प्रशासनकै कारण मकवानपुरमा कोरोना जोखिम बढ्दो

मकवानपुरमा स्थानीय प्रशासनकै निर्णयले कोरोना संक्रमणको जोखिम उच्च भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाको मुख्य बजार क्षेत्रमा अत्यावश्यक खाद्यान्न तथा तरकारी खरिद गर्नका लागि साताको २ दिन बजार क्षेत्रका पसलहरु खुला गर्ने निर्णय गरेसँगै कोरोनाको जोखिम झनै बढेको हो ।मकवानपुरमा कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि निषेधाज्ञा जारी छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को सिफारिस अनुसार गत जेठ १ गतेदेखि हेटौंडाको मुख्य बजार क्षेत्रको खाद्यान्न तथा तरकारी पसल

सम्बन्धित सामग्री

पर्यटनलाई जोड दिने बेला

कोरोना महामारीको तेस्रो लहर केही मत्थर भएसँगै होटेलहरूको अकुपेन्सीमा केही सकारात्मक संकेत देखिन थालेको छ । यस्तो अवस्थामा सरकारले केही सहजीकरण गरिदिने हो भने यो व्यवसायको पुनरुत्थान हुने सम्भावना देखिएको छ । पर्यटनलाई राहत र सुविधा दिएर तथा प्रवर्द्धनात्मक कार्यमा सहयोग गरी पर्यटक आगमन खुला भएको र नेपाल कोरोना जोखिम कम भएको मुलुक भनी प्रचार गरेर पर्यटन क्षेत्रलाई प्राथमिकता दिन सकिन्छ । कोरोना महामारीका कारण सबैभन्दा बढी र लामो समयसम्म प्रभावित क्षेत्र पर्यटन नै हो । सरकारले दिने सहुलियत पर्याप्त नपाउने क्षेत्र पनि पर्यटन नै हो । अर्थतन्त्रका प्रायः सबैजसो क्षेत्रले गति लिन थाले पनि पर्यटनको अवस्थामा खासै सुधार आउन नसकेको बेला होटेलहरूको अकुपेन्सीमामा देखिएको वृद्धिले सकारात्मक सञ्चार प्रवाह भएको छ । महामारीका कारण व्यवसाय ठप्प भएपछि केही व्यवसायी यसबाट पलायनसमेत भएका थिए । अर्थतन्त्रमा समस्या आइहालेमा त्यसलाई सम्हाल्न निकै कठिन हुन्छ भन्ने कुरा अहिले श्रीलंकाले भोगेको समस्याले देखाएको छ । यो समस्या एकाएक आएको होइन, यसका पूर्वसंकेत देखापरिसकेका थिए । तर, त्यसमा ध्यान नदिँदा अहिले त्यहाँ संकट यतिसम्म भयावह भएको छ कि कागजसमेत किन्न नसकेर परीक्षा नै स्थगित भएको समाचार आएको छ । त्यहाँको विनिमय सञ्चिति नाममात्रको रहेको छ । श्रीलंकामा समस्या आउनुमा पर्यटन क्षेत्र ठप्प हुनु पनि एक हो । नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रले कति योगदान दिन्छ भन्ने स्पष्ट तथ्यांक पाइँदैन । तर पनि ५ प्रतिशतको हाराहारीमा यसको योगदान रहेको तथ्य स्वीकारिएको छ । यो क्षेत्र ठप्प