धिको विरोध प्रदर्शन भएको हो । त्रिपुरेश्वरबाट पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरुद्धमा र्‍यालीसहित आयल निगम केन्द्रीय कार्यालयमा पुगेर धर्ना दिइएको हो ।  सरकारले आइतबार रातिबाट लागू हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर १०/१० रुपैयाँ […]

एमसीसी र इन्धनको मूल्यवृद्धिको विरोध गर्दै नेकपाको प्रदर्शन

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी निकट जनवर्गीय संगठनले एमसीसी र इन्धनमा गरिएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ। माइतीघरमा भेला भएका प्रदर्शनकारीले एमसीसी लागू हुन नहुने र इन्धनको मूल्यवृद्धि फिर्ता लिन माग गरेका थिए।

पट्रोलियम पदार्थ मूल्यवृद्धिको विरोधमा विद्यार्थीको प्रदर्शन

सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरूले प्रदर्शन गरेका छन् । एमालेनिकट अनेरास्ववियु र विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)ले उपत्यकालगायत विभिन्न ठाउँमा राँके जुलुससहित प्रदर्शन गरेका हुन् ।  अनेरास्ववियुले बुधबार प्रदर्शनीमार्गमा...

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीद्वारा प्रदर्शन

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा राजधानीमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।  विद्यार्थीहरुले काठमाडौंको अस्कल क्याम्पस परिसरमा प्रदर्शन गरेका हुन् । सो क्रममा उनीहरुले महामारीका बीच मूल्यवृद्धि गरिएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए । निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटिर ३–३ रुपैयाँ  मूल्यवृद्धि गरेको थियो । यस्तै हवाइ इन्धनको पनि मूल्य वृद्धि गरेको थियो ।

मूल्यवृद्धिको विरोधमा ग्यास सिलिण्डरसहित विद्यार्थी सङ्गठनको प्रदर्शन

काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा सत्तारुढ दल निकटका विद्यार्थी सङ्गठनले प्रदर्शन गरेका छन् । आज (आइतबार) काठमाडौँ भृकुटीमण्डपको रत्न राज्य क्याम्पस बाहिर नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका पार्टी निकट विद्यार्थी सङ्गठनले प्रदर्शन गरेका हुन् । संयुक्त विद्यार्थी आन्दोलनले सिलिण्डर ग्याससहित प्रदर्शन गरेको थियो । उनीहरुले पेट्रोलियम पदार्थमा […]