संसद्मा थापाको व्यंग्यात्मक स्वस्थानी

नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले बालुवाटार जग्गा प्रकरण र उक्त प्रकरणमा अख्तियारले दिएको निर्णयप्रति व्यंग्य गरेका छन् । उनले स्वस्थानी शैलीमा व्यंग्य गरेका हुन् । थापले अब उप्रान्त चोरीको सामान किन्दा सकेसम्म लोकले थाहा नपाउने गरी किन्न र अप्ठ्यारोमा परे सामान फर्काइ हत्तपत्त दुईपटक विष्णु विष्णु भन्नु भन्दै व्यंग्य गरेका छन् ।