जसले यसपटकको चुनावमा गढ भत्काउन सक्छन्

काठमाडौँ : देशभर चुनावी चर्चा बढ्दो छ । राजनीतिक दलबाट तथा स्वतन्त्र उम्मेद्वार यसपटक चुनावी मैदानमा पेचिलो प्रतिष्पर्धा गरिरहेका छन् । यो पेचिलो प्रतिष्पर्धामा यतिबेला धेरै कोणबाट धेरै विचार तथा दृष्टिकोण सार्वजनिक भइरहेका छन् । काठमाडौँ क्षेत्र नं. १ मा यसपटकको चुनावमा सबैभन्दा धेरै ३२ जना उम्मेद्वार छन् । तर तीन जना सबैभन्दा धेरै चर्चा […]

सम्बन्धित सामग्री

ओडिशामा २४ वर्षदेखि बीजदको किल्ला, भाजपाले भत्काउला ?

भारतको पूर्वी राज्य ओडिशा लोकसभा चुनावमा यहाँको क्षेत्रीय पार्टी बिजू जनता दल(बीजद)को किल्ला भत्काउन भारतीय जनता पार्टी(भाजपा)ले पूरा शक्ति लगाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले एकपछि अर्को यात्रा गरिरहेका छन् । भाजपाले आफ्नो सिट बढाउन सक्ने सम्भावित राज्यमा ओडिशालाई राखेर मिहेनत गरेको देखिन्छ ।

