रसुवा - रसुवामा गएरातिदेखि नै विद्युत् सेवा ठप्प भएको छ । ६६ केभी प्रसारण लाइनमा समस्या आएपछि जिल्लाको पूरै भागमा विद्युत् सेवा बन्द भएको हो ।
नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रका अनुसार जिल्लाको कालीका गाउँपालिका–३ मा रहेकाे कटुञ्जेमा रहेको ३७ नम्बर टावरमा समस्या आएको हो ।
विद्युत् आपूर्तिमा समस्या आएपछि काठमाण्डाै ग्रिड महाशाखाबाट मर्मत टोली आउने क्रममा रहेको केन्द्रले जनाएको छ । केन्द्रका प्रशासन प्रमुख एवम् सूचना अधिकारी दीपरमण अधिकारीका अनुसार मर्मतको काम सकिएपछि विद्युत् से...