वर्षामा बन्दै छन् काठेपुल

सामान्यतया असार मसान्तअगावै विकास निर्माणका काम सम्पन्न गर्नुपर्ने हुन्छ । यसै बाध्यतालाई ध्यान राख्दै बजेट सक्न काममा आलटाल गर्ने प्रवृत्ति मनाङमा कायमै छ । वर्षाको मुखमै मनाङका चार ठाउँमा काठेपुल निर्माण गर्नुले पनि यो प्रमाणित गर्दछ । पर्यटकीय स्थलका रूपमा रहेको मनाङका विभिन्न स्थानमा पक्की सडक तथा पक्की पुलको अभाव भइरहेकै बेला फेरि चार वटा काठेपुलले निरन्तरता पाइरहेको छ । चामे गाउँपालिका–१, तिमाङस्थित तिमाङखोलामा, चामे गाउँपालिका–२ स्थित स्यार्कुखोलामा र चामे गाउँपालिका–४ स्थित दुई वटा घट्टेखोलामा काठेपुल निर्माण भइरहेका छन् ।

सम्बन्धित सामग्री

घट्टेखोलामा बने दुई काठेपुल

मनाङको डुम्रे–बेँसीसहर–चामे सडक माथिल्लो मनाङ, तिलिचो ताल, खाङ्सार, थोराङ्ला भन्ज्याङ ‘थोराङ्ला पास’ आवतजावत गर्ने एक मात्र मार्ग हो । सडक निर्माण भएको लामो समय भइसके पनि यस मार्गमा रहेका खोलाखोल्सी पार गर्न काठेपुलकै भर पर्नु परेको छ । यी पुल पनि जीर्ण बन्दै गएपछि आवतजावतमा समस्या छ । यसै समस्यालाई ध्यानमा राखी डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाले चामे–४ स्थित घट्टेखोलामा दुई वटा काठेपुल निर्माण गरेको छ । जीर्ण भएका दुई वटै काठेपुललाई हटाई नयाँ काठेपुल बनाइएको आयोजना कार्यालयका सबइन्जिनियर सुमन अधिकारीले बताउनुभयो ।

चामेमा जीर्ण काठेपुल हटाएर नयाँ बनाइँदै

मनाङको डुम्रे–बेँसीसहर–चामे सडक माथिल्लो मनाङ, तिलिचो ताल, खाङ्सार, थोराङ्ला भञ्ज्याङ ९थोराङ्ला पास० आवतजावत गर्ने एकमात्र मार्ग हो । सडक निर्माण भएको लामो समय भइसकेको छ तर यस सडकमा रहेका खोला, खोल्सी पार गर्न काठेपुलकै भर पर्नुपरेको छ । यी पुल पनि जीर्ण बन्दै गएपछि आवतजावतमा समस्या छ ।

वर्षामा बन्दै छन् काठेपुल

सामान्यतया असार मसान्त अगावै विकास निर्माणका काम सम्पन्न गर्नुपर्ने बाध्यतामा हुन्छ। यो बाध्यतालाई मध्यनजर गरेर बजेट सक्ने र काममा आलटाल गरेर सक्ने प्रवृत्ति मनाङको हकमा हट्न सकेको छैन। वर्षायामको मुखमै मनाङका चार ठाउँमा काठेपुल निर्माण गर्नुले यो प्रमाणित गर्दछ।

गोतामे घाटमा पुल बन्ने

पाल्पा, (नेस) । पाल्पाका दुई गाउँपालिकाहरू माथागढी र रम्भा जोड्ने अगाह खोलाको गोतामे घाटमा पुल बन्ने भएको छ । दुई गाउँपालिका जोड्ने गोतामे घाटमा ट्रस पुल निर्माणको लागिस्थलगत सर्वे गरिएको र पुल यस आर्थिक वर्षभित्रै निर्माण गरिने गाउँपालिकाले जनाएको छ । हाल सर्वे गरिएको ठाउँमा काठेपुल रहेकाले सो काठेपुल जीर्ण बन्दै गएकाले नयाँ पुल निर्माण […]

नागरिक सैनिक कार्यक्रमअन्तर्गत ५४ पूर्वाधार निर्माण

जुम्लामा नागरिक सैनिक कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नेपाली सेनाले जुम्लामा शान्ति सुरक्षासँंगै पूर्वाधार विकास, स्वास्थ्य, कृषि तथा सञ्चार समन्वयमा काम गर्दै आएको छ । नेपाली सेनाले जुम्लामा नागरिक सैनिक कार्यक्रमअन्तर्गत नमुना पूर्वाधार विकास, दुर्गम गाउँमा स्वास्थ्य शिविरि सञ्चालन, ब्यारेकभित्र कृषि क्रान्ति, काठेपुल निर्माण, सडक सञ्चालन, शौचालय निर्माणलगायतका उदाहरणीय काम गरिरहेको छ । जसअन्तर्गत […]

