सरकारले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सुरक्षा योजनाबारे प्रारम्भिक छलफल सुरु गरेको छ । सोमबार सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सुरक्षा योजनाबारे आवश्यक छलफल सुरु भएको हो ।चारवटै सुरक्षा निकायका प्रमुखहरुसहित बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा सो निर्वाचनको सुरक्षा तयारीबारे प्रारम्भिक छलफल सुरु गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । उनले सो