घाइते नेयमारबारे यसो भन्छन् ब्राजिलका प्रशिक्षक टिटे

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको पहिलो खेलमा ब्राजिलियन स्टार नेयमार घाइते हुँदै बाहिरिए । एंकलमा चोट लागेका उनले कम्तिमा समूह चरणको खेल गुमाउने बुझिएको छ । आक्रमणमा पर्याप्त खेलाडी रहेको ब्राजिलका प्रशिक्षक नेयमारको अनुपस्थिति र टोलीमा विकल्पबारे यसो भन्छन् : ‘फुटबल भनेको अवस्था अनुसार खेलिने खेल हो । तपाईंले […]

सम्बन्धित सामग्री

मनीषको सिटी स्क्यानको रिपोर्ट आउन बाँकी

काठमाडौ (हाम्रो खेलकुद)– च्यासल युथ क्लबविरुद्ध शनिबार सहिद स्मारक ए डिभिजन लिग खेल्दा टाउकोमा चोट लागेर घाइते भएपछि मछिन्द्र फुटबल क्लबका मनीष डाँगीको केहि समय होश गुमेको प्रशिक्षक प्रवेश कटुवालले बताएका छन् । ‘अफिसियलले मैदानमा जान त पाइन्न । मैले सुने अनुसार उनको घाइते हुँदा उनको होस थिएन । रगत पनि आएको थियो भन्ने सुने […]

चेल्सीका मिडफिल्डर जियाच गम्भीर घाइते

एजेन्सी। चेल्सीका प्रशिक्षक थोमस टचेलले मडिफिल्डर हाकिम जियाच गम्भीर घाइते भएको बताएका छन्। बुधबार राती सम्पन्न भिल्लारियालविरुद्धको युईएफ सुपर कपमा जियाचको पाखुरामा चोट लागेको हो। जियाचकै गोलमा चेल्सीले अग्रता लिएको थियो। तर चोटका कारण जियाचले ४३औँ मिनेटमै मैदान छाडेका थिए। निर्धारित समय १–१ को बराबरीमा सकिएपछि चेल्सीले पेनाल्टी सुट आउटमा सुपर कपको उपाधि जितेको थियो।

डेब्यु नगर्दै अगुएरो घाइते

एजेन्सी – नयाँ सिजनको सुरुवातको नजिकमा बार्सिलोना र प्रशिक्षक रोनाल्ड कोम्यानका लागि सुखद रहेनन् । सुपर स्टार लिओनल मेस्सीलाई क्लबमै राख्न असफल बार्सिलोनामा नयाँ खेलाडीका रुपमा आबद्ध भएका सर्जियो अगुएरोले सिजनको सुरुवात गर्न नसक्ने भएका छन् । आइतबार अभ्यासका दौरान मेस्सीको निकटका मित्र अगुएरो घाइते भएको छन् । जसका कारण उनी दुई देखि तीन महिना […]

मेसीले घाइते हुँदाहुँदै फाइनल खेलेका थिए– प्रशिक्षक स्कालोनी

एजेन्सी। अर्जेन्टिनाका प्रशिक्षक लियानल स्कालोनीले कोपा अमेरिकाको फाइनल खेल मेसीले घाइते हुँदाहुँदै खेलेको बताएका छन्। आज बिहान माराकाना रंगशालामा सम्पन्न फाइनलमा ब्राजिलाई १–० ले हराउँदै अर्जेन्टिनाले २८ वर्षपछि उपाधि जितेको थियो। प्रशिक्षक स्कालोनीले मेसी घाइते भएको बताएपनि कस्तो चोट लागेको थियो भनेर खुलाएको छैन्। मेसीले अर्जेन्टिनाबाट पहिलो ठूलो उपाधि जितेका हुन्।

इटालीविरुद्ध हजार्ड र डी ब्रुयनाले सँगै खेल्न सक्छन्ः प्रशिक्षक मार्टिनेज

एजेन्सी। बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले मिडफिल्डर केभिन डी ब्रुयना हप्ताभरको प्रशिक्षणमा उपस्थित नभएपनि युरोकप क्वाटरफाइनलमा इटालीविरुद्ध फिट हुनसक्ने बताएका छन्। डी ब्रुयना प्रतियोगिताको अन्तिम१६को पोर्चुगलविरुद्धको खेलमा घाइते भएका थिए। उनको घुँडामा चोट लागेपछि डी ब्रुयनाले पोर्चुगलविरुद्धको खेलको दोस्रो हाफको सुरुवातमै मैदान छाडेका थिए। त्यसपछि ब्रुयना बेल्जियम टोलीको प्रशिक्षणमा सहभागी भएका थिएनन्।त्यस्तैमार्टिनेजले इडेन हजार्ड र ब्रुयनाले इटालीविरुद्ध खेल्ने सम्भावना रहेकोसमेत बताए।