राजनीतिक पर्यटकको घुइँचो

पर्यटक बढेनन् भनेर जताततै रोइलो सुनिन्छ । होटलवालाहरू पुर्पुरोमा हात लाएर बसेका छन् । नेपाल श्रीलंंका हुने भो, पाकिस्तान हुने भो भन्ने बाह्रमासे चिन्ताका खानीहरूलाई सकारात्मक कुरा त आउँदै आउँदैन भन्या ! बाह्य होस् या आन्तरिक पर्यटक नआइरहेको बेलामा राजनीतिक पर्यटकको मेला लागेपछि भएन त काम तमाम । होटलका कोठा अकुपाई भए पुगेन र ? फेरि बाहिर र भित्रका पर्यटक तौलेर खर्च गर्छन् । तर यी राजनीतिक पर्यटकहरूको खर्चको सीमै हुँदैन, लुटको धन फुपूको श्राद्ध ! चुनावको सिजनमा भिजनको कुरा कसलाई चाहिया छ र ? अहिलेको मिसन त एकले अर्कोलाई नांगेझार पार्ने हो । त्यही नांगेझार पार्ने प्रतिस्पर्धामा पर्यटक उम्मेदवार, पर्यटक प्रचारक र पर्यटक तालीवादक थुप्रेका छन् । पाँच वर्ष हराउने र चुनावमा आएर कराउनेलाई राजनीतिक पर्यटक भन्छन् । अहिले उपनिर्वाचन भइरहेका तीन जिल्लामा यस्तै राजनीतिक पर्यटकको ओइरो लागेको छ, जो अरूको खोइरो खन्नमा दिलोज्यानले लागेका छन् । कोही विगत भट्याउन, कोही मतदाता पट्याउन त कोही कसैको पुरानो किल्ला भत्काउन लागेका छन् । एउटाबाट दोस्रोमा, दोस्रोबाट तेस्रोमा र तेस्रोबाट चौथो–पाँचौं दलमा भ्रमण गरिरहने राजनीतिक पर्यटकहरूको भीड पनि थामिनसक्नु छ । चुनाव उप भने पनि त्यो आमचुनावभन्दा कम देखिन्न । देशमा मिडिया र जनता पनि सबै यै उपनिर्वाचनमा आफ्नो सम्पूर्ण ध्यान र ऊर्जा खर्च गरिरहेका देखिन्छन् । मानौं, देशमा चुनावबाहेक अरू गर्नु केही छैन । यसरी यो उपनिर्वाचनले सामाजिक सञ्जाल र चिया पसलहरूमा समेत धेरैलाई गृहकार्य दिइरहेको देखिन्छ । तरकारी डढेको र महँगी बढेको यिनलाई पत्तै हुँदैन । त्यसैले सबै राजनीतिक उद्योगमा जुटेका छन्, सत्ताको स्वादका लागि फुटेका छन् । यसमा जेल बसेको र ढुंगा कसेको कथाले दशकौं दशक ब्याजमात्र हो र ? स्याज र प्याजसमेत खान पाइन्छ । चुनावको सिजनमा भिजनको कुरा कसलाई चाहिया छ र ? अहिलेको मिसन त एकले अर्कोलाई नांगेझार पार्ने हो । त्यही नांगेझार पार्ने प्रतिस्पर्धामा पर्यटक उम्मेदवार, पर्यटक प्रचारक र पर्यटक तालीवादक थुप्रेका छन् । अनि सुनसान हुने गाउँ पनि गुल्जार हुन थालेको छ । आयाराम, गयाराम र आया–गया–रामको राजनीतिले आफ्नो प्वाँख फड्कारिरहेको छ । चुनावको विषय त्रिकोण, चतुष्कोणदेखि बहुकोणसम्म फैलिँदो छ । यी पर्यटकहरूकै कारण आसपासका होटल, रिसोर्टहरू भरिएका छन् । बिचरा मतदाता भने कुन चैं कोणमा कतिखेर फस्छन्, थाहै हुन्न । प्रत्येक दलमा दल बदल्ने दौड पनि चलिराछ । नेताहरूको एउटा खल्तीमा राजीनामा–पत्र छ । अर्को खल्तीमा कुनै अर्को दलको दोसल्ला छ । एउटै नेताका लागि निन्दा र प्रशंसाको भाषण रेडिमेड छ, तासमा जोकर लगाएजस्तो फ्याट्ट खल्तीबाट निकालेर पढ्नका लागि । अर्को दललाई झड्का लगाउने ‘अखिल नेपाल राष्ट्रिय कार्यक्रम’हरूको आयोजना पनि भइरहेको छ । पर्यटक नेतागण आफ्ना सुटकेटसहित तम्तयार छन् । उनीहरूले देशलाई दलदलमा कसरी भास्ने र आफूलाई उकास्ने फाइदाका अनेक काइदा जानेका छन् । यसरी उनीहरूले धेरैभन्दा धेरै फोहोर गरिरहेका छन् । अनि समाजमा फोहोर नै फैलाइरहेका छन् । अर्थात् उनीहरू फोहोरमा आत्मनिर्भर छन् । कल्ले कल्लाई कतिखेर बोक्ने र कतिखेर ठोक्ने हो सबै तालीम हुँदो छ । यस्ता दस्ताहरू पनि एकत्रित पारिएकै छन् । यी दस्ताहरू बाहिरै उभिएर बसको प्रतीक्षा गरिरहेका छन् अरिंगाल बनेर अर्कोलाई