पर्यटकीय स्थल लाप्चा क्षेत्र जाने गेउ खोलामा गाडी गुड्ने काठे पुल निर्माण भएको छ । यसअघि सडक निर्माण भएपनि यातायात सञ्चालनमा समस्या हुँदै आएको थियो । काठेपुल बनेपछि यातायात सञ्चालनमा सहज भएको छ ।
सुर्खेत : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका –९ चुँगाड खोलाले काठेपुल बगाएपछि आवतजावत ठप्प भएको छ।पुल बगाएपछि यहाँका ९, १० र ११ मा सर्वसाधारण नगरपालिको केन्द्र तथा सदरमुकाम दुनैसम्म आवतजावत कार्य ठप्प भएको छ। खोलामा ठूलो मात्रामा पानी बढेका कारण पार गर्न नसकेकोे स्थानीयवासीले बताए। औषधी उपचार, बैंकिङ सेवा, किनमेल, लगायतका कामका लागि त्रिपुरोकाट बजार आउने सर्वसाधारण पनि रोकिएको स्थानीय रणबहादुर बूढाले जानकारी दिए। खोलामा पुल निर्माण नभएसम्म यहाँका सर्वसाधारण आवतजावत गर्न सक्
मल्लोदुगुनको कुगुन्ना र बझाङ जिल्ला जोड्ने यो पुल बनेपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । झण्डै ८६ लाख २२ हजार रुपैयाँको लागतमा निर्माण भएको पुल ८२ मिटर लामो छ ।
मनाङ, २६ फागुन । मनाङ ङिस्याङ गाउँपालिका सब्जे खोलामा राखिएको काठेपुल जीर्ण भएसँगै मनाङ ङिस्याङ गाउँपालिकाले आफैँ निर्माण गर्दै । उक्त खोलामा रु दुई करोड लागतमा पक्की मोटर पुल निर्माण गर्ने जिम्मा पाएको द क्याराभान कन्सल्टेन्सीले काम अलपत्र बनाएपछि काठको पुल निर्माण गरिएको छ । यस पुलले माथिल्लो मनाङलाई सवारी आवगमनमा सहज बनाएको छ । […]
रुकुम पश्चिम – आफ्ना स्वर्गीय हजुरबुवाको सम्झनामा जिल्लाको विकट गाउँमा पुल निर्माण गरिएको छ । जिल्लाको आठबीसकोट नगरपालिका–५ गोतामकोटमा पर्ने घट्टेखोलामा काठेपुल निर्माण गरिएको हो ।स्थानीय भण्डारी गाउँका लालबहादुर भण्डारीले आफ्नो स्वर्गीय हजुरबुवा प्रवीर भण्डारीको सम्झनामा घट्टेखोलामा काठेपुल बनाउनुभएको हो । घट्टेखोलामा बर्खाको समयमा स्थानीयलाई वारपार गर्न समस्या हुने भएकाले पुल बनाइएको भण्डारीले बताउनुभयो । यसअघि बनाइएको लाप्को खोलाले बगाएपछि वारपार गर्न गाउँवासीलाई सास्ती भएको थियो । अब पुलसँगै बार समेत लगाइए...
बझाङ - २०६८ सालमा साइपाल गाउँपालिकाकी ३५ वर्षीया देवि बोहोराको थरौनिघाट खोलाले बगाएर ज्यान गयो ।
खोलामा काठेपुल (साँघु) हाल्ने क्रममा उहाँले ज्यान गुमाउनु भएको थियो । उहाँले मात्रै हैन यो खोलाले बगाउँदा चार/पाँच जनाले ज्यान गुमाए । थुप्रै पशु चौपाया मरे ।
साइपालका–३ का प्रभात बोहाेरालाई पनि यही खोलाले बगाएर ५०–६० मिटर तल पुर्यायाे । ढुङ्गामा अड्किएर उहाँकाे ज्यान जोगियाे । अहिले खोलामा झोलुङ्गे पुल निर्माण भएपछि साइपाल गाउँपालिकाका बासिन्दालाई यो दुःखबाट छुटकारा मिलेको छ ...