आर्थिक वर्ष २०७९/८० का लागि सरकारले संसदमा
पेश गरेको बजेटमाथि प्रारम्भिक प्रतिक्रिया दिंदै पूर्व अर्थमन्त्री तथा नेकपा
एमालेका उपाध्यक्ष विष्णु पौडेलले हचुवा बजेटको संज्ञा दिएका छन् ।बिजपाटीसँग संक्षिप्त कुरा गर्दै उनले भने, 'सरकारले
आफ्नो हैसियत बिर्सेर बजेट ल्याएको छ । ५ महिनाको आयु भएको चुनावी सरकारले २५ वर्षका
योजना ल्याउनु हावादारी कुरा हो ।'
उनले बजेटमा गरिएको स्रोतको अनुमान पनि हचुवा रहेको,
खर्चको प्रस्ताव पनि हचुवा रहेको र बजेटको आकार पनि हचुवाकै भरमा बढाइएको आरोप
लगाए ।