आक्रमण गर्नका लागि । हो, थुप्रै बसहरू बाहिर रोकिएका छन् । फरक फरक राजनीतिक दलका टुरिष्ट बसमा बस्नका लागि मानिसहरू लालायित देखिन्छन् । निर्वाचनको तरीका नै यै हो । जहाँ जहाँ यी पर्यटक जान्छन्, त्यहाँ त्यहाँ स्थानीय जनतालाई ललिपप बाँड्छन् । पानी, धारा, रेल, तेल, सडक, सुशासन, विकास, सबै खाले ललिपप । यी राजनीतिक पर्यटकहरू आ–आफ्ना दलका महाधिवेशनलाई लात हानेर अर्को दलको दौरा सुरुवाल सिलाउनका लागि आफ्नो घाँटी र कम्मरको नाप दिँदै हिँडिरहेका छन् । कार्यकर्ताहरूलाई त के छ र ? कार्पेट फट्कार्ने र हर्न बजाइदिने मात्र न हो । यी राजनीतिक पर्यटकहरू बारादेखि चितवन हुँदै तनहुँसम्म पुगेका छन् । चितवनमा त राजनीतिक पर्यटकहरू यति खचाखच छन् कि मै हुँ भन्ने खाँटी राजनीतिज्ञ पनि यो गर्मीमा दिनभरि तात्तातो वाचाहरूले भरिएका चिया, कफी र साँझ साँझ बियर र भोड्का लगायत तातै पार्ने झोल बेचिरहेका देखिन्छन् । रमाइलो कुरा त यो छ यही बेला व्यावसायिक क्षेत्रका टुरिष्ट पनि बग्रेल्ती जिल्लातिर घुमिरहेका भेटिन्छन् । व्यावसायिक क्षेत्रको छाता संगठनको निर्वाचनले पनि देशको चुनावी माहौललाई अझ तताइरहेको छ । नामै महासंघ भएपछि यी त महापर्यटक भइहाले । यी पर्यटक पनि कति बेला बैंकलाई हकार्ने, कतिबेला सरकार गुहार्ने र कतिबेला गुटउपगुटको फुटबाट फाइदा लिने भन्नेमा पोख्त छन् । दलबदलमा यिनले नेतालाई पनि जित्न बेर लगाउँदैनन् । धेरैजसो यी उद्योग कम, गुट बढी चलाउँछन् । राजनीतिको पुरातात्त्विक विभागमा कति दलहरू खुम्चिएका पनि छन् । कति दलहरू त आफ्ना नेताहरूका स्मारकहरूमा पर्यटकहरूको लामो लामो लाइन लगाएर तिनलाई टिकट बेचेर पनि खुब कमाइ गरिरहेका छन् । यी पर्यटक ५ वर्षमा एकपटक आउँछन् । खुब हल्लाखल्ला गर्छन् । अनि स्यालका सिङ हराएसरी लुप्त हुन्छन् । पर्यटनविज्ञहरूका अनुसार संसदीय चुनावमा त मतदाताका आम्दानी अरू बेलाभन्दा धेरै नै गुणा बढी हुने गरेको छ । तर यी राजनीतिक पर्यटकहरूकको भीडमा को असली पर्यटक हो र को नक्कली छुट्ट्याउन कतिपय मान्यताप्राप्त कुकुरहरूलाई पनि पुच्छर लुकाएर आफ्नो मौलिक गल्लीहरूमा लुक्न जानुपर्ने हुन्छ । दलदल दल, दलबदल दल, फोहोरी दल, विदेश जान तयार दल, विदेशबाट फर्केको दल, पेन्सन पकाको दल, ढुंगा वर्षाको दल, विद्रोही दल, नवदल–पुरानो दल, अदल–बदल दल, भयंकर दरिद्र दल, तराई दल, मधेशी दल, पहाडी दल, हिमाली दल जस्ता दलहरू गरेर तीन निर्वाचन क्षेत्रमा ६९ उम्मेदवार खडा छन् वा खडिएका छन् । यी पर्यटकमध्ये कोही भूपू मन्त्री छन् त कोही भीपी र अझ कोही त भीआईपी समेत छन् । कोही जेल परेका छन् त कोही जेल पार्ने छन् । कोही तालमेलमा छन् त कोही जालझेलमा परेका छन् । कोही जेलबाट छुट्नासाथ आफ्ना वाचा, घोषणाहरू, चुनावी हतकण्डा आदि सुटकेटमा भरेर चुनावी व्यवस्थामा कानूनलाई धोती लगाएर राजनीतिक पर्यटनमा निस्किएका छन् । वास्तवमा यस्ता पर्यटकहरू नै राजनीतिका सुनौला भविष्य हुन् । तर देश अँध्यारैमा रहे मात्र उनीहरूको भविष्य उज्ज्वल हुन्छ  । पर्यटनमा देशको भविष्य छ भनेको शायद त्यही भएर होला । त्यसैले प्रायः सबै शीर्ष नेतृत्व, आलाकमान, दलपति आदि जन्तुहरू पनि यी पर्यटकहरूको आगमनमा उनीहरूको पूजापाठ गर्नका लागि गाउँ–शहरमा ढोल पिट्दै र्‍याली निकाल्न तम्तयार छन् । अनि तपाईं चैं यी राजनीतिक पर्यटकहरूलाई कति किलोको माला लाइदिएर गाला मुसार्ने मुडमा हुनुहुन्छ त हँ ?

