एमालेको प्रतिक्रिया– लुम्बिनी प्रदेशको बजेट टुक्रे आयोजनामा केन्द्रित

लुम्बिनी प्रदेश  सरकारले बुधबार प्रस्तुत गरेको बजेट टुक्रे आयोजनामा केन्द्रित भएको प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिक्रिया दिएको छ ।   एमाले संसदीय दलका  उपनेता बैजनाथ चौधरीले  नीति सही भएपनि नीतिसँग मिल्ने खालको बजेट नआएकोले बजेटले प्रतिफल दिन नसक्ने प्रतिक्रिया दिए । ‘नीति  राम्रो देखिए पनि बजेटमा भाषा मिलाएर सबै योजनाहरूमा रकम राखिएको छ’, उनले रातोपाटीसँग भने, ‘तर टुक्रे आयोजनामा निकै कम बजेट राख्दा  कार्यान्वयन गर्नको लागि समस्या देख