आधा समय बालुवाटार र अस्पतालमा बिताउनेले टिकट पाउँदा मैले किन नपाउने ?

काठमाडौं।नेकपा एमालेका नेता भीम रावलले आफूलाई टिकट नदिएको विषयमा बिहीबार आफ्नो धारणा सार्वजनिक गर्नेक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि दर्जनभन्दा बढी आरोप लगाएका छन्।बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले पार्टीबाट सम्पर्कबिहीन भएको हल्ला चलाएको, माफी माग्नुपर्ने प्रसंग उठाएको, एकल नाम सिफारिसप्रति छलफल गरिएकोलगातका आरोप लगाएका छन्।

सम्बन्धित सामग्री

आरजुको अभिव्यक्ति– बालुवाटार डडेलधुराका लागि ‘खुल्जा सिम सिम’ जस्तै हो

काठमाडौं । प्रधानमन्त्री पत्नीसमेत रहेकी नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले डडेलधुराका लागि प्रधानमन्त्री कार्यालय ‘खुल्जा सिमसिम’ जस्तै भएको बताएकी छन् । उनले डडेलधुराबासीले जति कसैले पनि बालुवाटारमा एक्सेस नपाउने भन्दै काठमाडौंका व्यक्तिले भन्दा डडेलधुराबासीले प्रधानमन्त्रीलाई भेट्न पाउने बताएकी छन् । आइतबार शेरबहादुर देउवाको उमेदवारी दर्तापछि उनले यस्तो बताएकी हुन् । “डडेलधुराको...

लोसपाकी नेतृ चन्दा चौधरी कांग्रेसमा प्रवेश गर्दै

लोसपाकी सांसद तथा पूर्वमन्त्री चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गर्ने भएकी छन् । बुधबार उनी कांग्रेस प्रवेश गर्ने भएकी हुन् । पार्टी प्रवेशका लागि उनी अहिले प्रधानमन्त्री निवास बालुवाटार पुगेकी छन् । स्रोतका अनुसार काँग्रेसले नेतृ चौधरीलाई सर्लाही–४ मा टिकट दिने निश्चित भएको छ । सर्लाही–४ मा डा. अमरेशकुमार सिंहले टिकटको दावी गर्दै आएका थिए । चौधरी पार्टी प्रवेश गरेपछि नेता सिंहले टिकट नपाउने लगभग निश्चित भएको छ ।लोसपाका कार्यकारिणी सदस्य समेत रहेकी नेतृ चौधरी अध्यक्ष महन्थ ठ

गरिबको ‘ढाड’मा बजारियो बालेनको ‘लौरो’