बारा-१ मा चुनाव जित्ने रणनीतिमा उमाकान्त चौधरी

बारा । बाराको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार उमाकान्त चौधरीले आफ्नो निरन्तर जितलाई यस पटक पनि पुन: कब्जामा राख्ने रणनीति बनाउनुभएकाे छ । स्थानीय तहकाे चुनावमा नेकपा एमालेको पकड क्षेत्र भत्काउन सफल हुनुभएका चौधरीलाई एमालेकै स्थापित नेताको स्वतन्त्र उम्मेदवारीको सक्रियताले उहाँको रणनीति बलियो बन्ने आधार बन्दै गएको देखिएको हो । सत्तारुढ गठबन्धनले प्रतिस्पर्धी […]

२५ वर्षपछि एमालेको लाल किल्ला भत्काउन यसरी सफल भए खेलराज

नेकपा एमालेको इतिहासमा बुटवलले धेरै प्रभावशाली नेता उत्पादन गरेको छ । एमाले पार्टीको लुम्बिनी प्रदेश कार्यालय पनि बुटवलमै छ । एमालेका कार्यकर्ताहरुको भनाइमा बुटवलमा २०५४ यता नेकपा एमालेको एकछत्र ‘राज’ चलेको ठाउँ हो । उनीहरु बुटवललाई गर्वका साथ आफ्नो ‘लाल किल्ला’ भन्ने गर्दछन् ।२०७४ को स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनावमा पनि एमालेले मुख्य प्रतिस्पर्धी नेपाली काँग्रेसलाई ‘क्लिन स्वीप’ गरेर बुटवललाई एमालेको गढ साबित गरेको थियो । तर, हालै सम्पन्न स

निर्वाचन आयोगले मतपत्रको रङ फेरेको विषय मुद्दा हाल्नुपर्ने विषय हो : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले गठबन्धनबाहेकका कुनैपनि राजनीतिक दलहरुसँग परामर्श नगरी निर्वाचन आचारसंहिता बनाएको भन्दै आपत्ति जनाएका छन् । आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आयोगले काँग्रेसको कुरा मात्रै सुनेर निर्वाचन मतपत्रको रङ परिवर्तन गरेकोले यो मुद्दा हाल्नुपर्ने विषय भएको बताए ।  अध्यक्ष ओलीले मतपत्रको रङ फेर्ने कुरा स्वच्छ नभएको भन्दै रातो सूर्यलाई पनि हरियो बनाउने षड्यन्त्र गरेको आरोप लगाए । उनले निर्वाचन आयोगलाई पहिला आफूले गरेको आचारसंहीताको आफै कार्यान्वयन गर्न पनि सुझाव दिए । ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले चितवनमा दिएको धम्कीका कारण प्रधानमन्त्री शेरबहादुर देउवा डराएर रेणु दाहाललाई आफैले भरतपुरको मेयरमा उठाएको भन्ने भाषण गरेको पनि आरोप लगाए । उनले ठूला नेताहरुले आचारसंहीता मिच्दा आयोग आँखामा पट्टी लगाएर बसेको भन्दै यस्ता कुरामा नमुछिन आयोगलाई आग्रह गरे । अध्यक्ष ओलीले भने, ‘निर्वाचन आयोगले  गठबन्धनका राजनीतिक दलहरुसँग बाहेक अरुसँग परामर्श गरेन । गठबन्धनसँग परामर्श गरेर अरुले पनि मान्नुपर्ने आचारसंहीता ल्यायो । अरु दलले हामीलाई त छलफल गराइएन भन्दा हस्ताक्षर गरे गर्नुहोस् नगरे नगर्नुहोस् तर नियम यही लागू हून्छ भन्यो । त्यसपछि हाम्रो दलले त्यहाँ हस्ताक्षर गर्नुपर्ने आवश्यक्ता सहमति जनाउनुपर्ने आवश्यक्ता रहेन । त्यसकारण हामीले हस्ताक्षर गरेनौँ ।' उनले अगाडि भने, 'नेपालमा राजनीतिक दल भनेको काँग्रेस मात्रै हो ? रङ फेर्न पर्छ भने अरु राजनीतिक दललाई बोलाउनु पर्दैन ? यो मुद्दा हाल्नुपर्ने विषय हो र यसलाई बदर गर्नुपर्ने विषय हो । यो स्वच्छ ढंगले आएन । रातो सूर्य पनि हरियो हुने, हरियो रुखलाई हरियो पार्नका लागि रातो सूर्य पनि हरियो बनाउने यो कुनै न्यायको कुरा होइन ।' अध्यक्ष ओलीले विष बमन गर्ने काम गठबन्धनको भएको पनि बताए । उनले जनतालाई भयरहीत  वातावरणमा चुनावमा सहभागी गराउनु पर्ने भएपनि जनतालाई त्रास र धम्की दिइरहेकोप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराए ।  उनले केहीदिनअघि एक सार्वजनिक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष दाहालले रेणु दाहालले चुनाव नजिते देश दुर्घटनातिर जानसक्ने भन्दै दिएको अभिव्यक्ति दिन पाइन्छ कि पाइँदैन भन्ने प्रश्न समेत गरे । उनले प्रचण्डले दिएको अभिव्यक्ति आचारसंहीता विपरित भएको र यो अराजनीतिक वक्तव्य भएको तर्क गरे । अध्यक्ष ओलीले आफ्नो पार्टीले चाहेमा गठबन्धन हप्ता दिनमा भत्काउन सक्ने दाबी गर्दै अहिलेको गठबन्धनका दलहरुलाई जता धेरै दुध दिन्छ त्यतै पल्किने बिरालोको संज्ञा दिए । अध्यक्ष ओलीले भने, ‘गठबन्धनको एउटा हर्ताकर्ता मैहुँ भन्ने नेताले जनतालाई लल्कालेर, धम्क्याएर, होइन भने दुर्घटनामा देश जान्छ भनेर तर्साएर बसेका छन् । यसरी तर्साएर भोट मागन पाइन्छ ? निर्वाचनका बेला त्रासको वातावरण सिर्जना गर्नु आचारसंहीता विपरित हो कि होइन ? धम्क्याउँदै प्रचण्डले हँसिया हतौडामा छाप लगाइन्न भन्ने हो भने दुर्घटना हुन्छ भनेका छन् । भोट दिएन भने चाँखौला, पखौला भन्ने ? यो अत्यन्तै गलत हानिकारक कुरा हो । आचारसंहीता विपरित कुरा हो । अराजनीतिक कुरा हो ।’

