काठमाडौँ। नेपाल एयरलाइन्सको अस्थायी महाप्रवन्धकको जिम्मेवारी वरिष्ठ क्याप्टेन दीपु ज्वारचनलाई दिइएको छ। नेपाल एयरलाइन्समा कार्यकारी अध्यक्ष र महाप्रवन्धक पद दुवै रिक्त रहेको अवस्थामा नेतृत्व सम्हाल्ने गरी सरकारले ज्वारचनलाई जिम्मेवारी दिइएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेका स्वकीय उपसचिव हेमन्त रेग्मीका अनुसार ज्वारचनलाई अस्थायी महाप्रवन्धनको जिम्मेवारी तोकिएको हो।