दोलखाको तामाकोशी गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना गरिएको छ। सातवटा वडा रहेका पालिकामा एउटा वडामा बर्थिङ सेन्टरसहितको अस्पतालसमेत निर्माण भएको छ। घरमै सुत्केरी हुने अवस्था अन्त्य गर्ने लक्ष्यका साथ पालिकाले गर्भवती तथा सुत्केरीका लागि वडा–वडामा विविध सेवासुविधासहितको बर्थिङ सेन्टर स्थापना गरेको तामाकोसी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुणकुमार मिश्रले बताउनुभयो।