चुनावी गणितको प्रश्नपत्र बाहिरियो !

हाम्रो देशमा हुने विभिन्न परीक्षाको परम्पराको नियमानुसार प्रश्नपत्र जाँचभन्दा पहिल्यै आउट हुने गरेको छ । डाक्टर, इन्जिनियरको प्रश्नपत्र आउट गर्न त निकै कसरत गर्नुपर्छ रे । मैले पनि ठूलै पापड पेलेर अर्को हप्ता हुने चुनावी गणितको आउट भएको प्रश्नपत्र हात परेको छु, जो यसप्रसार छन् । महानगरको चुनावमा एउटा साइबर स्यालका लागि प्रतिहप्ता १० हजार खर्च दिनुपर्छ । दैनिक १०० पोस्ट विपक्षीलाई गाली गर्न, १०० पोस्ट उम्मेदवारको टिकटक बनाउन, ५० पोस्ट मानिसको समर्थनका भनाइ राख्न उसलाई कति जना साइबर स्याल चाहिएला ? १. एउटा उम्मेदवार वा नेता दिनमा जम्मा १० लिटर गोहीको आँसु बगाउँछ । यदि एउटा आमसभामा उसले सरदर ५०० मिलिलिटर गोहीको आँसु बगायो भने उसले जम्मा कति आमसभालाई सम्बोधन गर्‍यो होला ? २. चुनाव प्रचारका क्रममा दलदल पार्टीका उम्मेदवारले भोटरका अगाडि आफ्नो नाकलाई प्रतिदिन १ मिलिमिटर घोट्छ र दलबदल पार्टीका नेताले भने आफ्नो नाक त्यति नै समयमा १.५ मिलिमिटर घोट्छ । चुनाव परिणाम आउने दिन दलदल पार्टीको नाक ५.५ मिलिमिटर मात्रै घोटिएको हुन्छ, जब कि दलबदल पार्टीको नाक ३ मिटर घोटिइसकेको  हुन्छ । अब बताउनुस्– यी दुई दलले कति कति चुनाव प्रचार गरे त ? ३. सामान्यतया भोटरहरूलाई मासु र रक्सी बाँड्दा २.५ प्रतिशत, पैसा बाँड्दा २ प्रतिशत र मोबाइल बाँड्दा ०.९ प्रतिशत भोटको वृद्धि हुन्छ । एउटा पार्टी आफ्नो भोट यसअघिको चुनावको तुलनामा १५ प्रतिशतले बढाउन चाहन्छ । अब भन्नुस्– २ करोड भोटरका लागि कति मात्रामा रक्सी, बियर, मासु–च्युरा, मोबाइल र पैसाको जोहो गर्नुपर्ला ? ४. एउटा विरोधी नेताको सभा बिथोल्न कम्तीमा १५ अधम अरिँगालहरू चाहिन्छन् । यस प्रकारका एउटा अरिँगालका लागि करिब ५ लाख खर्च गर्नुपर्ने हुन्छ । तर एउटा दलले भने अरिँगालहरूमा १० करोड रुपैयाँ खर्च गर्‍यो । अब बताउनुस्– उसले विरोधीका कतिओटा आमसभामा गएर हंगामा मच्चाउन सफल भयो त ? ५. एउटा पार्टीको आफ्नो कोषमा ४० प्रतिशत भ्रष्टाचारबाट, १५ प्रतिशत कमिशनबाट, २० प्रतिशत घूसबाट, १५ प्रतिशत रुपैयाँ ट्रान्सफर गरेर र बाँकी चन्दाबाट जम्मा गर्ने गर्छ । यदि पार्टी फन्डमा यो वर्ष २०० करोड जम्मा भएको छ भने अब भन्नुस्– यो पार्टीले ट्रान्सफर व्यापारबाट कति पैसा लुँड्यायो ? ६. स्थानीय निकायका वडाहरू, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा कुनै विरोधी वा विरोधी दलका नेताको भोट वा बंगारा भत्काउन दिइने रकमको अनुपात १ः२ः३ को रहन्छ । यदि स्थानीय स्तरका कुनै आफ्नै पार्टी विरोधी गुट वा बागी उम्मेदवारलाई १० लाख रुपैयाँमा तोडिन्छ भने भने केन्द्रीय स्तरका नेतालाई तोड्नुपर्‍यो भने कति रुपैयाँ आवश्यक पर्छ होला ? ७. एउटा पार्टीले आरक्षणवालाहरूको भोटका लागि ५०० लिटर घरेलु रक्सी र २०० किलो मासु र बाँकी भोटका लागि १० करोड रुपैयाँको व्यवस्था गरेको छ । अब भन्नुस् कि यो पार्टीले पाउने भोटमध्ये आरक्षणवाला र अन्य सबै