आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि जारी भएको आचारसंहिता पालना गर्न नुवाकोटका राजनीतिक दलहरुले सामूहिक प्रतिबद्धता जनाएका छन् ।मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीको आयोजनामा शनिबार बसेको सर्वदलीय÷सर्वपक्षीय बैठकमा सहभागी राजनीतिक दलहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालना गर्न सामूहिक प्रतिबद्धता जनाएको हो ।उनका अनुसार हाल कार्यान्वयनमा रहेको आचारसंहितअन्तर्गत आज उम्मेदवारी दर्ता गर्न २५ जनाभन्दा बढीको सहभागिता हुन नपाइनेसहित बाजागाजा, झाँकी लैजान गरिएको निषेधमा दलहरुबाट