भत्किए २६ पुल, क्षति रू. १ अर्बनजिक

काठमाडौं । यो वर्षको वर्षायाम जारी रहँदै गर्दा हालसम्म मुलुकभर विभिन्न स्थानमा रहेका २६ ओटा पुलमा क्षति पुगेको छ । निर्माणाधीन पुल र बनिसकेका मोटरेबल पुलका साथै अन्यखाले पुलहरू पूर्ण तथा आंशिक रूपमा भत्किँदा क्षति अर्ब रुपैयाँनजिक पुगेको छ । वर्षात् तथा बाढीबाट क्षतिग्रस्त पुलहरूको अध्ययन गरी प्रतिवेदन बुझाउन गठित कार्यदलको प्रारम्भिक प्रतिवेदनअनुसार आठओटा निर्माणाधीन मोटरेबल पुल भत्किएका छन् । निर्माण सम्पन्न भइसकेका आठओटा मेटरेबल पुल क्षति पुगेको छ । अन्य खाले पुलहरूमा तीनओटा काठेपुल, एउटा बेलिब्रिज, दुईओटा स्ल्याब कल्र्भट र चारओटा पुलको एप्रोच सडकमा क्षति भएको विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवप्रसाद नेपालले जानकारी दिए । विस्तृत अध्ययन नगरी यकिन तथ्यांक नआए पनि प्रारम्भिक प्रतिवेदनअनुसार यी पुलहरू भत्किँदा रू. ८० करोडको क्षति भएको उनले बताए । त्रियुगा, महेश, लोदारी, कमला खोलाका पुलहरू निर्माण हुँदाहुँदै भत्किएका छन् । कर्णालीको कोठिया घाटा, सोती घाट, प्युठानको खेलाको पुलको एप्रोच (पहुँच) सडकमा क्षति पुगेको भए पनि मुख्य संरचनामा क्षति भएको छैन । मनाङमा बेलिब्रिज, अन्य स्थानका काठे पुलहरू पनि बाढीका कारण भत्किएका छन् । यो तथ्यांकमा गत चैत अन्तिम साता भत्किएको तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्ने त्रिशूली नदीमाथि बन्दै गरेको पुल पनि परेको छ । मुलुकका विभिन्न स्थानका सडकपुल खासगरी निर्माणाधीन र निर्माण सम्पन्न भएका पुलहरू चैतमा र वर्षायाममा भत्किएपछि निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले असार २० गते कार्यदल गठन गरेका थिए । उक्त कार्यदलले साउन ७ गतेसम्ममा निर्माण सम्पन्न भइसकेका तथा निर्माणाधीन पुलहरूमा भएको क्षतिको कारण विश्लेषण गरी सिफारिश पेश गर्ने कार्यादेश पाएको थियो । ‘अध्ययन टोली फिल्डमा गएर आएको छ, तर कठिनाइ के भयो भने, पुल भत्किएका खोला तथा नदीहरूमा पानीको सतह नघट्दासम्म विस्तृत अध्ययन असम्भव जस्तै देखियो,’ उनले भने, ‘अहिले पानीको सतह बढेको हुँदा किनाराबाट हेर्नेभन्दा बढी काम हुन सकेन ।’ उनले पूर्ण प्रतिवेदनका लागि भदौ १५ पछि मात्रै सम्भावना देखिएको बताए । अहिले यो समितिको म्याद थप गर्ने र पानीको सतह घटेपछि विस्तृत विवरणहरू संकलन नगर्दासम्म अन्तिम प्रतिवदेन नआउने उनको भनाइ छ । अहिले सचिवस्तरमा यसको म्याद थप गर्ने विषयमा छलफल भएको छ । प्रारम्भिक अध्ययनअनुसार पहिलो कारण अस्वाभाविक रूपमा असारमा बढी पानी पर्दा पुलहरूमा क्षति पुगेको उनको भनाइ छ । दोस्रोमा जलाधार क्षेत्रमा हुने क्रियाकलापहरूले पानीका साथसाथै माटो, ग्राभेल, रूखहरू बगेर आउँदा पनि त्यसको भार पुलले थेग्न नसकेको देखिन्छ । ‘जलाधर क्षेत्रमा सडक, सिँचाइ, कुलोजस्ता विकास निर्माणका कामहरू स्थानीय सरकारबाट हुने गरेका छन्,’ नेपालले भने, ‘जथाभावी ट्र्याक खोल्दा निस्केको माटो, ढुंगाहरू व्यवस्थित रूपमा नराख्दा बगेर खोलामै आउँदा खोलाको उचाइ बढ्दा पुलमा क्षति पुगेको हो ।’ साथसाथै केही पुलहरू धेरै पहिला बनेको हुँदा र अहिले वर्षात्को क्रम नै परिवर्तन हुँदा पनि यस्तो क्षति भएको छ । ‘अर्काे मुख्य कुरा हामीसँग वर्षा, माटोको अनुसन्धानजस्ता विषयमा परिपक्व तथ्यांक नै छैन,’ उनले भने, ‘हामीहरू सेकेन्डरी डाटाको भरमा पर्नुपर्छ, ती नमिल्न सक्छन् ।’ पुलहरू बनाउँदा ड्रिलिङ गरेर माटोको परीक्षण गर्दा केही कमजोरी हुन सक्ने भन्दै उनले परामर्शदाता तथा माटो परीक्षणको प्रतिवेदनको पनि डाटाबेस नभएको बताए । विभागमातहतबाट वार्षिक रूपमा साढे २ सयदेखि ३०० सम्म मोटरेबल पुलहरू निर्माण हुँदै आएका छन् । यसमध्ये केही पुलहरूमा समस्या आएको छ ।

तमोर नदीमाथि दुईवटा मोटरेबल पुल बन्दै

२०७८ सालको सुरुआतबाटै ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा वडा नं ५ तापेथोक र वडा नं ६ लेलेपका बीच भइ बग्ने तमोर नदी अस्थायी काठेपुल बिस्थापन हुने भएका छन्।