गरेर भोटको कति कति अनुपात रहन्छ ? ८. एउटा पार्टीले पूरै चुनावी सिजनमा विरोधीहरूमाथि १०० टन फोहोर फ्याँक्छ । एक टन फोहोरमा ३० क्विन्टल झुठ र ५० क्विन्टल गाली मिसाउनुपर्ने हुन्छ । एउटा शुद्ध चम्चाले भने ५० किलो झुठ र ५५ किलो गाली मिलाएर भाषण गर्न सक्षम हुन्छ । यस्तोमा पार्टीलाई कति शुद्ध चम्चाहरूको आवश्यकता पर्छ, ताकि भोटरहरूलाई साँच्चैजस्तो लाग्नेगरी एक शानदार गालीबाजीको कला निर्वाह गर्न सकियोस् ? ९. एउटा उम्मेदवार नेतालाई भत्काउन २ करोड रुपैयाँ र ४ सुन्दरीको आवश्यक पर्न सक्छ । पार्टीलाई चुनावमा बहुमत हासिल गर्न कम्तीमा थप स्थानीय निकायहरू, जस्तै– २०० गाउँपालिका, ८ उपनगरपालिका र १९० नगरपालिकामा जित्नुपर्ने हुन्छ । त्यो पार्टीसँग जम्मा ५० करोड रुपैयाँ र ५० सुन्दरीहरू मात्र छन् । अब भन्नुस्, बहुमत पुर्‍याउन अब थप कति रुपैयाँ र थप कति सुन्दरीहरू जुटाउनुपर्ने हुन्छ ? १०. चुनाव जित्नैका लागि एउटा नेताले ५ करोड खर्च गर्‍यो । यदि उसलाई प्रतिभ्रष्टाचार ५ लाख, प्रतिडिलिङको कमिशनबापत ३ लाख र प्रतिकर्मचारी सरुवाबापत २ लाख आय हुन्छ । अब भन्नुस् कि उसलाई जम्मा कतिओटा भ्रष्टाचार, कमिशन र सरुवाको काम गर्नुपर्ने हुन्छ, ताकि उक्त नेता व्यवसायमा आफ्नो लागतको कमसेकम १० गुणा बढी रुपैयाँ आरामसँग कमाउन सकोस् ? ११. एउटा चुनावी र्‍याली गर्न १०० युवालाई ललिपप, मासु चिउरा र दारुका लागि प्रतियुवा दैनिक कम्तीमा १ हजार खर्च लाग्छ । अब भन्नुहोस्– उसले एक महीनाको चुनाव अभियानमा कति खर्च गर्‍यो होला ? १२. महानगरको चुनावमा एउटा साइबर स्यालका लागि प्रतिहप्ता १० हजार खर्च दिनुपर्छ । दैनिक १०० पोस्ट विपक्षीलाई गाली गर्न, १०० पोस्ट उम्मेदवारको टिकटक बनाउन, ५० पोस्ट मानिसको समर्थनका भनाइ राख्न उसलाई कति जना साइबर स्याल चाहिएला ? १३. चुनावका लागि अनलाइनमा आफ्नो पक्षमा जनता रहेको समाचार बनाउन, विपक्षीमाथि पुष्टि गर्नु नपर्ने गम्भीर आरोप लगाउन तथा पुराना गल्ती खोजी खोजी प्रचार गर्न प्रतिअनलाइन प्रतिसमाचार १५ हजार दिनुपर्छ । दैनिक दर्जनौं अनलाइनमा यस्तो समाचार आइरहेको छ । १५ दिनमा उक्त पार्टीले यस शीर्षकमा कति खर्च गर्‍यो होला ? १४. समृद्ध नेपाल सुखी नेपालीका लागि चुनावमा गाडी र मोटरसाइकल नभई त चुनाव प्रचार हुने कुरै भएन । एउटा उम्मेदवारले १०० गाडी र २ हजार मोटरसाइकलका लागि दैनिक १० लिटर पेट्रोल हालिदिन्छ । पार्टीका झन्डा राखेर गुडेपछि त्यो गाडी र मोटर दैनिक १०० किलोमिटर गुड्छ । यस हिसाबले ६ महानगरपालिकाका लागि मात्र कति पेट्रोल खर्च हुन्छ ? १५. राजनीति सबैभन्दा बढी प्रतिफल दिने व्यवसाय हो भनिन्छ । माथिका सबै खर्च जोडेपछि  पाँच वर्षमा शतप्रतिशत प्रतिफल लिन उसले आफू र आफ्नो पार्टीका लागि कति भ्रष्टाचार गर्नुपर्ला ? अनि त्यसका लागि अब कति कर थप्नुपर्ला ? यी प्रश्नहरूको सही उत्तर दिन सक्नुभयो भने जाँचै नदिए पनि राजनीति विषयमा तपाईंले पनि विद्यावारिधिको प्रमाणपत्र प्राप्त गर्नुहुनेछ है !