हुँदा अर्थतन्त्रमा निकै सकस पैदा हुने भएकाले सरकारको प्राथमिकतामा पर्यटन पर्नैपर्ने देखिन्छ । बिस्तारै विदेशी पर्यटकको आगमन बढ्न थाल्दा पर्यटन क्षेत्रमा सुधार हुने अपेक्षा गरिए पनि सरकारी निकायले पर्यटन क्षेत्रलाई गतिशील बनाउन थुप्रै काम गर्न आवश्यक छ । हुन त पर्यटन पुनरुत्थानका लागि सरकारले अध्ययन समिति बनाएको छ । त्यो समितिमा पर्यटन विज्ञहरू पर्याप्त मात्रामा पर्न नसकेको र पर्यटनलाई राम्ररी बुझेका व्यक्तिहरू कम भएको आरोपसमेत लगाइएको छ । पर्यटन पुनरुत्थानको रणनीति तय गर्न नेपाल पर्यटन बोर्डको पनि ठूलै भूमिका हुन्छ । पर्यटन प्रवर्द्धनात्मक कार्यक्रमलाई अहिले तीव्रता दिन आवश्यक छ । तर, बोर्डले त्यसतर्फ खासै काम गरेको देखिँदैन । अहिले होटेलहरूको अकुपेन्सी बढेको छ । तर, यसमा बोर्डको सक्रियताभन्दा पनि व्यवसायीको आफ्नै पहलले पर्यटक आगमन बढ्ने संकेत देखिएको हो । नेपालको ठूलो पर्यटन बजार भारत र चीन हुन् । चीनबाट पर्यटन आगमन ठप्प छ भने भारतबाट आउने पर्यटकको संख्या चाहिँ पछिल्लो समय बढ्दो छ । कोरोनाको भयकै बीचमा पनि नेपालले उचित प्रचार रणनीति लिएको भए नेपालमा भीडभाडयुक्त पर्यटन छैन, त्यसैले सुरक्षित छ भन्ने सन्देश प्रवाहित गर्न सकेको भए गुणस्तरीय पर्यटक ल्याउने सम्भावना थियो । केही यस्ता पर्यटक आएका पनि थिए । संकटको यस घडीमा पर्यटनलाई जोगाउन धेरै देशले आन्तरिक पर्यटनलाई उच्च प्राथमिकतामा राखेको देखिन्छ । चीनमा बाह्य पर्यटक आगमनमा प्रतिबन्ध र चिनियाँ पर्यटक देशबाहिर ननिक्ले पनि आन्तरिक पर्यटक भने व्यापक थिए । अन्य देशले पनि यस्तै रणनीति अपनाएर पर्यटन जोगाएका थिए । नेपालले पनि सरकारी कर्मचारीलाई भ्रमण बिदा दिने नीति लिएको थियो तर त्यो अझै कार्यान्वयनमा आएको छैन । अहिले नेपालको पर्यटनलाई आन्तरिक पर्यटनले नै बचाएको छ । त्यसैले आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्ने नीति पनि आवश्यक छ । नेपालले दिगो र गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नेगरी रणनीति तय गर्नुपर्छ । पर्यटनका लागि दशवर्षे रणनीति सार्वजनिक गरे पनि सरकारले त्यसअनुसार काम गरेको पाइँदैन । अतः पर्यटनलाई राहत र सुविधा दिएर तथा प्रवर्द्धनात्मक कार्यमा सहयोग गरी पर्यटक आगमन खुला भएका र नेपाल कोरोना जोखिम कम भएको मुलुक भनी प्रचार गरेर पर्यटन क्षेत्रलाई प्राथमिकता दिन सकिन्छ ।

