नेपाली सेनाले २०६९ मा मनाङ सदरमुकाम चामेसम्मको ट्र्याक खोल्दा तल्लो मनाङका सबै खोलानाला तथा खोल्सीमा काठेपुल थिए । त्यही काठेपुलमा मानिस र सवारीसाधन ओहोरदोहोर गर्थे ।
सामान्यतया असार मसान्तअगावै विकास निर्माणका काम सम्पन्न गर्नुपर्ने हुन्छ । यसै बाध्यतालाई ध्यान राख्दै बजेट सक्न काममा आलटाल गर्ने प्रवृत्ति मनाङमा कायमै छ । वर्षाको मुखमै मनाङका चार ठाउँमा काठेपुल निर्माण गर्नुले पनि यो प्रमाणित गर्दछ । पर्यटकीय स्थलका रूपमा रहेको मनाङका विभिन्न स्थानमा पक्की सडक तथा पक्की पुलको अभाव भइरहेकै बेला फेरि चार वटा काठेपुलले निरन्तरता पाइरहेको छ । चामे गाउँपालिका–१, तिमाङस्थित तिमाङखोलामा, चामे गाउँपालिका–२ स्थित स्यार्कुखोलामा र चामे गाउँपालिका–४ स्थित दुई वटा घट्टेखोलामा काठेपुल निर्माण भइरहेका छन् ।
मनाङमा बजेट विनियोजन गरेको दुई साता नबित्दै एउटा योजना सम्पन्न भएको छ । मनाङ प्रदेश सभा खतर्फको स्थानीय पूर्वाधार विकास बजेट विनियोजन भएको दुई साता नबित्दै नासोङमा अस्थायी पुल निर्माण सम्पन्न भएको हो ।प्रदेश सभाका लागि मनाङ ‘ख’ बाट निर्वाचित सांसद चिन्ताबहादुर घलेले नासोङ गाउँपालिका–१, अन्तर्गत सिरानतालमा काठेपुल निर्माणका लागि दुई लाख विनियोजन गरेका थिए […]
मनाङमा नेपाली सेनाले स्याल्कु खोलामा अस्थायी काठे पुलको निर्माण गरेको छ ।खोलाबाट नयाँबजार कोतोतर्फ आवतजावत गर्ने २ वटा अस्थायी काठेपुल निर्माण गरेको हो ।चामे गाउँपालिका–४ स्थित स्याल्कु खोलामा रणदल गुल्मबाट खटिएको टोली, नेपाल प्रहरी र स्थानीय वासिन्दाको सहकार्यमा काठेपुल निर्माण गरिएको सेनाले बताएको छ । असार ४ ...
मनाङ । मनाङमा नेपाली सेनाले स्याल्कु खोलामा अस्थायी काठे पुलको निर्माण गरेको छ । खोलाबाट नयाँबजार कोतोतर्फ आवतजावत गर्ने दुई वटा अस्थायी काठेपुल निर्माण गरेको हो । चामे गाउँपालिका–४ स्थित स्याल्कु खोलामा रणदल गुल्मबाट खटिएको टोली, नेपाल प्रहरी र स्थानीय वासिन्दाको सहकार्यमा काठेपुल निर्माण गरिएको सेनाले बताएको छ । असार ४ गते अविरल वर्षापछि आएको […]
काठमाडौं। केही दिन अघि बाढीले मनाङको चामे गाउँपालिकामा रहेको पुल बगाएपछि त्यहाँ दुईवटा अस्थायी काठेपुल निर्माण गरिएको छ। नेपाली सेनाले नेपाल प्रहरी र स्थानीयबासीको सहयोगमा सो पुल निर्माण गरेको हो। “चामे गाउँपालिका वडा नं.४ स्थित स्यालकुखोलामा रणदल गुल्मबाट खटिएको टोलीले नेपाल प्रहरी र स्थानीय बासिन्दाहरुसँगको सहकार्यमा उक्त खोलाबाट नयाँबजार कोतोतर्फ आवतजावत गर्ने दुईवटा अस्थायी काठेपुल निर्माण गरेको छ,”सेनाले बताएको छ।
न्युज अफ नेपाल, मनाङ । हिमाली जिल्ला मनाङमा आएको बाढीले अस काठको पुल बगाएको छ। बिहीबार दिउँसो वर्षासँगै आएको बाढीले पुल बगाउँदा बेशीशहर–चामे सडक खण्डअन्तर्गत चामे गाउँपालिका – १ तिमाङखोला र स्यार्कुखोलाको काठेपुल बगाएको हो। पुल बगाउँदा अत्यावश्यक सवारीसाधन अलपत्र परेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए। प्रजिअ लामिछानेका अनुसार तिमाङखोलाको अस्थायी काठे […]