गठबन्धन स्थानीय तहको चुनाव नगराउने षडयन्त्रमा छ : एमाले नेता नेम्बाङ

काठमाडौं : एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले पाँचदलीय गठबन्धनमाथि सकेसम्म स्थानीय तहको चुनाव हुनै नदिने नभए सार्ने त्यो पनि नसके चुनावमा गोलमाल गर्ने सुरमा रहेको आरोप लगाए। 'उहाँहरू मलाई लाग्छ, स्थानीय तहको निर्वाचन भत्काउन लाग्ने, त्यसलाई पर पुर्‍याउने, निर्वाचनमै गडबड गर्ने लगायत कुराहरू हुन सक्छन्,' उनले भने, 'तर एउटा कुरा के हो भने हामीले विशेष कारणवश जनतामा जाउँ न भनेकै हो। हामी आफ्नो भनाइमा अडिग छौँ।’उनले स्थानीय तहको निर्वाचन

एमसीसीको नाममा गठबन्धन भत्काउने प्रयास हुँदैछ : दुर्गा पौडेल

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले एमसीसी को नाममा गठबन्धन भत्काउने प्रयास भइरहेको बताएकी छन् । शनिबार सम्पन्न राजमो बागमती प्रदेशको प्रथम सम्मेलनमा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेकी हुन् । ‘गठबन्धन नभत्किए आगामी चुनावमा एमालेको स्थिति दयनीय हुन्छ भन्ने एमालेले बुझेको छ’ उनले भनिन्, ‘त्यसकारण उनीहरू जसरी पनि गठबन्धन भत्काउन लागिपरेका छन् ।’एमसीसीको विषयलाई लिएर केही दिनअघि एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा नै बालकोट पुगेको