स्वतन्त्र उम्मेदवारीबाट काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित र्भका बालेन्द्र (बालेन) साह अहिले आलोचित बनेका छन् । दलहरुबाट वाक्क भएर स्वतन्त्र उम्मेदवारलाई महानगरको मेयरमा जिताएका महानगरबासीले नै अहिले बालेनको आलोचना सुरु गरेका छन् ।चुनावी अभियानमा बालेनको एउटा र्याप निकै चल्यो । ‘बलिदान’ शीर्षकको उक्त र्यापमा चर्चित गीत ‘गाई त बाँध्यो ढुंग्रोमा मोही छैन, गरिबको चमेली बोल्दिने कोही छैन’लाई बालेनले कोरसका रुपमा उतारेका थिए । तर, बालेन मेयरमा निर्वाचित भएपछि महानगरले गरिबमाथि प्रहार थालेको छ । महानगरले भिख माग्न नपाउने सूचना नै निकाल्यो । यो कदमको स्वागत नै भएको छ । किनकी, काठमाडौँका व्यस्त ठाउँमा भिख माग्न बस्नेहरु नेपाली मूलका छैनन् ।शुक्रबारको एउटा घटनाले भने मेयर बालेन निकै आलोचित बनेका छन् । बालुवाटार क्षेत्रमा ठेलामा मकै बेच्दै गरेकी महिलामाथि महानगर प्रहरीले ज्यादती गर्यो । लछापछार गरेर मकै र ठेला कब्जामा लियो । समाजिक सञ्जालमा महानगर प्रहरीको यो ज्यादतीको भिडियो भाइरल भयो ।फुटपाथमा ब्यापार गर्न पाइँदैन भनेर नगर प्रहरीले बेचिरहेको हरियो मकैसहित ठेला उठाएर गाडीमा हाल्न खोज्छन् । ती सिन्धुपाल्चोक घर भएर लामो समयदेखि मकै बेचेरै बालबच्चा हुर्काइरहेकी ती महिला नगर प्रहरीका सामू हात जोड्छिन्, विन्ती गर्छन्, अनेक अनुनय विनय गर्छिन् । आधा मकै बाटोभरी असरल्ल छरिन्छन् ।ती महिलाका श्रीमान गाडा र मकै छुटाउन नगर प्रहरीको गाडीको पछि पछि दौडिन्छन् । तर, त्यो सम्भव हुँदैन । गरिबको सामान उठाएकोमा गर्वानुभूति गर्दै नगर प्रहरी हुईकिन्छन् । महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटा फुटपाथ र सडकमा सामान नबेच्नु भन्दाभन्दै सडकमा ठेला राखेर ब्यापार गर्दा जुनसुकै बेला जफत बताउँछन् ।बालेन काठमाडौँको मेयरको स्वतन्त्र उम्मेदवार भएर पनि चुनाव जितेका व्यक्ति हुन् । उनको दल छैन, उनलाई दलको ह्वीप लाग्दैन, निर्देशन लाग्दैन । त्यसैले पनि उनीबाट धेरैले अपेक्षा गरेका थिए, गरेका छन् । चुनावी दौरानमा बालेन शाहको चुनाव चिन्ह थियो ‘लौरो’ । शुक्रबार महाराजगञ्ज र बालुवाटार क्षेत्रका फुटपाथमा मकै बेच्ने चेतेन्द्र आचार्य र सीता आचार्यको दम्पत्तिमाथि महानगर प्रहरीले ज्यादती गरेपछि बालेनको लौरो गरिबको ढाडमा बजारिएको भन्दै आलोचना भईरहेको छ ।थप कारबाहीयी निमुखा दम्पत्तीमाथि महानगरको नगर प्रहरीले थप कारबाही गर्ने भएको छ । उनीहरुले नगर प्रहरीले घुस मागेको आरोप लगाएको र अगुल्टोले हानेको भन्दै नगर प्रहरीले थप कारबाही गर्ने बताएको हो ।बुधबार घुस माग्न आएपछि आफूले नगर प्रहरीलाई अगुल्टोले हानेको सीता आचार्यले नै भनेकी छिन् ।‘सरकारी कर्मचारीमाथि सडकमै हातपात भएको छ, हातपात गर्ने उनीहरुलाई कारबाही नगरेर के नमस्कार गर्नु पर्ने त ?’  नगर प्रहरी प्रमुख सापकोटाले कारबाही गर्ने संकेत गर्दै भने ।

काँग्रेस, जसपा र लोसपाका यी सांसद एमसीसीको पक्षमा मतदान गर्न बन्चित हुने

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को पक्षमा उभिएका काँग्रेसका चार जना सांसदले भने मतदानमा सहभागी नहुन नपाउने भएका छन् ।  एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेका काँग्रेसका चार जना सांसद् मतदान प्रक्रियामा सहभागी हुन नपाउने भएका हुन् । बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि निलम्बनमा परेका सांसद विजयकुमार गच्छदार मतदान प्रक्रियामा सहभागी हुन नपाउने भएका छन् । यस्तै, व्यक्ति हत्या आरोपमा जेल जीवन बिताइरहेका निलम्बित काँग्रेस सांसद अफ्ताव आलम पनि एमसीसीको पक्ष वा वि

गठबन्धन राष्ट्रिय सभा चुनावसम्मका लागि मात्रः प्रधानमन्त्री देउवा

काठमाडौं, मंसिर २०। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन राष्ट्रिय सभा चुनावसम्मका लागि मात्र भएको बताएका छन् । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनले राष्ट्रिय सभाको चुनावपछि निरन्तरता पाउने वा नपाउने भन्ने विषयमा छलफल गर्न बाँकी रहेको बताएका छन् । ‘अहिलेको गठबन्धन राष्ट्रिय सभाको चुनावसम्म […]

बालुवाटारमा सधैं रमिता छ !