सीमा नाकामा कोरोना जोखिम

कैलाली, असोज २० । कोरोना महामारीमा बन्द गरिएका नेपाल–भारत सीमा नाका दशैँ नजिकिएसँगै खुला गरिएका छन् । भारततर्फका १५ भन्दा बढी नाका खुला भएसँगै दैनिक उपभोग्य वस्तुको किनमेल र दशैँमा घर फर्कनेहरूको ताँती सीमा क्षेत्रमा लागेको छ । सीमा क्षेत्रमा बढ्दो भीडभाडले कोरोना जोखिमसमेत बढाएको छ । यद्यपि, सरकारले कोरोना जोखिमलाई ध्यानमा राख्दै सीमा क्षेत्रमा […]

सीमा नाकामा चहलपहल :  बढायो कोरोना जोखिम

कोरोना महामारीमा बन्द गरिएका नेपाल–भारत सीमा नाका दशैँ नजिकिएसँगै खुला गरिएका छन् । भारततर्फका १५ भन्दा बढी नाका खुला भएसँगै दैनिक उपभोग्य वस्तुको किनमेल र दशैँमा घर फर्कनेहरूको ताँती सीमा क्षेत्रमा लागेको छ ।सीमा क्षेत्रमा बढ्दो भीडभाडले कोरोना जोखिमसमेत बढाएको छ । यद्यपि, सरकारले कोरोना जोखिमलाई ध्यानमा राख्दै सीमा क्षेत्रमा प्राथमिकतासाथ कोरोना परीक्षणलाई समेत तयारी अवस्थामा राखेको छ । प्रदेश २ का आठवटा जिल्लाका सीमा नाका खुला गरिएका छन् । सो क्षेत्रमा स्वास्थ्य संवेदनशीलतालाई ख्यालमा र

घामपानी नभनी निषेधाज्ञामा खटिएका ट्राफिक प्रहरी (फोटो फिचर)

काठमाडौं : वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ। निषेधाज्ञा प्रभावकारी बनाउने हात भनेकै ट्राफिक प्रहरी,शशस्त्र प्रहरी लगायतको हुन्छ। त्यसो त यतिखेर विभिन्न ठाउँमा ट्राफिक प्रहरीहरु सवारीसाधन चेकिङमा तैनाथ छन्। कोरोना जोखिम मोलेर होस य घामपानी नभनी उनीहरु आप्नो ड्युटीमा गरिरहेका छन्। पछिल्लो केही निषेधाज्ञा खुकुलो भएसँगै सडकमा सवारीसाधनको चाप बढ्दो छ। जसले चेकिङ गर्न उनीहरुलाई हम्यहम्य परेको छ।

उपत्यकाका तीनै जिल्ला प्रशासनमा अत्यावश्यकबाहेक सबै सेवा बन्द

काठमाडौं :  उपत्यकाका तीन वटै जिल्ला प्रशासनमा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुने भएका छन्।  आइतबार अपराह्न तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुखको बैठकले यस्तो निर्णय गरेको हो। सोमबारदेखि लागु हुनेगरी एक साता कार्यालय बन्द हुने निर्णय गरिएको छ। पछिल्लो समय उपत्यकामा कोरोना संक्रमित संख्या बढ्दै गएको छ। उपत्यकामा बढ्दो कोरोना जोखिम र यसले निम्तिने संकटलाई लिएर प्रशासन गम्भीर रहेकाले यस्तो निर्णय गरिएको काठमाडाैं जिल्ला प्रशासन कार्यालयका प्रमुख कालीप्रसाद पर

भारतबाट सुदूरपश्चिम आउनेमा फेरि देखिन थाल्यो कोरोना : जोखिम बढ्दो, सतर्कता शून्य

कैलाली : नेपालमा अहिले फेरि कोरोना महामारीको दोस्रो लहर उकालो गतिमा छ। जसको प्रभाव सुदूरपश्चिमका नाकाहरूमा देखिन थालेको छ। सुदूरपश्चिमको प्रमुख नाका त्रिनगर गौरिफन्टाबाट नेपाल आएकामध्ये शुक्रवार यता ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा मंगलवार एकै दिन ६ जनामा संक्रमण देखिएको छ। गौरिफन्टा नाका हुँदै नेपाल प्रवेश गरेका…

हेलचेक्र्याइँले कोरोना जोखिम बढेको बढ्यै

काठमाडौं । मुलुकभर कोरोना जोखिम बढ्नुमा आमसर्वसाधारणको हेलचेक्र्याइँलाई नै प्रमुख कारक मानिएको छ । लकडाउन अन्त्य भएसँगै देखिएको भीडभाड र सचेतनाका सामान्यभन्दा सामान्य उपाय पनि नअपनाउँदा जोखिम बढ्दो क्रममा रहेको जनस्वास्थ्यविद्हरू बताउँछन् । सरकारले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरे पनि कार्यान्वयनमा आउन सकेको छैन । दैनिक सभा, बैठकसमेत हुने गरेका छन् । होटेल, …