गुल्मी – गुल्मीको सदरमुकाम तम्घासमा दुई दिनदेखि विद्युत् सेवा ठप्प छ । जनजीवन प्रभावित बनेको छ ।
तम्घासको पुतली बजारमा रहेको ट्रान्सफर्मर माथिबाट पहिरो गइ ठूलो क्षति गरेको छ । हिजो बिहानैदेखि बिजुलीको आपूर्ति बन्द छ ।
रेसुंगा नगरपालिका कार्यालय भवन नजिकबाट पहिरो खसेपछि ३३ केभी मुख्य लाइनको ट्रान्सफर्मरमा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख इश्वर श्रेष्ठले बताउनुभएको छ ।
पहिरोका कारण नगरपालिका भवन र नेपाल पत्रकार महासंघको कार्यालय भवन समेत थप जोखिममा परेका छन् ।
पहिरोले न...