उहिले इन्द्रबहादुर राईले लेखेथे– आज रमिता छ । तर अहिले बालुवाटारमा त सधैं रमिता छ । उहिले ‘जसको तरबार उसैको दरबार’ भन्थे । तरबारवाजमध्ये सबैभन्दा तेज राजा वा मन्त्री हुन्थ्यो र ऊभन्दा कम तेजहरू भारदार बन्थे र भारदारका पनि आफ्नै भारदार हुन्थे । उहिलेका भारदार र अहिलेका सरदार अर्थात् नेतामा खास फरक छैन । उहिले सत्ता पाउन तरबार चलाउने भारदारहरू जम्मा गर्नुपर्थ्यो, अहिले एकातिर तर मार्नेहरू र अर्काेतिर नारा लगाउने भाडाका मान्छेहरू जम्मा गर्न सक्नुपर्छ । अँ, अर्को पनि फरक छ उहिलेको र अहिलेको । उहिले कोतमा भारदार जम्मा हुन्थे, काटाकाट गर्थे, जित्नेले पगडी पाउँथ्यो र हार्नेहरू यमलोक पुग्थे । अहिलेका राजा र मन्त्रीले आफै लड्नु पर्दैन, लड्ने भिन्दै जत्था तयार छ । देख्नुभएन सधैं भिड्न तयार भारदारहरूको भीड ? पहिले स्याल र हनुमानका कथा लेखिन्थे, अहिले प्रत्यक्ष देखिन्छ । बालुवाटार फाल्ने, फालिने, आउने, जाने सबैका लागि खुशी रोप्ने, खुशी नै काट्ने एउटा साझा चौतारी हो । कमाउनेदेखि जमाउनेसम्मको त सम्पर्क कार्यालय नै हो क्यारे बालुवाटार । उहिले भारदारबीच ‘जिरो सम गेम’ हुन्थ्यो । अर्थात् जित्नेले सबै पाउने, हार्नेले सबै गुमाउने । तर अचेल त्यस्तो छैन । जित्नले पनि हार्नेको भाग राखिदिएकै हुन्छ, ठेक्कापट्टामा जस्तै । एउटा ठालुलाई ज्वरो आयो भने अर्को ठालुलाई रातभर निद्रा लाग्दैन । झापाली काकाले आफूलाई दिनरात गाली गर्ने इलामे काकालाई कहिले दबाइदारुका लागि खर्च बेहोरेको त कहिले सर्प पाल्न करोडौं खर्च दिएको त देख्नु नै भएको होला नि । बूढानीलकण्ठका खास मान्छेलाई बालुवाटारले राजदूत बनाएको पनि थाहा नपाउने कोे छ र ? बाहिर मारामार गरे पनि भित्र त चाटाचाट पो गर्छन् त । हो, उहिले साँच्चै भिड्थे, अहिले भिडेजस्तो मात्र गर्छन् । पहिले गोलीले भिड्थे, अहिले गालीले भिड्छन् । तर भेडाहरू भने साँच्चिकै ठानेर भिड्न थाल्छन् अनि आपसमा पानी बाराबार गर्छन् । बोलचाल बन्द गर्छन् । तर माथिकाहरू भने भित्र बसेर मिलिजुली खाइरहेका हुन्छन् । उहिले हार्नेले कि त देश, नभए पनि उपत्यका त छाड्नैपथ्र्यो । अहिले त ‘त्यो पर्दैन’ । हार्ने र जित्नेले यही उपत्यकामा बसी बसी मोज गर्ने हो । हार्नेले पनि जित्नेलाई तुरुन्त बधाई दिन्छन् । तपाईं भन्नुहोला क्या संस्कारवान् रहेछन् । तर त्यस्तो होइन नि । यो बधाई दिने भनेको त मेरो भाग पनि सुरक्षित राखीदिनू है भनेको हो । ‘भागशान्ति जय नेपाल !’ भन्ने उखान त्यसै जन्मेको हैन नि । पछिल्लो लडाइँमा त्यस्तो भएनछ । यो चाहिँ गडबडीको संकेत हो । यसै हप्ता बालुवाटारमा केही मानिस छिरेका छन् । बालुवाटारमा नयाँ मान्छे आएपछि के के न चमत्कार हुने भो भनेर केही मानिस दुई दिन मच्चिन्छन्, अनि थच्चिन्छन् । तर बालुवाटारमा नयाँ मान्छे कहिले आएको छ र भन्या ? चन्दा दिने उही, ठेक्कामा पट्टाउने उही, कमिसनको घेरो उही हुन्छ । रमाउने उही, कमाउने उही, अनि जमाउने पनि उही । अनि कसरी नयाँ मान्नु ? यो पुरानो बोत्तलमा रक्सी फेरेजस्तो मात्रै त हो नि । अहिले जो आएका छन्, ती तीन वर्षअघि बालुवाटारमै थिए । त्यसअघि पनि कतिपटक त्यहीँ थिए । जो निस्किए ती पनि पाँच वर्षअघि त्यहीँ थिए, सात वर्षअघि पनि त्यहीँ थिए । उनीहरूका लागि बालुवाटार आलोपालो मात्र हो । कहिले दक्षिण त कहिले उत्तर फर्किने यिनको रामरमिता पनि पुरानै हो । हो, हिजो बा थिए आज दाइ आए । ‘हाम्रा दाइ आए’ भनेर अब त दाइँ गर्ने पालो हाम्रै हो भनेर भारदारहरू बेस्सरी उफ्रेका छन् । यसबीचमा केहीले प्रसाद पाउलान् पनि । तर धेरैका लागि त यो फुरफुरी केही दिनको मात्र हो । बाका भित्रिया र दाइका भित्रिया एकै भएको थाहा पाएपछि ती दाइका भैयादहरू आफू करिया मात्र भएको पनि चाल पाउँछन् । अन्तिममा कथाकी सतीलाई दोष लगाएर राम्रा मान्छेको यहाँ कदरै हुँदो रहेनछ भनेर गन्थन र मन्थन गर्न थाल्छन् ।    अहिले त बालाई ढालेर दाइ ल्याएँ भनी खुशी हुनेका घरमा पनि दशैं छ । उहिले भक्त प्रह्लादले बाउलाई र विभीषणले आफ्नै दाइ रावणलाई सिध्याएर आफै राजा भाथे रे भन्ने कथामा पढेको हो । तर यहाँ त आफ्नै घरमा आगो लगाएर खरानी खोज्ने पनि देखिए ! बालाई सकेर अर्काको दाइलाई पगडी बाँधिदिने किङमेकरहरू किङभन्दा बढी खुशी देखिए । यस्तो रमिता त बालुबाटारमा कति कति । सुराही र बाकस लिएर निस्कने सामन्तदेखि करोड पर्ने कारहरूको कारगेडमा निक्लने कामरेडसम्म । फरक समय, तर नियति उही, परिणति पनि उही ।    त्यसैले बालुवाटार फाल्ने, फालिने, आउने, जाने सबैका लागि खुशी रोप्ने, खुशी नै काट्ने एउटा साझा चौतारी हो । कमाउनेदेखि जमाउनेसम्मको त सम्पर्क कार्यालय नै हो क्यारे बालुवाटार । नपढीकनै प्राध्यापक बनेका, विज्ञता र विद्वत्ता नै नभए पनि विद्वान् बनेकाहरूका लागि त बालुवाटार सधै चाँदी कटाइ गर्ने ठाउँ हो । बिचरा पढाउने प्राध्यापक त चक डस्टर र ब्ल्याकबोर्डमै मस्त छन् । पढेकाहरू त्यही नपढेका बालुवाटारे विद्वान्का प्रपोजल लेख्नमै व्यस्त छन् । बालुवाटार भनेको वास्तवमा चाँदीटार हो, सुनटार हो, हीराटार हो, मोतीटार हो । गच्छे अनुसार जसले जे काट्न सक्दछ, बालुवाटारमा त्यही पाइन्छ । त्यहाँभित्र छिरेर हे¥यो भने अहोरात्र कुनै कुनामा चाँदी कटाइ भइरहेको हुन्छ, कुनै कुनामा सुन कटाइ भइरहेको हुन्छ, कुनै कुनामा हीरा कटाइ भइरहेको हुन्छ र कुनै कुनामा मानिसहरू मोती बटुलिरहेका हुन्छन् । यस्तो गज्जबको ठाउँ छ त नेपालमा अन्त कतै ?   त्यसैले त भनेको बालुवाटारमा सधैं रमिता छ !