वाम गठबन्धन भाग–२ को संकेत

अमेरिकी सहयोग परियोजना एमसीसीले सत्ता गठबन्धन धर्मराएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गर्ने कित्तामा प्रष्टसँग उभिएका मात्रै छैनन्, उक्त कित्ताको नेतृत्व गरिरहेका छन् । सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बाहिर एउटा र भित्र अर्कै कुरा छ ।एमालेबाट टुक्रिएर बनेको नेकपा एकिकृत समाजवादी एमसीसीको विरोधमा छ । यद्यपी, उ सरकारबाट बाहिरिने आँट गरिरहेको छैन । यस्तो अवस्थामा नेताहरुको दौडधूप बाक्लो हुँदै गएको छ । बिहिबार साँझ मात्रै प्रधानमन्त्री देउवा श्रीमती आरजुलाई लिएर एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगे । धर्मराउँदै सत्ता गठबन्धनकेपी शर्मा ओली वर्तमान सत्ता गठबन्धन भत्काउन चाहन्छन् । त्यसकारण उनले विभिन्न समयमा विभिन्न अस्त्रको प्रयोग गरेकै हुन् । तर, हालसम्म उनी सफल भएका छैनन् ।तर, एमसीसी संसद टेबलपछि अनुमोदन गर्नुपर्छ भन्ने प्रधानमन्त्री देउवाको अडान र जनमत बिग्रने डरले सत्तामा हुँदाहुँदै पनि सडकमा आन्दोदन गर्ने प्रचण्ड–माधबको दोहोरो चरित्रले अहिले गठबन्धन धर्मराएको छ । काँग्रेसकै नेताहरु गठबन्धनको पक्षमा छैनन् । एमसीसी विवादले गठबन्धन तोडेर एक्लै चुनावमा जान काँग्रेसलाई सजिलो भएको छ । गठबन्धन हुँदा भाग लगाउनुपर्ने निर्वाचन क्षेत्रमा गठबन्धन नभएको अवस्थामा काँग्रेसले आफ्नै उम्मेदवार उठाउन सक्ने छ ।‘गठबन्धन चुनावसम्मै लैजाउ भन्ने हामीलाई छैन, अहिलेकै अवस्थामा माओवादी र माधब नेपालको पार्टीले हात झिके पनि हामीलाई गाह्रो छैन, त्यस्तो अवस्थामा प्रतिनिधिसभाकै (संसदमा अल्पमतमा परेको अवस्थामा संसद विघटन गरेर) निर्वाचन गर्नुपरेछ भनेपनि हामीलाई त झन सजिलो हुन्छ’ काँग्रेसका एक नेताले भने, ‘एमसीसीलाई कारण देखाएर सरकारबाट उनीहरु बाहिरिन्छन् भने पनि हाम्रो लागि त अवसरनै भयो, कम्तीमा चुनावमा भागबण्डा त गर्नुपरेन । अहिले नै गएभने हामीले धोका दिएको भन्ने सन्देश पनि जाँदैन । गए राम्रो ।’ वाम गठबन्धन भाग–२ को संकेतएमसीसी विवादले तत्कालिन नेकपाभित्रको शक्ति संघर्ष र अदालतको आदेशपछि एमाले माओवादी ब्यूँतिएको विषय अहिले सेलाएको छ । नेकपा एकता जोगाउन नसकेको भन्दै ओली र प्रचण्डमाथि खनिने जनमत बाक्लो थियो । तर, अब त्यसरी खनिनेहरु एमसीसीको मुद्दामा केन्द्रित भएका छन् ।करिब दुई तिहाई जनमत पाएर पनि ५ वर्ष एकल सरकार चलाएर जनअपेक्षा अनुसार विकास निर्माणका काम गर्न नसकेको भन्दै ओली र प्रचण्डलाई गाली गर्दा ओलीका समर्थकले प्रचण्ड–माधबलाई दोषी देखाउँथे भने प्रचण्ड–माधबका समर्थकले ओलीलाई दोषी देख्थे । तर, अहिले अवस्था फेरिएको छ । एमसीसीका कारण गाली खाने ठाउँमा काँग्रेस आईपुगेको छ ।तत्कालिन नेकपाको विभाजन ओझेलमा परेको अवस्था छ । केही दिन अघिको एक अन्तरवार्तामा माओवादी अध्यक्ष प्रचण्डले ओलीसँग गठबन्धन हुन सक्ने जनाउ दिईसकेका छन् । अहिलेको सत्ता गठबन्धन टुटाउन सकेको अवस्थामा ओली पनि माओवादीसँग साझेदार गर्न अनिच्छुक देखिएका छैनन् । ‘माओवादी कुनैपनि हालतमा एक्लै चुनाव लड्ने मनस्थितीमा छैन । किनभने, माओवादीको अवस्था निकै कमजोर छ’ एकजना विश्लेषक भन्छन्, ‘काँग्रेसले हात छोड्ने वित्तिक्कै माओवादी पुग्ने भनेकै एमालेसँग हो, माधब नेपाल त कमजोरी स्वीकारेर एमालेमै फर्किन्छन् भन्ने लाग्छ । त्यसैले अहिलेको सत्ता गठबन्धन फुट्नासाथ अर्को वाम गठबन्धन भन्ने पक्का छ ।’ चुनावी तालमेल हुँदै एकतासम्म जानका लागि नेताहरुको दौडधुप पनि बाक्लिएको बुझाई उनको छ ।