गृहमन्त्री बालकृष्ण खाणले स्वदेशी उद्योग र व्यवसाय प्रवद्र्धन, संरक्षण र आयआर्जनका लागि वातावरण निर्माण गर्न सरकार प्रयत्नशील रहेको बताएका छन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको टोलीसँग आज गृहमन्त्रालयमा भएको भेटमा गृहमन्त्री खाणले उद्योग र व्यवसायको प्रवद्र्धन गर्न सकेमात्रै राज्यको राजस्व बढ्ने र बजेट बढाउनमा मद्दत मिल्ने बताए ।गृहमन्त्री खाणले व्यवसायीले भोग्नुपरिरहेका समस्या समाधानका लागि सरकार प्रयत्नशील रहेको पनि बताए । “व्यवसायीले भोग्नुपरिरहेका समस्या समाधान गर्न सरकार तयार छ, ऐन