लिभरपुलका खेलाडी घाइते नभइदिएको भए सिटीले उपाधि जित्दैनथ्यो– क्लोप

एजेन्सी। लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले आफ्ना खेलाडी घाइते नभइदिएको भए म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको उपाधि जित्न नसक्ने बताएका छन्। लिभरपुलका रक्षक भर्जिल भान डाइक र जो गोमेजले चोटका कारण पुरै सिजन गुमाएका थिए। त्यसपछि जो माटिप, फबिन्हो, जोर्डन हेन्डरसन र डिएगो जोटा पनि घाइते भएका थिए। ‘चोटले दुःख नदिएको भए हामी च्याम्पियन हुन्थ्यौं,’ क्लोपले भने, ‘अरूको कुनै सम्भावना हुँदैनथ्यो।’

युनाईटेडका कप्तान मग्वायरले युरोपा फाइनल गुमाउने

एजेन्सी। म्यानचेस्टर युनाईटेडका कप्तान ह्यारी मग्वायरले भिल्ला रियलविरुद्ध बुधबार हुने युरोपालिगको फाइनल खेल गुमाउने भएका छन्। युनाइटेडका प्रशिक्षक सोल्सजरले मग्वायर फाइनलमा फर्किने निकै कम सम्भावना रहेको बताएका हुन्। इङ्ल्यान्डका रक्षक मग्वायर प्रिमियर लिगमा एस्टोन भिल्लाविरुद्धको खेलमा घाइते भएका थिए। उनको लिगामेन्टमा समस्या देखिएको हो।

च्याम्पियन्स लिग अगाडि एमबाप्पे घाइते

काठमाडौं। पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड काइलियन एमबाप्पे शनिबार राती मेट्जविरुद्धको खेलमा घाइते भएका छन्। पीएसजीले मेट्जलाई ३-१ ले हराउँदा एमबाप्पेले दुई गोल गरेका थिए। तथापी पीएसजीका प्रशिक्षक माउरिसियो पोचेट्टिनोले म्यानचेस्टर सिटीविरुद्धको खेलअघि एमबाप्पे फिट हुने आशा गरेका छन्। पीएसजीले बुधबार राती च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा सिटीविरुद्ध खेल्दैछ।

इङ्ल्यान्डका फरवार्ड केन घाइते

काठमाडौं। टोटेनह्यामका फरवार्ड ह्यारी केन घाइते भएका छन्। गएराति गुडिसन पार्कमा एभर्टनविरुद्ध दुई गोल गरेको केन खेलको अन्तिम समयमा घाइते भएका हुन्। केनको कुर्कुच्चामा चोट लागेको हो। टोटेनह्यामका प्रशिक्षक जोजे माउरिन्होले केनको चोट कति गम्भिर हो भनेर अहिल्यैं भन्न नसकिने बताए। अन्तिम समयमा पाएको कर्नरमा हेड गर्नेबेला इङ्ल्यान्डका फरवार्ड केन घाइते भएका थिए।

घाइते सावित्राले बाँकी खेल गुमाउने

काठमाडौं । खेलका क्रममा घाइते भएपछि विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबका महत्वपूर्ण खेलाडी सावित्रा भण्डारीले बाँकी खेल गुमाउने भएकी छन् । एपीएफलाई राष्ट्रिय महिला लिग फुटबलको उपाधि नजिक पु¥याउन भूमिका निर्वाह गरेकी भण्डारी सोमबार नेपाल पुलिस क्लबविरुद्धको खेलमा घाइते भएकी थिइन् । खेलको ६९औँ मिनेटमा पुलिसका गोलकिपर उषा नाथसँग ठोक्किएपछि उनी घाइते हुँदै मैदानबाट बाहिरिएकी हुन् । उनको खुट्टामा चोट लागेको छ । एमआरआई रिपोर्ट आएपछि मात्रै कति समय मैदानबाहिर बस्ने भन्ने बारेमा थाहा हुने एपिएफका मुख्य प्रशिक्षक भगवती थापाले जानकारी दिए । हरेकजसो खेलमा गोल गर्दै आएकी भण्डारीले सोमबार भने गर्न सकिनन् । उनले हालसम्म १० खेलमा ४३ गोल गरेकी छन् । महिला लिगमा हालसम्म कुनै पनि खेलाडीको यही नै उत्कृष्ट खेल प्रदर्शन हो । एपीएफले हालसम्म शतप्रतिशत नतिजा निकाल्दै १० खेलमा ३० अंक जोडेको छ । एपीएफ लिगको शीर्ष स्थानमा रहँदै उपाधि नजिक पुगेको छ । अब एक खेल जितेमा उपाधि जित्ने देखिन्छ । त्रिभुवन आर्मी क्लबले १० खेलबाट २५ अंक जोडेको छ । आर्मी लिगको दोस्रो स्थानमा छ । एपिएफले अब बुधबार विराटनगरसँग प्रतिस्पर्धा गर्ने छ । सोमबारको खेलमा एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको थियो ।