पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोल लिटरको १ सय ७८ रुपैयाँ

काठमाण्डाै - नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर तीन रुपैयाँका दरले बढाएको हो । अब पेट्रोल प्रतिलिटर १ सय ७८ रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् रहेको छ । खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर १ हजार ८ सय रुपैयाँ रहेको छ । निगमले विज्ञप्ति निकालेर इन्डियन आयल कर्पोरेसनबाट गएको १६ गते प्राप्त नयाँ ख...

सम्बन्धित सामग्री

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं, ३० वैशाख : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले डिजेल र पेट्रोल र मट्टिलेतको मूल्य बढाएको हो। अब पेट्रोल १७० र डिजल १५४ प्रति लिटर काम भएको छ। शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

पेट्रोल र डिजलको मूल्य बढ्यो, हाल सम्मकै उच्च मूल्य कायम

फागुन १९, काठमाडौं।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । पेट्रोल, डिजेल  र  मट्टितेलमा प्रतिलिटर ५ रुपयाँ बृद्धि गर्दै हाल  सम्मकै उच्च रेकर्ड मूल्य १५० रुपैयाँ पुर्‍याएको हो ।  बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले  डिजल, पेट्रोल र मट्टितेलको मूल्य  बढाउने निर्णय गरेको हो । मार्च १ मा भारतीय आयल कर्पोरेसनले सबै प्रकारका पेट्रोलियम पदार्थको मूल्य बढाएर नयाँ मूल्य सूचि पठाएको थियो । आईओसीले पेट्रोल मा ३.८९ रुपैयाँ डिजलमा ३ रुपैयाँ , हवाई ईन्धनमा ३.५० रुपैयाँ र ग्याँसमा १०० रुपैयाँले बढाएर नयाँ मूल्य सूचि पठाएको थियो ।

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

जेठ २, काठमाडौं । नेपाल आयल निगमले आइतवार रातीदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्य वृद्धि गरेको हो । मूल्य समायोजन पश्चात काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाको मूल्य प्रतिलिटर ७८ कायम भएको छ । निगमले एलपी ग्यास र अन्तरराष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन ।

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

नेपाल आयल निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको छ। निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर दुई रूपैयाँका दरले मूल्यवृद्धि गरिएको छ।

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, खाना पकाउने ग्यासमै २५ रुपैयाँ वृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको हो । आज जारी सूचनामा निगमले खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पुर्याएको छ भने पेट्रोल, डिजल र मट्तिेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको छ । नयाँ मल्य अनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, तथा डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरेको छ। निगमले हवाई इनधनको मूल्य भने यथावत कायम राखेको जनाएको छ । इन्डियन आयल कर्पोरेशनबाट मूल्य वृद्धि भएर आएकोले मूल्य बढाउनुपरेको भन्दै निगमले यसरी मूल्य नबढाए पाक्षिक रुपमा ९७.७५ करोड घाटा हुने जनाएको छ ।

डिजेल र मट्टीतेलको मूल्य बढ्यो, पेट्रोल र ग्यासमा यथावत

काठमाडौँः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। मंगलबार रातिबाट लागू हुनेगरी निगमले डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँ बढाएको छ। पेट्रोल, हवाई इन्धन र खाना एलपी ग्यासको मूल्य भने यथावत छ।  अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए। नयाँ मूल्य अनुसार

इन्धनको मूल्य बढ्यो, पेट्रोल अब लिटरको १०२ रुपैयाँ

१७ पुस, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको हो । निगम प्रवक्ता विरेन्द्र गोइतका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक-एक रुपैयाँ मूल्य बढाइएको छ । यसैगरी खाना …