‘अदालतमा मुद्दा छ, प्रधानन्यायाधीश उपस्थित हुन मिल्दैन’

२४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रनिधिनिसभामा विश्वासको मत लिनु अघिल्लो दिन आइतबार संवैधानिक परिषद्को बैठक बोलाएका छन् । बैठकको एजेण्डा सार्वजनिक गरिएको छैन । तर बालुवाटार सूत्रहरुका अनुसार २७ वैशाखमा विश्वासको मत पाउने वा नपाउने निश्चित नभएकाले प्रधानमन्त्री ओली केही संवैधानिक पदहरुमा नियुक्ति प्रक्रिया अघि बढाउन चाहन्छन् । संविधानतः संवैधानिक परिषदमा प्रधानमन्त्री, […]

संसद्मा थापाको व्यंग्यात्मक स्वस्थानी

नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले बालुवाटार जग्गा प्रकरण र उक्त प्रकरणमा अख्तियारले दिएको निर्णयप्रति व्यंग्य गरेका छन् । उनले स्वस्थानी शैलीमा व्यंग्य गरेका हुन् । थापले अब उप्रान्त चोरीको सामान किन्दा सकेसम्म लोकले थाहा नपाउने गरी किन्न र अप्ठ्यारोमा परे सामान फर्काइ हत्तपत्त दुईपटक विष्णु विष्णु भन्नु भन्दै व्यंग्य गरेका छन् ।